"भ्लादिमिर लेनिन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Lenin CL Colour.jpg|thumb|right|230px|लेनिन]]
'''व्लादिमीरभ्लादिमिर इलिच लेनिन''' (१८७०-१९२४) [[रुस|रूस]]मा [[बोल्सेविक क्रान्ति]]को नेता तथा रूसमा [[साम्यवाद|साम्यवादी]] शासनको संस्थापक थिए ।
 
== सुरुवात जीवन ==
लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसको भोल्गा नदीको किनारमा रहेको सिम्बिस्र्क शहरमा भएको थियो । उनका पिताको नाम इल्या निकोलाएभिच उल्यानोभ हो । लेनिनको परिवार मध्यमवर्गीय थियो । आफ्नो जेठा दाजुको सहयोग, कठिन, परिश्रम र असाधारण प्रतिभाका कारण उनी उच्च शिक्षा हासिल गर्न सफल भए । केटाकेटीमा उनको नाम भ्लादिमिर इल्यिच उल्यानोभ थियो । लेनिन भन्ने नाम पछि मात्र राखिएको थियो ।
 
लेनिनकी आमा मारिया अलेक्सान्द्रभ्ना डाक्टरकी छोरी थिइन् । घरमै शिक्षा पाएकी उनी थुप्रै बिदेशी भाषाका ज्ञाता थिइन् । त्यस्तै साहित्य र सङ्गितप्रति सौखिन, दृढ स्वभाव, शान्त, मिलनसार, बुद्धिमान र दृढ निश्चयी पनि थिइन् । लेनिनका पिता त्यस समयका प्रगतिशील बिचार राख्ने व्यक्ति थिए । उनले रुसी जनसाधारणका बीचमा शिक्षा प्रचार गर्ने, गाउँहरुमा स्कुल स्थापना गर्ने र भोल्गा तटवर्ती क्षेत्रहरुमा बस्ने गैररुसी जनजातिहरुको शिक्षादीक्षाका लागि महत्वपूर्ण योगदान गरेका थिए । उनीहरुका आन्ना, अलेक्सान्दर, भ्लादिमिर, ओल्गा, दिमत्री र मारिया गरी ६ सन्तान थिए । उल्यानोभ दम्पतीले आफ्ना सन्तानहरुलाई बहुपक्षीय शिक्षा दिए । यसका साथसाथै उनीहरुले आफ्ना सन्तानलाई परिश्रमी, इमान्दार, सुशील, अनुशासित र कर्तव्यपरायण बनाउन महत्वपूर्ण योगदान गरे ।
 
संयोग नै मान्नुपर्छ कि, उल्यानोभ दम्पतीका सबै छोराछोरी पछि गएर क्रान्तिकारी बने केटाकेटी छँदैदेखि नै लेनिन साहसी, प्रफुल्ल, ठट्यौली वर मिजासका थिए । उनी पौडी खेल्न र स्केटिङ गर्नमा असाध्यै रुचि राख्थे । पाँच वर्षको उमेरमा नै उनले लेखपढ गर्न सिकिसकेका थिए । नौ वर्षको उमेरमा सिम्बिस्र्क जिम्नेसियमको पहिलो दर्जामा भर्ना भए । असाधारण प्रतिभाका धनी लेनिन कक्षामा सधैँ प्रथम हुन्थे । आफ्ना सहपाठीहरुलाई सधैँ मद्दत गर्थे र कठिन विषयहरुमा उनीहरुलाई सहयोग गर्न अग्रसर हुन्थे ।
 
सानै उमेरमा लेनिनले पुश्किन, लेर्मन्तेभ, गोगल, तुर्गेनेभ, निक्रासभ, साल्तिकोभ सेद्रिन र टल्स्टोयका कृतिहरु अध्ययन गरिसकेका थिए । उनले त्यसबेला प्रतिबन्धित बेलिन्स्की, गेर्चेन, चेर्निसेभ्स्की, द्रोब्रोल्युबोभ र पिसारेभजस्ता क्रान्तिकारी डेमोक्रेटहरुका कृतिहरु पढ्न भ्याइसकेका थिए । त्यसबेलाका महान् वैज्ञानिक र जारशाही तथा भूदास प्रथाका कडा बिरोधी नेर्निसेभ्स्कीको '''‘के गर्ने ?’''' उपन्यासले उनलाई प्रभावित पारेको थियो ।<ref>http://emulyankan.com/a-brief-biography-of-lenin/</ref>
 
{{Infobox officeholder
|name = भ्लादिमिर लेनिन
Line ७६ ⟶ ८६:
 
जहाँसम्म सोभियत शासनको विदेश नीतिको प्रश्न छ, लेनिनका अविकल रूपबाट शांति बनाई राख्नको निरंतर प्रयत्न गरे। त्यसले भन्यो कि "हाम्रो समस्त नीति र प्रचारको लक्ष्य यो हुनुपर्दछ कि चाहे केही पनि हो जाए, हाम्रो देशवासिहरूलाई युद्धको आगमा न झोंका जाए। लडाईको खात्मा गर देने ओर नैं हमा अग्रसर हुनुपर्दछ।" त्यसले साम्यवादका शत्रुहरूबाट देशको बचाव गर्नका लागि प्रतिरक्षा व्यवस्थालाई सुदृढ बनानेमा बल दिया र सोभियत नागरिकहरूबाट आग्रह गरे कि ती "वास्तविक" लोकतंत्र तथा समाजवादका स्थापनार्थ विश्वका अन्य सबै देशहरूमा रहनेभएका श्रमिकहरूका साथ अन्तर्राष्ट्रिय बंधुत्वको भावना बढाने ओर अधिक ध्यान दहरू।
 
== निधन ==
कडा परिश्रमको कारणले सन् १९१८ मा गोली लागेर भएको घाउ बल्झिँदा लेनिनको स्वास्थ्य निकै बिग्रिन गयो । सन् १९२१ को जाडोदेखि डाक्टरहरुको अनुरोधमा उनी अक्सर आराम र उपचारको लागि आफ्नो काम रोक्न बाध्य भए । सन् १९२४ मा उनको स्वास्थ्य झन् बिग्रियो । तर, अस्वस्थ भए पनि लेनिनले हरेक दिन सरकारी कामकाजको रेखदेख गर्न छाडेनन् । सोही वर्ष नोभेम्बरमा ग्लुखोभको कारखानाका मजदुरहरुको एक प्रतिनिधिमण्डलले गोर्की सहरमा लेनिनलाई भेट गर्यो । उनीहरुले १८ वटा चेरीका रुखहरु लेनिनलाई उपहारस्वरुप दिनको लागि लिएर आएका थिए । आत्मीय रुपमा भएको यस भेटघाटमा लेनिनलाई मजदुरहरुले महान् सोभियत संघको निर्माणमा उहाँले तयार पारेको विकासको रुपरेखा पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधि मण्डल फर्केपछि लेनिनले आधा रातसम्म ग्लुखोभ कारखानाका मजदुरहरुले पठाएको शुभकामना पत्र बारम्बार पढेर बसे । मजदुरहरुसँग यो उनको अन्तिम भेट थियो । सन् १९२४ जनवरी २१ मा बेलुकी छ बजेर ५० मिनेट जाँदा विश्व सर्वहारा आन्दोलनका महान् नेता र मार्क्सवादका सिर्जनात्मक प्रयोगकर्ता लेनिनको निधन भयो ।
 
== सन्दर्भ ==