"सन्दीप लामिछाने" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४२:
#सन्दिपले [[चितवन]]को [[नारायणगढ]] स्थित क्याम्पसचौरमा ( क्यापाचौर ) रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन्। उनलाई त्यहाँ पुर्ब रास्ट्रिय क्रिकेटर राजु खड्काले क्रिकेट सिकाए का थिए।
#रास्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायके चितवनमा १ दिने प्रशिक्षणको लागि पुग्दा सन्दिपको बलिंगबाट एकै नजरमा प्रभावित भएका थिए। जसपछि आईसीसी बिश्व क्रिकेट लिग अन्तर्गत युएईसंगको खेलको लागि रास्ट्रिय क्रिकेट टिमको छनौट गर्न आयोजित सुपर लिगमा सन्दिपलाई खेल्ने मौका दिईएको थियो। सुपर लिग अन्तर्गत एक खेलमा सन्दिपले ४ विकेट लिएका थिए।
#सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश यु-१९ बिश्वकप २०१६ खेल्ने टिममा सन्दिप छनौट भएका थिए। यु-१९ विश्वकप २०१६ मा सन्दिप प्रतियोगिताकै सर्बाधिक विकेट लिने सुचीमा १४ विकेट सहित दोश्रो स्थानमा थिए। आईसीसीले सन्दिपलाई उक्त यु-१९ बिश्वकपको उत्कृस्ट ११ क्रिकेटर को सुचीमा समेत परेका थिए। #सन्दिपले [[बंगलादेश]] यु-१९ बिश्वकप २०१६ मा [[आयरल्याण्ड]]संग ह्याट-ट्रिक सहित ५ विकेट लिएका थिए। [[पारस खड्का]] सन्दिपलाई रास्ट्रिय क्रिकेट टिमको क्याप प्रदान गर्दै , साथमा प्रशिक्षक पुबुदु दासानायके
पारस खड्का सन्दिपलाई रास्ट्रिय क्रिकेट टिमको क्याप प्रदान गर्दै , साथमा प्रशिक्षक पुबुदु दासानायके
#बंगलादेश यु-१९ बिश्वकपमा सन्दिपको लेग स्पिनले निकै टर्न लिएपछि कमेन्टेटरहरुले उनलाई बिश्व प्रख्यात लेग स्पिनर शेनवार्नसंग तुलना गरेका थिए। त्यसबखत बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले उनलाई नेपाली शेन वार्न भनेर समाचार लेखेका थिए।
#यु-१९ बिश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दिपले २०१६ अप्रिलमा नेपालमा सम्पन्न नामिबियासंगको आईसीसी बिश्व क्रिकेट लिग म्याचमा नेपाली रा स्ट्रिय क्रिकेट टिमको लागि खेल्ने मौका पाएका थिए। त्यसपछि सन्दिप रास्ट्रिय टिमको लागि लगातार खेलीरहेका छन्।