"शारदा शर्मा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८३:
कवयित्रीका रूपमा प्रसिद्धि बटुल्ने शारदा शर्मा गीत पनि त्यत्तिकै ज्वलन्त लेख्छिन् । त्यसैले उनी नेपाली साहित्याकाशमा चर्चित छिन् । नेपाली भाषामा कविता, कथा र निबन्ध लेखेर ख्याति कमाउने स्रष्टामध्ये शारदा शर्मा पनि एक हुन् । शारदा शर्माका लेखनमा भावना र बौद्धिकताको बराबरी आत्मीयता जोडिएको हुन्छ । केही समालोचकहरूले शारदा शर्मालाई मुटु र विवेकको दोभान मानेका छन् । विभिन्न समालोचकहरूका भनाइअनुसार, शारदा शर्माका कलममा स्रष्टा, सृष्टि र दृष्टिको त्रिवेणी भेटिन्छ । उनका कवितामा जीवनको भोगाइ हुन्छ, मान्छेको रोजाइ हुन्छ र अदृश्य सोचाइ हुन्छ । उनी जसरी कथामा आफ्नो शिखर भावना प्रस्तुत गर्छिन्, त्यसै गरी कवितामा पनि जीवनको मोह अर्पित गरिरहन्छिन् । उनका कविताका दुःखात्मक कथा र निराशाका अभिव्यक्तिहरू जति जीवन्त छन् त्यहाँ त्यति नै आशाका ज्योतिहरू चम्किरहने गर्छन् । नेपाली साहित्यमा आफ्नो शब्दरचनाले उनी नेपाली पाखा, बेंसी र तराईका फाँटहरूमा चिनिएकी छिन् । उनी उत्कृष्ट बौद्धिकताका कुरा लेख्छिन्, लुकेका कुरा लेख्छिन्, दुःखेका कुरा लेख्छिन्, भावनाका कुरा लेख्छिन्, खुसी लेख्छिन् र चोट लेख्छिन् । अथवा उनी जे देख्छिन् त्यो लेख्छिन् । उनको लेखनको आफ्नै विशिष्ट शैली छ । छोटकरीमा भन्ने हो भने शारदा शर्मा नेपाली साहित्यकी एउटी सशक्त संवाहक हुन्, सृजनाकी मुहान हुन् र साहित्यिक धाराकी प्रवाह हुन् ।<ref name="rabinsxp"/>
 
उनले उपन्यास 'कम्प'मा नारी पात्रलाई विशेष महत्व दिएर महिलाको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पाटो केलाउने प्रयास गरेकी छिन् र महिला हिंसा र यससँग जोडिएका आम मुद्दाको चर्चा गर्दै उनले महिलामा हुर्कंदै गएको विद्रोही चेत देखाएकी छिन् ।<ref name="annapurnapost">{{cite web|url=http://annapurnapost.com/news-details/59568|title=दुःखको औसत कथा|trans-title=|first=शंकर|last=भण्डारी |website=annapurnapost.com|date=शनिवार, मंसिर ११, २०७३|accessdate=2018-04-09}}</ref> केही समसामयिक यथार्थ, केही पौराणिक आख्यान, केही कल्पना र स्वैरकल्पनाको मिश्रणले बनेको ‘कम्प’मा उनका सुन्दर शैली, चिटिक्कको भाषा, सु-स्पष्ट बिचार र गज्जबको यात्रा प्रसंगको मीठो समिश्रण पाइन्छ ।<ref name="sallerikhabar">{{cite web|url=http://www.sallerikhabar.com/post/10156|title=पुस्तक चर्चा : शारदा शर्माको ‘कम्प’ !!!|trans-title=|first=राजन|last=के.सी.’प्रमोद’ |website=sallerikhabar.com|date=|accessdate=2018-04-10}}</ref>
 
==लेखन एवम मुख्य कृतिहरू==
"https://ne.wikipedia.org/wiki/शारदा_शर्मा" बाट अनुप्रेषित