"द्रोणाचार्य" का संशोधनहरू बिचको अन्तर

heading
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ५६:
 
== सुरुवाती बर्ष ==
द्रोण ब्राह्मण भरद्वाजका पुत्र थिए । बेद बेदाङ्गको अध्ययन सके पछि उनि धनुर्बिद्याको अभ्यासमा लागेर धनुर्बिद्याका महान आचार्य भएका थिए । भरद्वाजका साथी पान्चालको राजाका छोरा [[द्रुपद (महाभारत)|द्रुपद]] कुटीमा बस्दा द्रोणको सहपाठी थिए । नौजवान हुँदा उनिहरुको बिचमा घनिष्टता बढेको थियो । नौ जवानिको जोशमा आफु राजा भएपछि आधा राज्य दिन्छु भनि द्रोणलाई द्रुपदले भनेका थिए । पढाइ सकिए पछि द्रोणले [[कृपाचार्य]]को बहिनी संग  बिबाह गरे । उनिहरुको अस्वत्थामा नामको एउटा छोरा जन्मे । छोरा र स्वास्नी प्रति द्रोण अति नै टाँसिएको थियो । धन सम्पतिको कहिल्यै परबाह नगर्नेले  उनिहरुको लागि धन आर्जन गर्ने तिब्र इच्छा द्रोणमा जाग्यो । 
 
== परशुराम सँगको भेट ==
पङ्क्ति ६२:
 
== द्रुपदसँग बैमनस्यता ==
बाबु मरेकाले त्यति बेला नै [[द्रुपद (महाभारत)|द्रुपद]] राजा भएका थिए । पहिलेको घनिष्टता र आधा राज्य सम्म पनि दिने द्रुपदको वचन याद गरेर द्रुपदले अवश्य पनि सहयोग गर्ने छ भन्ने बिश्वास गरेर द्रोण राजा द्रुपद कहाँ गए । तर द्रुपदलाई बिद्यार्थि भएको बेला भन्दा धेरै फरक भएको पाए । उनले पुराना साथि द्रोण भनि परिचय दिँदा द्रुपद खुशि हुनु कताकता असह्य ब्यबहार गरे । धन र शक्तिले मात्तिएका द्रुपदले भने – “ओ ब्राहण, तिमीले मलाई हेलमेल भएको घनिष्ट साथि भनेर कसरी भन्न सक्यौ ? गद्दी नरसिङ्ग राजा र फिरन्ता जोगीको कसरी मित्रता हुन सक्ने ? धेरै बर्षको चिना जानि सम्झेर राजकाज चलाउने राजासंगको मित्रता दाबि गर्ने तिमी कस्ता मूर्ख हौ ? धनि र माग्नेको, बिद्वान र मूर्खको, बीर र काँतरको बिचमा कसरी मित्रता हुन सक्छ ? मित्रता भनेको बराबरीकाहरुको बिच मात्र हुन सक्छ । फिरन्ते जोगीको मित्र बादशाह हुन सक्तैन ।"द्रुपदको घृणाको कुरा सुनेर मनमा रीसको ज्वाला लिएर दरबारबाट  द्रोण फर्के । यस अपमान र पहिलेका मित्रताको दाबिलाई इनकार गरेकोमा द्रुपदलाई पाठ सिकाउने मन मनै प्रण गरे ।
 
== पान्डव /कौरवका राजगुरु ==
नोकरीको खोजमा प्रयास गर्न उनि हस्तिनापुरमा[[हस्तिनापुर]]मा जाने भयो । त्यहाँ उनले आफ्ना जेठान कृपाचार्यको[[कृपाचार्य]]को घरमा केहि दिन त्यसै बिताएका थिए । एक दिन हस्तिनापरका राज कुमारहरु शहर बाहिरको नजिक ठाँउमा भकुण्डो खेलि रहेका थिए । खेल्दा खेल्दै भकुण्डो र युधिष्ठिरको औँठी इनारमा खस्यो । राज कुमारहरु सबै इनारको वरी परी जम्मा भए । स्वच्छ पानीबाट इनार मुनी टलटल टल्कि रहेको औँठी तिनिहरुले देखेका थिए । तर त्यो झिक्नको लागि कुनै पनि साधन पाएनन् ।
 
कालो बर्ण भएका एउटा ब्राह्मण मुसु मुसु हाँसी नजिकैबाट हेरेर बसेको उनिहरुले होसै गरेनन् । ‘राज कुमारहरु, बीर भरत बंशका सन्तानहरु हुन । बल किन झिक्न सकेनौ ? शस्त्र बिद्यामा निपूर्ण भएकाहरुलाई कसो गर्ने भन्ने कुरा थाहा हुनु पर्ने हो । मैले झिकि दिउँ ?” भनि उनले राज कुमारहरुलाई छक्क पारी दिए । युधिष्ठिरले हाँसेर ठट्टा गरी भने – “ओ ब्राह्मण यदि तिमीले त्यो बल झिकि दियौ भने कृपाचार्यको घरमा तपाईँले राम्रो भोजन गर्न पाएको हामीले हेर्न पाउने छौँ ” । अनि त्यस अपरीचित ब्राह्मण द्रोणले घाँसको एउटा पात टिपी बाणको तीर जस्तै जोडले जाने गर्न शक्तिको वाचा बोलि त्यस पातलाई जोड संग इनारमा फाले । त्यो पात जोड संग गएर भकुण्डोमा टाँसियो । पछिबाट धेरै पातहरु एक पछि अर्को खसाले । ती सबै पातहरु गाँसिएर सिक्रि जस्तो भयो । त्यस घाँसको सिक्रिलाई  समातेर भकुण्डोलाई तानेर निकालि दिए । राज कुमारहरु सबै अति खुशी भए र औँठि पनि झिकि दिन अनरोध गरे ।
"https://ne.wikipedia.org/wiki/द्रोणाचार्य" बाट अनुप्रेषित