"संस्कृत" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७४:
* संस्कृतलाई कम्प्यूटरका लागि (कृत्रिम बुद्धिको लागि) सबैभन्दा उपयुक्त भाषा मानिन्छ।
* '''संस्कृत भाषा''' नेपालमा बोलिने एक प्रमुख भाषा हो।
==विश्वका बहुप्रचलित भाषाहरुमा प्रभाव==
विश्वका बहुप्रचलित भाषाहरुमा यसको केकस्तो प्रभाव छ । हेरौं केही उदाहरण–

१.अंग्रेजी भाषामा

संस्कृतको पितृ शब्दबाट पश्चिममा पीटर र फादर, मातृबाट मदर र मादर, भ्रातृबाट ब्रदर जस्ता शब्द प्रभावित देखिन्छन् । त्यसै गरी संस्कृतको नस् शब्दबाट नोज, दन्तबाट डेन्ट र टूथ, स्थानबाट स्टेशन, मनबाट माइण्ड, कुप्यबाट कप, द्वारबाट डोर, कोटरबाट क्वाटर, हस्तबाट ह्याण्ड, हृद्.बाट हार्ट, मत्तबाट म्याड, दिव्यबाट डिवाइन, जननबाट जेनेटक्स, शरणबाट सरेन्डर आदिसंग तुलना गर्दा यी शब्दहरुको सम्बन्ध न्यूनाधिक रुपमा कहिं न कहीं संस्कृत भाषाबाट अवश्य रहेको छ भन्ने कुरा यो कुरा घाम झैं छर्लंग हुन्छ ।

२ं रुसी भाषामा

संस्कृतको प्रभाव रुसी भाषामाथि पनि स्पष्ट परिलक्षित भएको छ । उदाहरणका लागि संस्कृतको अग्नि रुसीमा अगोन््, द्वारबाट द्वेर, नभबाट नेका, अस्तिबाट एस्त, कुत्रबाट कुदा, तत्रबाट तुदा, ज्ञानबाट जिनानिय, नवोढाबाट निवेस्ता, प्लावनबाट प्लावनिये आदि रुपमा देख्न सकिन्छ ।

३. चीनीयां भाषामा

यद्यपि चीनीयां अति प्राचीन भाषा हो तर पनि संस्कृतको छाप त्यहां पनि परिलक्षित हुन्छ । जस्तै, संस्कृतको पौषबाट चीनीयांमा पौहुआ, माघबाट माकुआ, फागुनबाट फगुना आदि अनेक शब्द प्राप्त हुन्छन् ।

४. मङ्गोल भाषामा

मध्य एशियाको मंगोल भाषामा वारहरुको नाम संस्कृतमा आधारित छन्, जस्तै, संस्कृतको सोम मंगोलमा सोमिया, आदित्य मंगोलमा आदिया, बुद्ध बधिया, शुक्र सूकर, र शनिको संचीव बनेको छ ।

५. इन्डोनेशिया र काम्बोज देशमा

रामायण रं महाभारतका कथाहरु इन्डोनेशियामा राष्ट्रिय कथाका रुपमा स्वीकृत छन् । इन्डोनेशिया शब्द दुइ शब्दको योगबाट बनेको छ इन्डस् र नेसस् । त्यसै गरी इन्डोनेशियाका द्वीपका नामहरु संस्कृतमा आधारित देखिन्छन् । जस्तै, सुमात्रा त्यहांको एक स्थान छ जुन शुद्ध संस्कृत शब्द हो । यसै गरी एक स्थानको नाम जोगजकार्ता हो । जुन संस्कृतको योग्यकर्ताको तद्भवस्वरुप छ । जोगजकार्ताको सुलतानको उपाधि हो, भुवनो सेनापति, जुन संस्कृतको शब्द हो । यहांको एक प्रसिद्ध बन्दरगाहको नाम प्रोबोलिंगो हो । जुन पूर्व र कलिंग शब्दबाट बनेको छ ।
यसै गरी कम्बोडिया (हाल काम्पूचि) शब्द काम्बोजको तद्भव रुप हो । यहां पनि संस्कृत भाषा एवं साहित्यको प्रभाव छ ।

६.पश्तो भाषामा

पश्तो अफगानिस्तानको भाषाहो । त्यहांका जनता र सरकारले पश्तो र संस्कृतका सम्बन्धको अनुभव गरेर संस्कृतको अध्ययनमाथि विशेष बल दिने गरेको थियो । काबुल विश्वविद्यालयको पाठ्यक्रकमा सन् १९८० सम्म संस्कृत महत्त्वपूर्ण र अनिवार्य विषय हो । संस्कृतको व्याकरणका आधारमा पश्तोलाई वैज्ञानिक भाषा बनाउन त्यसो गरिएको बताइएको छ ।
{{नेपालमा बोलिने भाषाहरू}}
==संदर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/संस्कृत" बाट अनुप्रेषित