"चितवन उपत्यका" का संशोधनहरू बिचको अन्तर

चितवन जिल्लामा अनुप्रेषण गर्दै
सा removing redirect tag and including x article
चिनो: अनुप्रेषण हटाइयो
पङ्क्ति १:
नेपालको मध्य भागमा पर्ने '''चितवन उपत्यका'''लाई '''नारायणी पूर्वी राप्ती उपत्यका''' पनि भनिन्छ । पुर्वमा [[मकवानपुर जिल्ला]]को [[हेटौडा]] देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षिणमामा [[माडी उपत्यका]] छुटयाउने चुरे श्रृङखलासम्म फैलिएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुँदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पुर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भई राप्ती नदीमा मिसीएका छन । त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोलाहरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुङ्गी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन् । त्यसै गरी [[नारायणी नदी]] पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यकामा रहेका छन् । राम्रै जल प्रवाह भएका विनयी खोला, अरूण खोला, गिरवारी खोला साथै साना खोला जयश्री, झरे, बहुलाह, ज्यामिरे लगायत पनि पश्चिमबाट पूर्वी भागमा बगी नारायणी नदीमा मिल्दछन् । चितवन उपत्यकामा [[नन्दभाउजु ताल]], [[बिस हजारी ताल]] लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन् । यहाँको बिसहजारी ताल विश्व प्रसिद्ध [[सिमसार|सिमसार क्षेत्र]] समेत हो । ठुलो भुभाग जङ्गलै जङ्गलले ढाकिएको चितवन उपत्यका जैविक विविधतामा धनी मानिन्छ । [[चितवन राष्ट्रिय निकुञ्ज]]को मुख्य संरक्षित क्षेत्र समेत यसै उपत्यकामा रहेकाले यो उपत्यका [[काठमाडौं उपत्यका]] र [[पोखरा उपत्यका]] पछि नेपालकै तेश्रो ठुलो पर्यटकीय गन्तव्य हो ।
#Redirect:[[चितवन जिल्ला]]
 
==अवस्थिति==
वर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई [[नेपालका प्रदेशहरू|प्रदेश]] [[प्रदेश नं. ३]] र [[प्रदेश नं. ४]] तथा तीन जिल्ला [[चितवन जिल्ला|चितवन]], [[नवलपरासी जिल्ला|नवलपरासी]] तथा [[मकवानपुर जिल्ला|मकवानपुर]]का प्रशासनिक विभाजनमा परेको छ । पूर्वको हेटौडाबाट शुरू भई पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवाससम्म तथा उत्तरमा माहाभारत र दक्षिण चुरेसम्म केही चाक्लो र कतै साङ्गुरो हुँदै यो उपत्यका फैलिएको छ । नारायणी नदी पश्चिमको भूभाग नवलपरासी जिल्ला तथा नारायणी नदीको पुर्वपट्टी चितवन जिल्ला तथा सुदुर पुर्वी क्षेत्रमा मकवानपुर जिल्लाको रूपमा रहेको छ । अत्यन्त उब्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जङ्गल कटान गरी वि.सं. २०१४ सालदेखि मानव बसोवासका लागि खुल्ला गरिएको हो । चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणालीहरू खेतबारी सिंचित गर्न उपयोग गरिएका छन् । कृषि उद्यममा उपत्यकालाई अग्रणी मानिन्छ ।
 
==यातायात==
नेपालको पूर्वपश्चिम जोड्ने [[महेन्द्र राजमार्ग]]को लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखी दुम्कीवास सम्म पर्दछ । हाल चल्तीमा कम रहेपनि नेपालकै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका को पुर्वीक्षेत्र हेटौडा हुदै काठमाण्डौ गएको छ भने उपत्यका लाई काठमाण्डौ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा [[भरतपुर]] रामपुर भरतपुर माडी सडक को भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन । त्यसै गरी [[भरतपुर]] [[हेटौडा]] तथा रत्ननगर नगरपालिका भित्रका शहरी सडक संजालको ठुलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक भरतपुर शक्तीखोर [[उपरदांग गढी]] सहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तीखोर सडक भरतपुर मेघोली सडक को केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्र संग जोडीएको छ ।
 
==शहरी क्षेत्र==
संचारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबिधा यस उपत्यका को सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यका मा ठुला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन । उद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यका मा तिन नगरपालिका [[भरतपुर]],[[हेटौडा]] र [[रत्ननगर]] रहेका छन । भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अञ्चल जिल्ला का जनतालाई वाणीज्य सेवा दिई रहेका छन । उपत्यका को झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालिका उपत्यका को सबै भन्दा ठुलो सहर हो । १२५१११ जनसंख्या रहेको यो सहर नेपालकै [[काठमाण्डौ]],[[पोखरा]],[[ललीतपुर]],[[विराटनगर]],विरगंज तथा [[धरान]] पछीको सातौ ठुलो सहर हो ।
 
त्यसैगरी चितवन उपत्यका को पुर्वी छेउमा अवस्थीत [[हेटौडा]] चितवन उपत्यकाको दोश्रो तथा ८४,८०० जनसंख्याका साथमा [[काठमाण्डौ]],[[पोखरा]],[[ललीतपुर]],[[विराटनगर]],विरगंज [[धरान]] [[भरतपुर]] [[महेन्द्रनगर]] तथा [[बुटवल]] पछी नेपाल कै दस नं. सहरको रूपमा रहेको छ । उद्योग कलकारखाना ले भरीपुर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो । उपत्यकाको तेश्रो केन्द्र [[रत्ननगर]] पयर्टकहरूको [[चितवन राष्ट्रीय निकुन्ज]] पस्ने प्रवेशद्वार हो ।
 
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
 
==यो पनि हेर्नुहोस्==
{{नेपालका उपत्यकाहरू}}