"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १९:
 
टेक्टोनिक प्लेटहरूको सिमाना जहाँ जहाँ पर्छ ती क्षेत्रमा भुईंचालो जाने गर्छ। यस्ता सिमानाहरूमा प्लेटहरू एकआपसमा ठोकिने, एक प्लेट अर्कोमा घोटिएर तेर्सो गरी चिप्लिने, दुई प्लेट टाढा जाने र एक प्लेट अर्कोमुनि घुस्ने क्षेत्र पर्दछन्। जसमा नेपाल पनि एक हो जुन इन्डियन प्लेटको माथि रहेको छ। त्यसैले यहाँ नियमितजसो कहीँ न कहीँ थाहै नपाइने, साना र ठूलामध्ये कुनै न कुनै प्रकारका भुईंचालो गइरहन्छन्। करिब पाँच करोड वर्ष पहिले दक्षिणतर्फबाट आइरहेको इन्डियन प्लेट उत्तरमा रहेको युरेसिएन प्लेटसँग ठोक्किन पुगेको विश्वास प्राविधिकहरूको छ। उक्त ठोक्काइपछि पनि इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम रोकिएको छैन। इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम तिब्बत र नेपालबीचमा भने प्रतिवर्ष एक इन्चका दरले चालू छ।<ref name="nayapatrika.com"/>
==पराकम्पन==
 
पराकम्पन भनेको सानो भुइँचालो हो जुन मुख्य भुइचोलो आइसके पछी त्यही छेत्रमा आउने गर्द्छ । यो मुख्य भुइँचालो भन्दा सानो हुने गर्द्छ । यदी परकम्पन मुख्य भुइँचालो भन्दा ठुलो भएमा ठुलो लाई मुख्य भुइँचालो भनिन्छ अनि पहिले आएको मुख्य भुइँचालो लाई भुइँचालोको पुर्व कम्पन भनिन्छ । भुइँचालो आइसके पछी ठोक्किएका दुइ प्लेटहरु यथा स्थानमा न आउँदा सम्म परकम्पनहरु आइरहन्छन ।
 
 
== नेपालमा भुईंचालो ==
"https://ne.wikipedia.org/wiki/भुईँचालो" बाट अनुप्रेषित