"दोषी चश्मा (कथा)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३३:
==समालोचना==
 
सुप्रसिद्ध मनोवैज्ञानिक कथाकार [[विश्वेश्वरप्रसाद कोइराला]]को '''दोषी चस्मा''' नामक कथाको शीर्षक नै स्वयंमा प्रतीकात्मक छ। यसले केशवराजको दृष्टिकोणलाई प्रतीकात्मकरूपमा प्रष्ट्याएको छ। कथामा केशवराजले चस्मामाथि पोखेको रिस, कोठामा पुगेर उनले लुगा फुकाल्न लाग्दा टिमिक्क परेको सुरुवाल उनको गोडाबाट हत्तपत्त निस्कन नसकेको अवस्थामा उत्पन्न हुनपुगेको उनको रिसको आवेग आदि विविध पक्षले उनीभित्र समाहित हीन मनोग्रन्थी सम्बद्ध जटिल समस्याको गहनतालाई प्रतीकात्मक रूपमा प्रष्ट्याउने काम गरेको छ। विविध किसिमका प्रतीकात्मक शब्द र वाक्यगठनहरूका माध्यमबाट केशवराजमा व्याप्त भ्रमलाई प्रकटीकरण गर्ने र यसकै माध्यमद्वारा राणाकालीन समसामयिक सामाजिक यथार्थ उद्घाटित गर्नुका साथै आफूलाई ठूलो र अरूलाई सानो ठान्ने एवं देख्नेहरूबाट केशवराजले खेप्नुपरेको मानसिक चिन्ताको साथै उसको मनस्तापी व्यक्तित्वमाथि पनि कथाकार कोइरालाले केशवराजको 'दोषी चस्मा' का माध्यमबाट नै प्रतीकात्मक रूपमा प्रकाश पारेका छन्।
 
"धुँवाको एउटा मुस्लो सिँढीमा लडीबुडी खेल्दै एउटा डल्लो भएर उनको कोठामा आई फुट्यो। कोठा अँध्यारो थियो तर केशवराज प्रसन्न थिए।" भन्ने कथोक्तिमा कथाकार कोइरालाले धुँवालाई एउटा जटिल समस्या समाधानको प्रतीकका रूपमा लिएका छन् भने समस्याबाट समाधान पाएको ठानी प्रसन्न भएको केशवराजको भविष्य अझै अन्धकारमय बनेको यथार्थलाई कथोक्तिमा अभिव्यक्त 'अँध्यारो' शब्दले प्रष्ट्याएको छ। यसले केशवराजको भविष्य अझै अनिश्चित छ र उसको प्रसन्नतासम्बद्ध तुष्टि धुौं झैँ क्षणिक छ भन्ने प्रतीकात्मक अर्थ अभिव्यक्त गर्दै उसको अर्द्धचेतन अवस्थाको राम्रो चित्रण गरेको छ। उसले र उसकी श्रीमती दुवैले पाएको दुःखको मूल कारण चाकरीप्रथा नै हो। चाकरीजस्तो विकृत प्रथाले मानिसमा उत्पन्न गर्न पुगेका विभिन्न किसिमका जटिल समस्याजन्य विकृति र विसङ्गतिहरू एवं यसले उत्पन्न गर्न पुगेका विविध किसिमका मानसिक चिन्तालाई केलाएर यो प्रथालाई जरैदेखि निर्मूल गर्नुपर्ने आवश्यकतामाथि कथाकार कोइरालाले केशवराजको 'दोषी चस्मा' का माध्यमबाट गहन प्रकाश पारेका छन्।