"ज्याकी च्यान" का संशोधनहरू बिचको अन्तर

सा 202.51.88.32 (वार्तालाप)द्वारा Ks-M9द्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्ट...
पङ्क्ति १३:
'''ज्याकि च्यान'''(अङ्ग्रेजी: [[Jackie Chan]])को जन्म ७ अप्रिल स.न्.१९५४मा [[हङकङ|ब्रिटिस हङकङ]] को [[भिक्टोरीया पार्क]]भन्ने ठाँउमा भएको थियो ।'''ज्याकि च्यान''' एक [[अभिनेता]], [[ऐक्शन कोरियोग्राफर]], [[चलचित्र-निर्माता]], [[हास्य-अभिनेता]], [[निर्माता]], [[मार्शल आर्टिस्ट]], [[पटकथा-लेखक]], [[उद्यमी]], [[गायक]] र [[स्टंट कलाकार]] जस्ता बहुप्रतिभाशाली खुबी भएको व्यक्तित्व हुन् । ज्याकि च्यानले १९६० ताका आफ्नो अभिनय यात्रा सुरु गरी हाल करिब १५० वटा चलचित्रमा अभिनय गरीसकेका छन् । ज्याकि च्यान विश्वचर्चित कलाकार मध्यका एक हुन् ।
 
उनको फिलिमहरुमा, उनको आफ्नो एक्स्टबैटिक लाइटिंग स्टाइल, हास्य समय, तत्काल हतियार र नयाँ स्टंट को लागि प्रसिद्ध छ। जैकी चान 1 9 70 को दशक देखि अभिनय गरेको छ र 100 देखि अधिक फिलिमहरु मा काम गरेको छ। चानले हङकङ एवेन्यू स्टार र हलिवुड वाल्क अफ फेममा तारेको छ। चान एक सांस्कृतिक प्रतीकको रूपमा विभिन्न पप गीतहरू, कार्टूनहरू र भिडियो गेमहरूमा उल्लेख गरिएको छ।
उनको बाल्यकाल
 
== उनको बाल्यकाल ==
१९५४ अपि्रल ७ मा हङकङस्थित भिक्टोरिया पिकको एउटा विपन्न परिवारमा ज्याकी जन्मेका थिए । उनी जन्मँदा अस्पतालको खर्च तिर्न नसकेर उनका बाबुले साथीभाइको सहयोग लिनुपरेको उनकै आधिकारिक वेबसाइट ज्याकीच्यानडटकममा उल्लेख छ । सात वर्षको उमेरमै उनी 'चाइना ड्रामा एकेडेमी' मा भर्ना भएका थिए । त्यहाँ एक दशक बिताएका यिनले सोही समय मार्सल आर्ट, एक्रोब्याट, अभिनय र गायनको समेत तालिम लिए ।
 
ज्याकीले आठ वर्षको उमेरमै पहिलोपटक स्थानीय क्यान्टोनिज भाषाको फिल्ममा अभिनय गरेका थिए । एकेडेमीबाट १७ वर्षमै ग्रेजुएट सिध्याएपछि यिनले सुरुमा स्टन्टम्यानका रूपमा काम थाले । यद्यपि फिल्ममा राम्रो अवसर नपाएपछि पारिवारिक दबाबमा अस्टे्रलिया हानिए । अमेरिकी दूतावासमा भान्छे रहेका उनका पिताले उनलाई उतै आउन जोड गरेका थिए । अस्टे्रलियामा रहँदा यिनले रेस्टुरेन्ट र कन्स्ट्रक्सनमा सामान्य काम गरे ।
 
==चलचित्र शुरुवात==
आजका विख्यात एक्सन सुपरस्टार ज्याकी च्यान कुनै बेला स्टन्टम्यान थिए । १७ वर्षको उमेरमै यिनले ब्रुस ली अभिनीत फिल्म 'फिस्ट अफ फ्युरी' र 'इन्टर दी ड्रागन' मा स्टन्ट गरेका हुन् । सन् १९७३ मा निर्देशक चु मुले फिल्म 'लिटिल टाइगर अफ क्यान्टोन' मा यिनलाई पहिलोपटक मुख्य पात्र बनाए । यद्यपि यो फिल्म व्यापारिक रूपमा असफल रह्यो । यसअघि समेत यिनलाई केही फिल्ममा छोटो भूमिका गर्ने अवसर मिलेको थियो । फिल्म क्षेत्रमै टिकीराख्न कुनै बेला ज्याकीले एडल्ट फिल्मको समेत सहारा लिएका छन् । सन् १९७५ मा निर्मित एडल्ट कमेडी 'अल इन द फेमिली' त्यसमध्येको एक थियो । हङकङेली निर्माता/निर्देशक विली चानसँगको भेटपछि भने ज्याकीको जीवनले नयाँ मोड लियो । [[ब्रुस ली]]को निधनपछि विलीले सन् १९७६ मा यिनलाई मुख्य नायक बनाई 'न्यू फिस्ट अफ फ्युरी' बनाए । फिल्म बक्स अफिसमा राम्रो चल्न नसके पनि लीका उत्तराधिकारीका रूपमा ज्याकीको नाम एकाएक आकाशियो । उक्त फिल्म ब्रुस ली अभिनीत 'फिस्ट अफ फ्युरी' को सिक्वेल थियो । ज्याकीलाई जीवनको पहिलो सफलता भने सन् १९७८ मा निर्मित 'स्नेक्स् इन दी इगल स्याडो' ले दियो । लगत्तै 'ड्रङ्कन मास्टर' ले दिलाएको अर्को सफलताले यिनलाई चिनियाँ बजारमा स्थापित बनायो । सन् १९८० मा निर्मित 'दी विग ब्रल' ज्याकीको पहिलो हलिउड फिल्म थियो । 'रम्बल इन द ब्रन', पोलिस स्टोरी लगायतले यिनलाई अमेरिकी बजारमा चिनाउन राम्रै सघायो । तर हलिउडमा स्थापित नै हुन् भने यिनले करिब १८ वर्ष संघर्ष गरे । १९९८ मा निर्मित एक्सन कमेडी 'रस आवर' उनको पहिलो ठूलो सफलता थियो जसले ज्याकीलाई विश्वबजारमा सुपरस्टारको उपाधि दिलायो । रस आवरका सिक्वेल दुई र तीनसमेत बनेका छन् । अपरेसन कन्डोर, सांघाई नाइट्स, लिटिल विग सोल्जर, दी कराँते किड, मिस्टर नाइस गाय, हु एम आई, सिटी हन्टर, फरविडन किङ्डमलगायत यिनका हिट फिल्म हुन् । सन् २०११ सेप्टेम्बरमा सार्वजनिक चिनियाँ क्रान्तिमा आधारित '१९११' उनको एक सयौं चलचित्र थियो ।
 
== अभिनेताको रूपमा ==
==निर्माताको रूपमा==
== व्यक्तिगत जीवन ==
 
=== विवहा ===
== प्रसिद्धि ==
"https://ne.wikipedia.org/wiki/ज्याकी_च्यान" बाट अनुप्रेषित