"स्वस्थानी व्रत" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२:
मध्यान्न कालमा भगवान श्री महादेवको श्री स्वस्थानी माता संगै पूजा अर्चना गर्नू पर्दछ । पूजा पछी आफुले जुनकामना चिताएको हो त्यो कामना पूर्णहोस् भनी श्री स्वस्थानी माता लाई अघ्र्य दिनु पर्दछ । साँझको पूजा पछी श्री स्वस्थानी माताको कथा बाचन गर्नु पर्दछ । कथा सुन्ने श्रोता नभए पनि आफै कथा वाचन गर्ने र आफै सुन्ने गर्नु पर्दछ । कथावाचन आफुले गर्न नसके कुनै ब्राह्मण द्वारा वाचन गर्न लगाउने अथवा परिवारका अन्य कसैले वाचन गर्दा पनि हुन्छ । वाचन गर्नेले कुनै अभक्ष पदार्थ खाएको हुनु हुदैन । कथा सुन्न आफ्ना सबै छिमेकी, ईष्ट–मित्र, र बन्धु बान्धव लाई पनि डाक्नु पर्दछ । कथा आरम्भ गर्नु भन्दा पहिले र कथा भनिसके पछि धूप, दिप, फूल, चन्दन, अक्षता र भेटी चढाई पुस्तकको पनि पूजा गर्नु पर्दछ । कथा पछी आरती गर्नु पर्दछ । आरती पछी कथा सुन्ने जति सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गर्नुपर्दछ । यो प्रतिदिन को पूजाकार्य भयो । यस क्रमले जब माघ शुक्ल पूर्णिमाको दिन आउछ , तब नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नु र श्री स्वस्थानी माता संगै मेरो पनि पूजा गर्नु भनि श्री महादेव बाट आज्ञा भएको छ । यो पूजामा सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फुल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू,१०८ भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ चढाउनु पर्दछ । अन्य अप्राप्य फलफूल र नैबैद्यहरू यथाशक्ति चढाउन सकिन्छ । पूजा पछी १०८ परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । ब्रतप्रतिष्ठा पछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो ब्रत पूराभयो भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८/८ वटा प्रसाद झिक्नु अथवा (आठ रोटी, आठ अक्षता आठ पान , आठ कुड्का सुपारी र सगुन सहित) आफ्ना श्रीमान लाई दिनु, श्रीमान नभए आफ्ना छोरालाई दिनु , छोरा पनि नभए मित छोरालाई दिनु , मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदिमा बगाई दिनु र सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु भन्ने कुरा श्री स्वस्थानी ब्रतकथामा उल्लेख गरिएको छ । यतिगरी सके पछी श्री स्वस्थानी माताको प्रसादले ब्रतकर्ताको समस्त दुःख नासिई मनोकामना पूर्णहुनेछ भन्ने कुरा श्री स्वस्थानी ब्रतकथामा उल्लेख गरीएको छ । आजको युगमा हाम्रो समाज घोर भौतिकता तर्फ अग्रसर भइरहेको छ । हाम्रा संस्कृति, रीति रिवाज र परम्परा सबै नासिदै गएका छन् । जताततै पाश्चात्य संस्कृतिको ब्यापक प्रभाव परेको छ । भीषण सांस्कृतिक हमला जस्तो भईरहेको छ । यस्तो अवस्थामा हामी सवै धर्मप्रेमी महानुभावहरुले आफ्नो संस्कृति जोगाइ राख्ने प्रयास गर्नु पर्दछ । आफ्ना संतति हरूलाई हाम्रा रीति–स्थिति पर्व, परंपरा, अनुशासन, र कर्तव्यको बोध गराउनु पर्दछ । यो श्री स्वस्थानी माताको ब्रत कुनै अन्धविश्वासी कर्मकाण्ड होइन । यो प्रत्यक्ष वैज्ञानिक पनि हो । यसले प्रत्येक स्त्री–पुरुषलाई भित्रै देखि इमानदार, कर्तव्यनिष्ठ,निरपराधी र अनुशासित बनाउनमा प्रत्यक्ष फाइदा पुर्याएकै हुन्छ । १ महिना सम्म १ छाकमात्रै भोजन ग्रहण गर्नाले पेट भित्रका विभिन्न पुराना रोगहरू स्वतः ठिक हुन्छन् । यो बेला भोजन पचाउन प्रयोग हुने ऊर्जालाई फुर्सद मिल्नाले पेटभित्रका विभिन्न अवशिष्ट पदार्थलाई निस्कासित गर्ने र रोगग्रस्त अंगहरू लाई मर्मत गर्ने अवसर मिलेको हुन्छ भनी वैज्ञानिकहरूले स्वीकार गरेका छन् । उपवासको अवधिमा पेटभित्र वर्षौ देखि संचित भएको मल निस्काशन हुने हुँदा पानी भने प्रसस्तै पिउनु पर्दछ भन्ने वैज्ञानिकहरूको धारणा छ । बढी पानी नपिए शरीरलाई हानी हुनसक्ने कुरा वैज्ञानिकहरू बताउछन् । ईश्वर र धर्म प्रति खासै आस्था नराख्ने हाम्रो अहिलेको नयाँ पुस्ता घोर नास्तिक र अश्लील बन्दै गएको छ । संसारमा जति पाश्चात्य संस्कृतिको अनुकरण र नास्तिकता हिन्दु धर्ममा मौलाएको छ, त्यति अन्य धर्ममा नभएको एक सर्वेक्षणले देखाएको छ । यस्तो अवस्थामा हामी सवै संस्कृति पे्रमी, धर्म प्रेमी र देश प्रेमी जनताहरूले आफ्नो धर्म र संस्कृति जोगाई राख्न आ–आफ्नो तर्फबाट समुचित कदम चालिएन भने निकट भविष्यमा हाम्रो संस्कृति र धर्म इतिहासमा मात्रै सीमित नरहला भनेर भन्न सकिन्न ।
<ref>http://www.nepalsamuha.com/swastani-brata-started.html</ref>
==स्वस्थानीको शाब्दिक अर्थ==
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायण पछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको छ । ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।
 
:साँखु शालिनदी मेला;
 
यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । ‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् ।
 
==यो पनि हेर्नुहोस्==