"शीतयुद्ध" का संशोधनहरू बिचको अन्तर

टाइपो सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति ४:
 
==शीतयुद्धको अर्थ==
[[द्वितीय विश्व युद्ध|दोस्रो विश्व युद्ध]] सकिएपछि सन् १९४५ देखि १९८९ को बीचको समयमा संसार दुई ध्रुवमा बाँडिएको थियो । ती दुई ध्रुवको नेतृत्व अमेरिका र सोभियत संघले गरेका थिए । शीतयुद्ध शब्दको प्रयोग अमेरिका र सोभियत संघबीच त्यो समयमा रहेको तनावपूर्ण सम्बन्धलाई लिएर गरिन्छ । परमाणु युद्धको आशंकामा दुवै पक्ष कहिलै पनि सिधै युद्धमा होमिएनन् । तर त्यो समयमा करोडौं मानिस डरमा बाँच्न बाध्य रहे ।
 
इतिहासकार यसलाई सरकार संचालनका दुई व्यवस्था ([[पुँजीवाद]] र [[साम्यवाद]])बीचको लडाईकारूपमा हेर्छन् । यसमा अमेरिकाले पुँजीवादी व्यवस्थाको प्रतिनिधित्व गरेको थियो भने रूसले साम्यवादी व्यवस्थाको । देश चलाउने तरिका दुवै देशको फरक थियो र दुवैलाई लाग्थ्यो की आफ्नो प्रणाली उत्कृष्ट छ । दुवै देश यो मान्न थालेका थिए की दोस्रो पक्ष आफ्नो व्यवस्था संसारभर लागु गराउने कोसिस गरिरहेको छ । यही नै तनावको सबैभन्दा ठूलो कारण थियो ।
 
== कसरी भयो सुरूवात ? ==
सन् १९४५ मा दोस्रो विश्व युद्ध सकिनु त्यस्तो मोड थियो जसका कारण शीत युद्ध सुरू भयो । युद्धको समयमा रूस र [[सोभियत संघ]] एक अर्काका सहयोगी थिए र नाजी जर्मनी उनीहरूको साझा दुस्मन थियो । तर वास्तविकता यो थियो की युद्ध सकिएपछि नाजी जर्मनीको अस्तित्व सकियो । यो युद्धले यूरोपलाई छुट्टाइदिएको थियो र दुवै देश शक्तिशाली हुँदै गएका थिए ।
 
युद्ध सकिएपछि दुवै देश संसारलाई आ–आफ्नै तरिकाले चलाउन चाहान्थे । उनीहरूकाबीचमा युरोपलाई कसरी फुटाउने भन्ने बारेमा पनि ठूलो मतभेद थियो । यही कारण [[संयुक्त राज्य अमेरिका|अमेरिका]] र सोभियत संघको बीचमा दुश्मनी सुरू भएको हो । किनकी दुवै देश संसारमा आफ्नो दबदबा बढाउने होडमा अघि बढेका थिए ।
 
दुवै देशले आफ्ना सहयोगी देशको गठबन्धन बनाउन सुरू गरे । अमेरिका र पश्चिमी देशले मिलेर ‘नेटो’ गठन गरे । अर्को तर्फ सोभियत संघलाई पूर्वी युरोपका पोल्याण्ड र हंगेरी जस्ता देशको समर्थन थियो । दुवै पक्षलाई एक अर्काले हमला गर्ने डर थियो । यसको नतिजा हतियार निर्माणमा भएको होडबाजीमा देखियो । उनीहरूले हतियारको भण्डार बढाउन सुरू गरे । ६० को दशकमा आइपुग्दासम्म अमेरिका र सोभियत संघले आफ्नो तागत यतीसम्म बढाएका थिएकी उनीहरूको परमाणु मिसाइल महादेशको सिमा पार गरेर हमला गर्न सक्षम थिए । सन् १९६२ मा [[क्युबा मिसाइल संकट]]को दिनमा परमाणु युद्धको सम्भावना चरम थियो । संसारभर गृह युद्धको स्थिति थियो । अमेरिका र सोभियत संघको समर्थनमा अप्रत्यक्षरूपमा लड्नु समान्य झैं थियो ।
 
लिभरपुल जोन मुरिस युनिभर्सिटीका सिनियर लेक्चरर मेलकम क्रेग भन्छन्, ‘शीत युद्ध कहिलै शितल थिएन । दुवै शक्तिबीचको लडाईमा लाखौं मानिसको ज्यान गएको थियो । [[कम्बोडिया]], [[कंगो]], [[कोरिया]], [[इथोपिया]], [[सोमालिया]] जस्ता ठाँउमा शित युद्ध एक बर्बाद गरिदिने लडाई थियो ।’
 
==अन्तराष्ट्रिय राजनीतिमा शीतयुद्धकोप्रभाव==
 
==यो पनि हेर्नुहोस्==
 
*[[विश्वयुद्ध]]
 
"https://ne.wikipedia.org/wiki/शीतयुद्ध" बाट अनुप्रेषित