भारतमा थुप्रै ठूला नदीनालाहरू छन्। [[गंगा नदी|गंगा]] नदी भारतको सबैभन्दा ठूलो नदी हो र [[भारतीय सभ्यता]]मा यसलाई निकै पवित्र मानिन्छ। यस देशका अन्य ठूला नदीहरू [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]], [[यमुना नदी|यमुना]], [[गोदावरी (विकल्पहरू)|गोदावरी]], [[कावेरी]], [[कृष्णा]], [[चम्बल]], [[सतलज]], [[बियास]] आदि हुन्।
भारतको जनसंख्या ११२० अरबकरोड भन्दा बढि छ जुन [[जनबादी गणतन्त्र चीन|चीन]] पछिको विश्वको दोस्रो सबैभन्दा धेरै हो। बालिग मताधिकारको आधारमा निर्वाचन पद्धतिबाट सरकार छानिने देशहरूमध्ये सबैभन्दा बढी जनसंख्या भएको देश भएकोले भारतलाई विश्वको सबैभन्दा ठूलो [[लोकतन्त्र]] भनिन्छ। यहाँ ३०० भन्दा धेरै भाषाहरू बोलिन्छन्। भारत एक [[सिन्धु घाटी सभ्यता]]को भूमि हो। विश्वका तिन [[प्रमुख धर्म]]: [[हिन्दू धर्म|हिन्दू]], [[जैन]] तथा [[शिख]]को उत्पत्ति भारतमा भएको हो। भारत विश्वको दशौं ठूलो अर्थव्यवस्था भएको राष्ट्र पनि हो, तर हालै गरेको आर्थिक प्रगतिका कारण भारत आफू विश्वमा तेस्रो अथवा चौथो ठूलो अर्थव्यवस्था भएको मान्दछ। सन् १९४७ मा [[भारतको स्वतन्त्रता संग्राम|स्वतन्त्रता]] प्राप्तिभन्दा पहिले [[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]को रूपमा [[बेलायती साम्राज्य]]को प्रमुख अङ्ग भारतले विगत २० वर्षमा सार्थकबर्णन गर्न लायक प्रगति हासिल गरेको छ। उक्त प्रगति विशेषत: [[अर्थशास्त्र|आर्थिक]] र [[सैनिक]] क्षेत्रमा एक [[क्षेत्रिय शक्ति]] र [[विश्वव्यापी शक्ति]]को रूपमा देखिन थालेको छ।