"पिपला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा robot Adding: de, dv, es, fi, fr, id, it, ml, pl, pt, ru, th, tr, vi, zh; अंगराग परिवर्तन |
||
पङ्क्ति १:
== परिचय ==▼
▲[[Image:Piper longum plant.jpg|thumb|upright|पिपला को बोट]]
▲[[Image:Piper longum.jpg|thumb|upright|सुकाइएको पिपला]]
▲==परिचय==
बेज्ञानिक नाम: पिपर लङ्गम (Piper Longum )
नेपाली
संस्कृत नाम: पिपला
अंग्रेजी नाम: लङ्ग पिपर(Long pepper)
पिपला एउटा भूँइमा फैलिएर जाने सदावहार लहरेदार विरुवा हो । सहारा पाएको खण्डमा यो रुख वा झ्याँङमा समेत चढ्दछ अन्यथा आँख्लाबाट निस्किएका जराहरुको मद्धतले भुइँमा फैलिदै जान्छ । यो हल्का सुगन्धित हुन्छ । नेपालमा व्यापारिक महत्वका piper longum,
यसका पातहरु मुटु आकारका ६–१० से.मी. लामा र ३ देखि ५ से.मी. चौडा हुन्छन् । पातको माथिल्लो सतह चम्किलो र हरियो हुन्छ भने तल्लो सतह फिका हरियो हुन्छ । यसमा भाले र पोथी फूलहरु अलग अलगै हुन्छन् । फूलहरु मसिना र लामो डाँठमा लाग्दछन् । भाले फूलहरुको डाँठ भन्दा लामो मसिनो र हल्का पहेँलो हुन्छ । भाले फुलहरु लाग्ने डाँठ २.५ देखि ७.५ से.मी लामा हृन्छन् भने पोथी फूलहरु लाग्ने डाँठ १.२५ – २ से.मी. सम्म लामो, केही मोटा हुन्छन् । यिनीहरु पहिला हरियो र पाकेपछि काला हुन्छन् ।
== वासस्थान ==
यो भारत, भुटान, श्रीलंका, मलेसिया लगायत नेपालमा २०० देखि ८०० मीटर सम्मको उचाइमा पाइन्छ । यो खास गरी सालको जंगल, खोल्सा तथा जंगल भित्रका सेपिला र चिस्यान हुने ठाउँहरुमा हुर्कन्छ । यसको लागि वर्षा बढी हुने र गर्मी बढी हुने ठाउँ उपयुक्त हुन्छ । चून मिसिएको माटो यसको लागि राम्रो मानिन्छ ।
== उपयोग ==
पिपलाको फल मसलाको साथै औषधीको रुपमा प्रयोग गरिन्छ । यसको डाँठ पनि प्रयोग गरिन्छ जसलाई पिपलामूल भन्ने गरिन्छ । फल र डाँठ दुवै व्यापारिक महत्वका छन् । फलहरु कफ, खोकी, दम, खाना पचाउने, कुष्ठरोग निको पार्नको लागि प्रयोग गरिन्छ । साथै मांसपेशी दुखेको वा जलनमा समेत यसको प्रयोग गरिन्छ । यसका फलहरुबाट ०.७ प्रतिशत सम्म तेल निस्कन्छ । यसको फलमा पिपरिन, पिपलाटिन जस्ता तत्वहरु पाइन्छ जब कि जरामा पिपरिन बाहेक पाइपर लंगुमिनिन र लंगृमिन जस्ता तत्वहरु पाइन्छन् ।
== खेती विधि ==
यसको खेती गर्न यसको विरुवाहरु तयार गर्नु पर्दछ जुन वीउ,सकर र कलमीबाट तयार गरिन्छन् । बीउबाट तयार गर्नु भन्दा सकर र कलमीबाट विरुवाहरु तयार गर्न सजिलो भएकोले यसका विरुवाहरु सकर कलमीबाट नै तयार गर्ने चलन छ ।
* नर्सरी विधि
* सिधै जमिनमा रोप्ने विधि
== वाली संकलन ==
* फल संकलन
* संकलन गर्ने तरिका
* डाँठ संकलन
[[Category:औषधि]]
[[de:Langer Pfeffer]]
▲[[category:जडिबुटी]][[category:औषधि]]
[[dv:ވަކިފޫ]]
[[en:Long pepper]]
[[es:Piper longum]]
[[fi:Pitkäpippuri]]
[[fr:Poivrier long]]
[[id:Cabe jawa]]
[[it:Piper longum]]
[[ml:തിപ്പലി]]
[[pl:Pieprz długi]]
[[pt:Pimenta-longa]]
[[ru:Перец длинный]]
[[th:ดีปลี]]
[[tr:Uzun biber]]
[[vi:Tiêu lốt]]
[[zh:荜拔]]
|