"ठकुरी" का संशोधनहरू बिचको अन्तर

सा Protected "ठकुरी": जवाबी सम्पादन-झगडा भएकोले ([सम्पादन गर्ने=दर्ता नभएका प्रयोगकर्ताहरूलाई रोक्ने] (अनिश्चित काल) [सार्ने=दर्ता नभएका प्रयोगकर्ताहरूलाई रोक्ने] (अनिश्चित काल))
पङ्क्ति ४:
==ठकुरी बनेका मगरहरू==
खश साम्राज्यलाई शक्तिशाली बनाउनमा मगरहरूको दोहरो भूमिका थियो । साम्राज्यको केन्द्रीय प्रशासनमा उनीहरूको निकट र सार्थक सहभागिता थियो भने गण्डकी प्रदेशका सामन्त शासकहरूका हैसियतमा मगर मुखियाहरूले वफादार सहयोगीको रुपमा स्थानीय प्रशासन चलाएका थिए । खश साम्राज्यको अवसानपछि मात्र मगर सामन्त राजाहरूले खान, सेन, शाह आदिका रुपमा आ–आफ्नो थर परिवर्तन गरी आफुलाई स्वतन्त्र राजा घोषित गरेका थिए । थर र जात परिवर्तन गरी मगर शासकहरूले आफुलाई ठकुरी भनाए भन्ने सम्बन्धमा मानवशास्त्रीहरूपनि सहमत छन् ।” यस मानेमा नेपालका ठकुरीहरू सबै एउटै छैनन् । यहाँ खश, मगर, वैश्यहरूपनि कुनै कालखण्डमा ठकुरी भएको विषय सत्य हो । यो कुरा रुप, रंग, चाल चलन खवाई लवाई, मान्यता तिनका देवी देवता संस्कार,धर्मको विषयमा अध्ययन गर्दा सहजै अनुमान गर्न सकिन्छ । “गण्डकी प्रदेशका [[गोरखा जिल्ला|गोर्खा]], [[लमजुङ जिल्ला|लम्जुङ]], [[कास्की जिल्ला|कास्की]], [[पर्वत जिल्ला|पर्वत]], [[तनहुँ जिल्ला|तनहुँ]], भिरकोट, [[पाल्पा जिल्ला|पाल्पा]], [[गुल्मी जिल्ला|गुल्मी]], प्यूठानभेगमा गुरुङ [[मगर]] जातिका मुखियाहरूले खश साम्राज्यको अधीनस्त सामन्तको रुपमा स्थानीय प्रशासन चलाएका थिए । स्थानीय प्रशासनमा चारजात गुरुङहरूको विशेष भूमिका थियो । चारजात गुरुङमा लामा(धर्मगुरु), लामिछाने(सेनापति), घले(राजा) र घोताने (मन्त्री) वर्गलाई लिईन्थ्यो । अन्य सोह्जातका गुरुङ र मगरहरू प्रजावर्गमा पर्दथे । यस सम्बन्धमा केही आधारहरू भेटिएकाछन् । ने.सं.११९ (वि.स.१०५५) मा लेखिएको एउटा पुस्तकको पुष्पिकावाक्यमा गण्डीगुल्म निवासी सुवर्णकार श्री राणक को उल्लेख पाईएको छ । सुनको कारोवार गर्ने भएकोले उनलाई सुवर्णकार भनिएको र उनी गण्डी अथवा गण्डकीनजिक गुल्मीका मगर भएको बुझिन्छ । तत्कालीन नेपाल उपत्यकाका केही अभिलेखमा तिलिकम राण, वुवार वुदा राने,ओम राण, देवु राणक, तिभुयि राणक, गृवल्लो राण, बुंद्दा राणे पाक आदि राने, राणे, राणकजस्ता पदधारी व्यक्तिको उल्लेख पाइएको छ । यिनीहरू मध्ये केहीलाई नायक भनिएको छ र केही ताडपत्र तमसुकका दृष्टसाक्षीका रुपमा सम्मानित छन् । राणकपदले सामन्त राजालाई जनाउँथ्यो । विशेष गरेर मगरात प्रदेशमा पूर्व मध्यकालमा मगरहरूको प्रभावशाली अस्तित्वलाई दृष्टिगत गर्दा खश साम्राज्यको विघटनपछि वि.स.१४७५ तिर भिरकोटमा स्वतन्त्र राज्य स्थापना गर्ने आठटीका शाही खानदानका साझापूर्खा भूपाल राणा पनि राणक वा राने पदधारी मगरकै वंशधर ठहरिएमा अन्यथा हुने छैन। भनेर नेपालको गोर्खा राजवंशलाई समेत मगरकै शाखा भएको कुरा प्रा.डा.सूर्यमणि अधिकारीले, खश साम्राज्यको इतिहासमा संकेत गरेका छन् । मगरात क्षेत्रमा अधिकांश ठकुरी भनिनेहरू कश्यप गोत्रका र विभिन्न नामका बाह्र मष्टासँग सम्बन्धित भेटिन्छन् । त्यस भेगको मान्यता अनुसार ठकुरी र मगरलाई भाइ भाइ हुँन भन्ने भनाई पाईन्छ । कारण त्यहाँका ठकुरीहरूको पूर्खेउली सम्बन्ध मगरसँग भएरनै यसो भनिएको हुन सक्छ किन भने डोटीमा मल्ल र शाहीलाई भाइ भाइ भनिन्छ । बझाङमा बम र सिहलाई भाइ भाइ भनिन्छ । वोगटानमा पाल, बम, रजवार र ठकुरी वोगटीलाई भाइ भाइ भनिन्छ । कारण यी एउटै कुलखान्दान भएरनै भाइ भाइ भनिएको होे । डा. सूर्यमणि अधिकारीले उठान गरेको विविध विषयका साथै उहाँले उल्लेख गरेका कल्हणकृत राजतरङ्गिणी, लमजुङका गंग रानक ले सारेको अष्टसाहस्रिका प्रज्ञापारमिता नामको बौद्धग्रन्थको प्रतिलिपिको आधार र अन्य विषयको विश्लेषण अनुसार नेपालमा गैरठकुरीहरु ठकुरीबन्ने लहर आजभोलिमात्र नभएर पहिलेदेखिनै रहेको देखिन्छ । यस कारण ठकुरी,ब्राह्मण बन्ने लहर खश साम्राज्यकालबाट भएको बताईन्छ । वर्तमानमा त शुद्र जातिकाहरु ठकुरी, ब्राह्मणका थर लेख्दैछन् भने केही दशक यताबाट कुकुडे, पवाईखश, वोहरा, धामी, सहितकाहरू ठकुरीका थर लेख्ने कार्यमा लागेकाछन् । यो कुरा हाम्रो समाजमा देखिदै छ ।
==क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी==
*क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी शब्दको उदभव तथा विकास
ऐतिहासिक कालमा सम्मानका साथ राजपरिवारका शाखा सन्तान तथा सदस्यहरुलाई क्षत्रिय / राजपूत / ठाकुर / “राउला /राजा /रौतेला /रौतेली/[[रजवार]] /कण्ठे / कण्ढे / गुसाँई /लल्लु /लल्ली/ मैयाँ/ रानीसाप/ द्यान”ले सम्बोधन गर्ने गरिन्थ्यो । राजपरिवारका सदस्यहरुलाई मात्र सम्बोधन गरिने यी मौलिक शब्दहरु थिए । यस्ता सम्मानित शब्द राजपरिवारका सदस्यहरु बाहेक अन्यकालागि प्रयोग हुँदैन्थ्यो । आज यी मौलिक पहिचानका शब्दहरु मध्ये कण्ठे, कण्ढे, गुसाँई, द्यान, रौतेला, राउला शब्दहरु लोपभईसके भन्दा पनि हुन्छ । नेपाल एकीकरण अभियान यता स्थान विषेशका भाषा, शब्दहरुमा पनि केही परिवर्तन हुँन् पुग्यो । क्षत्रिय/राजपूत/ठाकुर/ठकुरीहरुका लागि प्रयोग गरिने विभिन्न मौलिक शब्दको स्थान ठकुरी भनिने एक शब्दले लियो । यसै कारण नेपालको एकीकरण वि.स.१८४७ यता आएर राजपरिवारका शाखा सन्तानलाई बाबुसाई, रानीसाप, कण्ठे, मैयाँ, लल्लु, रौतेला, राजा भनेर घरपरिवार समाजमा कही कतै सम्वोधन गर्ने गरेपनि सर्वत्ररुपमा ठकुरी भन्ने शब्दबाट लिखित र व्यवहारिक रुपमा ज्यादा सम्मानित गर्न थालेको पाईन्छ । यस ठकुरी भन्ने शब्दका सम्बन्धमा विभिन्न तर्क विचार रहेकाछन् ।
ठकुरी/ठाकुर सम्बन्धमा राजकीय डिग्रीकालेज मानिला (अलमोडा /उत्तराखण्ड भारत) का पुरातत्वविद् डा.श्यामकोली आप्mनो प्रकाशन पिथौडागढका राजनैतिक एवं साँस्कृतिक इतिहासमा लेख्नु हुन्छ | राजस्थान की भाँति यहाँ भी ठक्कुर प्रथा थी । इस प्रथाके अन्तर्गत जो प्रभावशाली व्यक्ति राजाको युद्धके समय सैनिक दे सकता था, उसे ठक्कुर या ठाकुर कहा जाता था ठक्कुर ब्राह्मण भी हो सकता था राजपुत भी, मनेर ताम्रपत्रमे गणेशशर्मा नामक ब्राह्मणको ठाकुर कहा गया है भनिएको छ ।
सुदूरपश्चिम क्षेत्रका डा.देवी प्रसाद ओझाका अनुसार उन्नत राज्य व्यवस्थाको धनी प्रतापी राज्य [[कत्युरी]] (कत्यूर) (कार्तिकेयपुर) को राज्य संगठनमा ठक्कुर भनिने एउटा विशिष्ट उपाधि पदको हिसावले त्यति बेलाको राज्य व्यवस्थामा अति सम्मानित राजकिए मर्यादा क्रमको तेश्रो वा चौथो स्थानमा पर्दथ्यो । सम्भवत [[कत्युरी]] (कत्यूरी) राजवंश र यसवंशका समकक्षी उपाधिधारी राजवंशका कुनै राजपुरुषले यतातिर आई विभिन्न ऐतिहासिक कारणहरुले कसैले पुरानै थर र कुनै काम, स्थान र अवस्था अनुसार बनेका कुनैका नया“थरले समान स्तरिय जातजातिहरुमा विभाजितहुनु परेपनि समष्टिगत रुपमा मुलतः आफ्नो [[रजवार]], [[ठकुरी]] भनिने पहिचानलाई आजसम्म पनि कायमै राख्न सफल भएको देखिन्छ । त्यसैकारणले गर्दा ठकुरी समुहमापर्ने जातिका मानिसहरुलाई समष्टिगतमा सम्बोधन गरिदा ठकुरी÷राजा भनेपछि उच्चजातिको राजपुरुषको रुपमा चिनिने गरिन्छ ।
नेपालका इतिहासविद्का अनुसार ठकुरी क्षेत्रीहरुकै एउटा उपजाति हो<ref name="नेपालका इतिहासविद्का "> डा. राजाराम सुवेदी, डा. सूर्यमणी अधिकारी </ref> । ठकुरी पदवी सुरुमा हिन्दूस्थानबाट नेपाल पसेका राजपूत वैदिक शासक परिवारलाई दिने गरिन्थ्यो ।त्यस बाहेक बाहुनहरुले नै वैश्यहरुबाट क्षेत्रीबनेका रैथाने नेपाली र बास्तविक उच्च क्षत्रिय/क्षेत्रीको रुपमा परिचित खान्दानलाई छुट्टयाउन पनि यस्तो पदवी दिन थाले । ठकुरीहरुको मुलथलो पश्चिम नेपाल हो । त्यहँ पहिले उनीहरु राजा/रजौटा थिए । पूर्वमा ठकुरी हम्मेसी भटीदैनन् । वितेका शताब्दीहरुमा केही ठकुरीहरु प्राचीन रैथाने नेपाली जाति (मज्ञेल) स“ग मिसिए । यसले गर्दा अहिले ठकुरी र अरु तरिकाले क्षेत्री भएका मानिस बीच खासै अन्तर भेटिदैन, तर सामाजिक रुपमा क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी भनिने जातिको मान मर्यादा प्राचिन कालका वैश्य हुन् वा राजपरिवारकै बिबिध कारण बाट स्तर खस्केका वर्तमानका बिबादित र अन्य क्षेत्री जातिको भन्दा उच्चरहेको छ ।
नेपालको सवालमा कुरागर्नु पर्दा निम्न अनुसार तीन थरिकाहरु आफुलाई क्षत्रिय/ राजपुत/ठाकुर/ठकुरी दावीगर्ने गर्दछन |
*# वैदिक आर्यन राजपुत (वैदिक देबी देवता भएका दक्षिण भारत हुँदै पहाड उक्लेकाहरु)
*#[[खस]] आर्यन राजपुत ( मष्ट/मष्टो अन्तर्गतका विभिन्न नामधारी [[मष्टो देवता]] मान्नेहरु हिमाल वारी-पारी बस्दै आएका रैथाने जाति)
*# मंगोल /मगर [[ठकुरी]] (मष्ट/मष्टो अन्तर्गत र रगत भोगी देवता मान्ने गुरुङ मगर बाट बिकसित भएकाहरु हिमाल वारी पारी बस्दै आएका रैथाने आदिवाशी प्रकृति पुजक जाति ब्राहमण (बाहुन) बिरोधी विचार भएका )
ठकुरी बनेका मगरहरुको सम्बन्धमा प्रा.डा.सूर्यमणि आधिकारी, खश साम्राज्यको इतिहास, (वि.स.२०६१)को पृष्ट ८८मा लेखिए अनुसार “खश साम्राज्यलाई शक्तिशाली बनाउनमा मगरहरुको दोहरो भूमिका थियो । साम्राज्यको केन्द्रीय प्रशासनमा उनीहरुको निकट र सार्थक सहभागिता थियो भने गण्डकी प्रदेशका सामन्त शासकहरुका हैसियतमा मगर मुखियाहरुले वफादार सहयोगीको रुपमा स्थानीय प्रशासन चलाएका थिए । खश साम्राज्यको अवसानपछि मात्र मगर सामन्त राजाहरुले खान, सेन, शाह आदिका रुपमा आ–आफ्नो थर परिवर्तन गरी आफूलाई स्वतन्त्र राजा घोषित गरेका थिए । थर र जात परिवर्तन गरी मगर शासकहरुले आफूलाई [[ठकुरी]] भनाए भन्ने सम्बन्धमा मानवशास्त्रीहरुपनि सहमत छन् ।” यस मानेमा नेपालका ठकुरीहरु सबै एउटै छैनन् । यहाँ खश, मगर, वैश्यहरुपनि कुनै कालखण्डमा ठकुरी भएको विषय सत्य हो । यो कुरा रुप, रंग, चाल चलन खवाई लवाई, मान्यता तिनका देवी देवता संस्कार,धर्मको विषयमा अध्ययन गर्दा सहजै अनुमान गर्न सकिन्छ । “गण्डकी प्रदेशका गोर्खा, लम्जुङ, कास्की, पर्वत, तनहुँ, भिरकोट, पाल्पा, गुल्मी, प्यूठानभेगमा गुरुङ मगर जातिका मुखियाहरुले खश साम्राज्यको अधीनस्त सामन्तको रुपमा स्थानीय प्रशासन चलाएका थिए । स्थानीय प्रशासनमा चारजात गुरुङहरुको विशेष भूमिका थियो ।
==चारजात गुरुङमा ==
*#लामा(धर्मगुरु),
*#लामिछाने(सेनापति),
*#घले(राजा) र
*#घोताने (मन्त्री) वर्गलाई लिईन्थ्यो ।
अन्य सोह्जातका गुरुङ र मगरहरु प्रजावर्गमा पर्दथे ।(पृष्ठ८६) यस सम्बन्धमा केही आधारहरु भेटिएकाछन् । ने.सं.११९ (वि.स.१०५५) मा लेखिएको एउटा पुस्तकको पुष्पिकावाक्यमा गण्डीगुल्म निवासी सुवर्णकार श्री राणक को उल्लेख पाईएको छ । सुनको कारोवार गर्ने भएकोले उनलाई सुवर्णकार भनिएको र उनी गण्डी अथवा गण्डकीनजिक गुल्मीका मगर भएको बुझिन्छ । तत्कालीन नेपाल उपत्यकाका केही अभिलेखमा तिलिकम राण,वुवार वुदा राने,ओम राण,देवु राणक, तिभुयि राणक, गृवल्लो राण, बुंद्दा राणे पाक आदि राने,राणे,राणकजस्ता पदधारी व्यक्तिको उल्लेख पाइएको छ । यिनीहरु मध्ये केहीलाई नायक भनिएको छ र केही ताडपत्र तमसुकका दृष्टसाक्षीका रुपमा सम्मानित छन् । राणकपदले सामन्त राजालाई जनाउँथ्यो । विशेष गरेर मगरात प्रदेशमा पूर्व मध्यकालमा मगरहरुको प्रभावशाली अस्तित्वलाई दृष्टिगत गर्दा खश साम्राज्यको विघटनपछि वि.स.१४७५ तिर भिरकोटमा स्वतन्त्र राज्य स्थापना गर्ने आठटीका शाही खानदानका साझापूर्खा भूपाल [[राणा]] पनि राणक वा राने पदधारी मगरकै वंशधर ठहरिएमा अन्यथा हुने छैन्”(पृष्ठ ८७) भनेर नेपालको गोर्खा राजवंशलाई समेत मगरकै शाखा भएको कुरा प्रा.डा.सूर्यमणि अधिकारीले, खश साम्राज्यको इतिहासमा संकेत गरेका छन् । मगरात क्षेत्रमा अधिकांश ठकुरी भनिनेहरु कश्यप गोत्रका र विभिन्न नामका बाह् मष्टासँग सम्बन्धित भेटिन्छन् । त्यस भेगको मान्यता अनुसार ठकुरी र मगरलाई भाइ भाइ हुँन भन्ने भनाई पाईन्छ । कारण त्यहाँका ठकुरीहरुको पूर्खेउली सम्बन्ध मगरसँग भएरनै यसो भनिएको हुन सक्छ किन भने [[डोटी]]मा [[मल्ल]] र [[शाही]]लाई भाइ भाइ भनिन्छ । बझाङमा बम र सिहलाई भाइ भाइ भनिन्छ । [[बोगटान]]मा [[पाल]], बम, [[रजवार]] र ठकुरी [[बोगटी]]लाई भाइ भाइ भनिन्छ । दार्चुलाको मार्माली [[सिंह]] र [[देउवा]] लाई भाई हुन् भन्ने गरिन्छ | कारण यी एउटै कुलखान्दान भएरनै भाइ भाइ भनिएको होे । डा. सूर्यमणि अधिकारीले उठान गरेको विविध विषयका साथै उहाँले उल्लेख गरेका कल्हणकृत राजतरङ्गिणी, लमजुङका गंग रानक ले सारेको अष्टसाहस्रिका प्रज्ञापारमिता नामको बौद्धग्रन्थको प्रतिलिपिको आधार र अन्य विषयको विश्लेषण अनुसार नेपालमा गैरठकुरीहरु ठकुरीबन्ने लहर आजभोलिमात्र नभएर पहिलेदेखिनै रहेको देखिन्छ । यस कारण ठकुरी,ब्राह्मण बन्ने लहर [[खस]] साम्राज्यकालबाट भएको बताईन्छ । वर्तमानमा त शुद्र जातिकाहरु ठकुरी, ब्राह्मणका थर लेख्दैछन् भने केही दशक यताबाट कुकुडे, पवाईखश, वोहरा, धामी, सहितकाहरु ठकुरीका थर लेख्ने कार्यमा लागेकाछन् । यो कुरा हाम्रो समाजमा देखिदै छ ।
 
==बाह्य लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/ठकुरी" बाट अनुप्रेषित