"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
 
==अन्तर्राष्ट्रिय टोपी दिवस==
सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिक पारेर [[नेपाल]]मा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको छ | सस्थापक द्वय डा. लेखनाथ काफ्ले, ताइवान र शंकर बन्जाडे, नेपाल को पहलमा “नेपाली टोपी: नेपालीको शान, मान र पहिचान” भन्ने नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिको हो । त्यसो गर्दा अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्दछ ।
 
नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश / स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔं देखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहिएको छ । यो अभियानमा हरेक बर्ष जनवरी १ मा विश्वव्यापीरुपमा जनसहभागिता सहित संचार माध्यमहरुमा चर्चा हुने गर्दछ । बिगत २-३ बर्ष देखि बिभिन्न देश बिदेशमा नेपाली समुदायहरुले स्वस्फूर्त समूहहरु बनाएर टोपी दिवसको प्रचारप्रसार सहित बिबिध कार्यक्रम सहित मनाई यसलाई झनै व्यापक बनाइरहेका छन् ।
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित