"बर्मेली भाषा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: right|thumb|250px|बर्मी भाषा बोलिने क्षेत्र '''बर्मी भाषा''' (... |
(कुनै भिन्नता छैन)
|
२२:०७, २३ फेब्रुअरी २०१८ जस्तै गरी पुनरावलोकन
बर्मी भाषा (बर्मी भाषामा : မြန်မာဘာသာ / म्रन्माभासा) , स्वतन्त्र देश म्यानमार (बर्मा)को राष्ट्रिय भाषा हो। यो मुख्य रूपमा ब्रह्मदेश (बर्माको संस्कृत नाम)मा बोलिने गरेको। म्यानमारको सिमासँग जोडिएका भारतीय राज्य असम, मणिपुर तथा अंडमान र निकोबार टापू समूहमा पनि यो भाषाको प्रयोग हुने गरेको छ।
भाषा परिवार
बर्मी भाषा तिब्बती-बर्मी भाषा-परिवारमा आउने गर्छ जून आर्य तथा चीनी भाषा परिवारको बीचमा हो। तिब्बती-बर्मी भाषापरिवारमा पनि बर्मी शाखा तथा तिब्बती शाखा भन्ने दुइ प्रकार छन् ।
म्यानमारका भाषाहरु
- 1 = बर्मी भाषा बोलिने क्षेत्र
- 2 = तिब्बती-बर्मी बोलिने क्षेत्र
- 3 = तिब्बती-बर्मी बोलिने क्षेत: अराकानी तथा बर्मी
- 4 = करेन (तिब्बती-बर्मी भाषा परिवार)
- अन्य भाषा-परिवार :
- 5= शान प्रान्तथाई तथा दक्षिणी थाई
- 7 = मोन प्रान्त - मोन भाषा (मोन-खमेर भाषाहरु)
बर्मी भाषाको सामान्य विशेषताहरु
- बर्मी भाषाको अधिकांश शब्द एक वा दुइ अक्षरको हुन्छ तर त्यससँगै प्रत्यय जोडिएको कारण त्यसको एकाक्षरीपन लुकेको हुन्छ।
- बर्मी भाषा एक टोनल भाषा हो। यसमा तीनवटा टोन छन्- उच्च, मध्यम र तल्लो।
- बर्मीमा ३३ व्यंजन र ७ स्वर छन् ।
- अन्य भाषाझैँ बर्मी भाषाका दुइ रूप छन् - मौखिक तथा लिखित रूप र दुबै रूपमा केवल शब्दावलीको मात्र अन्तर नभएर व्याकरणमा पनि अन्तर हुन सक्छ।
लिपि
आजकलको बर्मी लिपिमा पालि भाषाको प्रभावका कारण ३३ व्यंजन र १२ स्वर मानिन्छ।