"द इन्टेलिजेन्ट इन्भेस्टर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
[[बेन्जामिन ग्राहम]] द्वारा इन्टेलिजेन्ट इन्भेस्टर, पहिलो 1949 मा प्रकाशित, मूल्य लगानीको एउटा व्यापक प्रशंसित पुस्तक हो।
 
बेञ्जामिन ग्राहमले लेखेको किताब ‘द इन्टेलिजेन्ट इन्भेस्टर’लाई [[वारेन बफेट]] आफ्नो करिअरका लागि पथ प्रदर्शक ठान्छन् । बफेटका अनुसार यदि तपाईंले लगानीबाट कमाउन चाहनुहुन्छ भने निकै धेरै अध्ययनशील हुन आवश्यक हुन्छ । एक अन्तर्वार्ताको क्रममा बफेले भनेका थिए कि उनी एकदिनमा कसमेकम ५ सय पृष्ठ पढ्छन । बफेटका अनुसार बेञ्जामिन ग्राहमको यो किताब पढेपछि उनले लगानीका कयौं मन्त्रहरु सिके, यसको सोझो फाइदा उनको पोर्टफोलियोलाई भयो ।<ref>http://www.bizshala.com/story/%E0%A4%B8%E0%A5%87%E0%A4%AF%E0%A4%B0%E0%A4%95%E0%A4%BE#ifiGj4km0brVLVQ9.99</ref>
 
सेयर बजारमा सफलतापूर्वक लगानी गर्ने मानसिकता बनाउने यो पुस्तकले उनलाई सहयोग गरेको उनी आफैं बताउँछन् । भन्छन्, ‘पहिलोपटक लगानीकर्तालाई यो पुस्तक बुझ्न केही कठिन हुन्छ, किनभने यसमा वित्तीय शब्दावलीहरू जटिल खालका छन् ।’ यो पुस्तकलाई बुझ्न कठिन भए ‘द इन्टेलिजेन्ट इन्भेस्टर’ को सय पृष्ठको सारांश पनि पढ्न सकिने सुझाव उनको छ । पुस्तकका लेखक ग्राहम र बफेटका बारेमा एउटा रोचक कुरो के छ भने कोलम्बियामा विद्यार्थी छँदा ग्राहम उनका शिक्षक थिए । ग्राहमको इन्भेस्टमेन्ट क्सासेसमा बफेट मात्रै ‘ए प्लस’ ल्याउने विद्यार्थी थिए ।