चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
उत्तर
पङ्क्ति ३३२:
 
नमस्कार पिताम्बर भट्टराई जी । ११ जनवरी २०१८ दिनको २:२४ बजे '''उत्पातपूर्ण गतिविधि''' भनेर तपाईले जुन आरोप लगाउनुभयो त्यसको म घोर भर्त्सना गर्दछु । पर्सा जिल्लाका सम्पादनमा कुनमा उत्पात भएको थियो वा गलत जानकारी दिएको थिए जानकारी गराउनु होला। [[कालिकामाई]] को विवरणहरू नेपाल राजपत्रमा नभेटेकोले त्यतिकै छाडिदिएको हुँ तर नेपाल राजपत्रबाट लिइएको विवरणहरूलाई निराधार दोषारोपण गर्नु अलि सुहाएन । नेपाल राजपत्रमा दिइएको वा लेखिएको विवरण झुटो हो भने केही होइन नभए नेपाल राजपत्र को पृष्ठ १९६ देखि २०४ सम्म पर्सा जिल्लाको गाउँपालिकाहरूको विवरणहरू हेर्नु होला । पुनश्च आरोप लगाएर बनाएको लेख मेटाउनु भन्दा कमजोरी वा कारण देखाउनु होला। अछाम जिल्ला , पर्सा जिल्ला का गाउँपालिकाहरूको विवरणहरू नेपाल राजपत्रबाट लिइएको हो तथा धादिङ जिल्लाको विवरण राख्ने वेलामा तपाई द्वारा आई पी रोक लगाइएको थियो । के नेपाल राजपत्रमा लेखिएको कुरा अवैधानिक हो ? प्रष्टयाउनु होला । धन्यवाद । U L DAS १३:१९, १५ जनवरी २०१८ (युटिसी(UTC))
:नमस्कार {{Ping|U L DAS}} ज्यू, नेपाली विकिपिडियामा तपाइँको योगदानको लागि धेरै धन्यवाद दिन चाहान्छु। तपाइँले विकिपिडियामा सम्पादन गर्दा यसका नीतिहरू पनि ख्याल राख्नुपर्ने हुन्छ। कपि-र-पेस्ट गरि सम्पादन सङ्ख्या मात्र बढाउने उद्देश्य देखेकोले मैले आइपि रोक गरेको हूँ। यसो गर्दा विकिपिडिया फोहरको डङ्गुरमा परिणत हुँनेछ। यसमा अन्यथा नसोच्नुहोला। धन्यवाद! - [[User:Pitambar Bhattarai|Pitambar Bhattarai]] ([[User talk:Pitambar Bhattarai|कुरा गर्ने]]) ०७:४५, १७ जनवरी २०१८ (युटिसी(UTC))