"निबन्ध" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: ==परिचय== निबन्ध शब्द अङ्ग्रेजी Essay शब्दको नेपाली रूपान्तर हो । सं...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
 
निबन्धलाई विभिन्न विद्वान्हरूले विभिन्न किसिमले परिभाषित गरे पनि यो आख्याननिरपेक्ष गद्यरचनाका रूपमा देखिन्छ र यसको तात्पर्यगत अर्थ पनि यही हो । वैयक्तिकता निजात्मकता, आत्मप्रकटीकरण, सङ्क्षिप्तता, विषयवस्तुगत स्पष्टता, बौद्धिकता, हार्दिकता, विचारको प्रतिपादन आदि निबन्धका आधारभूत तत्व हुन् भने संवेदना र अनुभूतिको सहजता, भावको सघनता, तार्किकता पनि निबन्धका उपकरण हुन् ।
 
==निबन्धको वर्गीकरण ==
निबन्धका प्रकार यति नै हुन्छन् भनेर यसको अन्तिम र सर्वसम्मत वर्गीकरण गर्न सकिँदैन । साहित्यका अन्य विधाजस्तै निबन्ध पनि परिवर्तन शील विधा भएकाले पछिल्लो समयमा यसका नवनव प्रयोगशील रूपहरू देखिएका छन् । यस अर्थमा पनि निबन्धका प्रकारहरू तद्नुरूप परिवर्तित भइरहेको देखिन्छ । विभिन्न विद्वान्हरूले निबन्धलाई विभिन्न किसिमले वर्गीकरण गरेका छन् र त्यसका लागि आधारहरू पनि प्रस्तुत गरेको देखिन्छ । बाहृय तथा आन्तरिक तत्व, विषयवस्तु, भाषा, शैली, व्यक्तित्वको प्रधानता वा गौणता, आत्मपरकता, वस्तुपरकता आदि विभिन्न आधारमा निबन्धलाई वर्गीकरण गरिएको पाइन्छ । पछिल्लो समयमा देखापरेका विधाञ्जन, विधामिश्रण, विधान्तरण आदिका कारण सिर्जित नवविधा प्रवर्तनका रूपमा पनि निबन्धका नवप्रकारहरू सिर्जिएको पाइन्छ । उदाहरणका लागि राजेन्द्र सुवेदीको 'गुडबाई छोडिजानेहरूलाई' (२०६५) भित्रका सबै निबन्धमा संस्मरण, समालोचना, जीवनी, निबन्ध, नियात्रा, रिपोर्ताज आदि सबैको त्यत्तिकै उपस्थिति पाइन्छ । यस आधारमा हेर्दा निबन्धको वर्गीकरणलाई एकै किसिमले हेर्न मिल्दैन र स्थूल वर्गीकरणले मात्र पनि निबन्धलाई प्रकारीकरण गर्न सकिँदैन ! तसर्थ विभिन्न आधारमा निबन्धको सूक्ष्म वर्गीकरण गर्नु समीचीन हुन्छ । निबन्धको वर्गीकरणका लागि निम्नलिखित आधारहरू उपयुक्त हुनसक्छन् :
 
*(१) आत्मपरकता वा निजात्मकताका आधारमा,
 
*(२) वस्तुपरकता वा परात्मकताका आधारमा,
 
*(३) शिल्पगत वा शैल्पिक आधारमा,
 
*(४) नवउपविधात्मक स्वरूपका आधारमा, आदि ।
 
Line २८ ⟶ २४:
 
***(१) भावनात्मक निबन्धमा भावना र कल्पनाको बढी उपयोग गरिन्छ ।
 
***(२) यस्ता निबन्धमा लेखकका निजी भावना र कल्पनालाई अभिव्यक्त गरिन्छ ।
 
***(३) यस्ता निबन्धमा वैचारिक कार्यकारणको प्रस्तुति हुँदैन आदि ।
 
**२.१.२ विचारात्मक निबन्धः
 
लेखकका स्वतन्त्र विचार र चिन्तन प्रकट हुने, बुद्धितत्वको सम्बन्ध हुने र गम्भीर विषयमा आधारित निबन्धलाई विचारात्मक निबन्ध भनिन्छ । यस्ता निबन्धमा बुद्धिपक्ष बढी सक्रिय हुने हुँदा यस्ता निबन्धको सम्बन्ध हृदयपक्षसँग भन्दा मस्तिष्क पक्षसँग बढी हुन्छ । धर्म, दर्शन, विज्ञान आदि गम्भीर विषयलाई यस्ता निबन्धले समेटेका हुन्छन् । पाठकलाई विचारको भारी नबोकाई भावना र कल्पनाको आंशिक प्रयोग गर्दा यस्ता निबन्ध सुपाच्य हुन्छन् । यस्ता विचारात्मक निबन्धका मुख्य अभिलक्षण यसप्रकार छन् ः
 
***(१) विचारात्मक निबन्धमा गृहीत विषयका पक्ष/विपक्षलाई तर्कद्वारा प्रस्तुत गरिन्छ ।
 
***(२) यस्ता निबन्धका प्रत्येक वाक्यले 'स्व' को विचारलाई प्रकट गरेको हुनुपर्दछ ।
 
***(३) यस्ता निबन्धमा साङ्केतिक, बिम्बात्मक श्लेषपूर्ण भाषिक प्रयोग अपेक्षित हुन्छ, आदि ।
 
Line ४७ ⟶ ३८:
 
***(१) वैयक्तिक निबन्ध भावनात्मक निबन्ध र संस्मरणात्मक निबन्धको नजिक हुन्छ र यस्ता निबन्धमा आत्मकथाको स्वरूप हुन्छ ।
 
***(२) यस्ता निबन्धमा गृहीत विषयमाथि लेखकको 'स्व' नै प्रकट भएको हुन्छ र त्यो अनौपचारिक एवं रागात्मक रूपमा अभिव्यक्त भएको हुन्छ ।
 
***(३) यस्ता निबन्धमा लेखकले आफ्ना निजी भोगाइहरू कथाकारले कथा भनेझैँ निश्छलतापूर्वक प्रस्तुत गरेको हुन्छ आदि ।
 
Line ५७ ⟶ ४६:
 
***(१) संस्मरणात्मक निबन्ध स्मृतिबिम्बमा आधारित हुन्छ र यस्ता निबन्धमा लेखकले स्मृति-अनुभूतिहरूलाई यथार्थरूपमा प्रस्तुत गर्नुपर्छ ।
 
***(२) यस्ता निबन्धमा स्मृतिबिम्बहरूको यथार्थपरक शृङ्खलित प्रस्तुति हुन्छ ।
 
***(३) यस्ता निबन्धमा स्मृतिसन्दर्भहरूलाई विवरणात्मक हुनुबाट जोगाउन कल्पना र आत्मकथात्मक शैलीलाई उपयोगमा ल्याइन्छ, आदि ।
 
Line ७३ ⟶ ६०:
 
***(१) वर्णात्मक निबन्धमा वर्ण्य विषयको शृङ्खलित र व्यवस्थित वर्णन आवश्यक हुन्छ ।
 
***(२) यस्ता निबन्धमा विषयलाई सङ्क्षिप्तताभित्रै पूर्णताका साथ प्रस्तुत गर्नुपर्दछ ।
 
***(३) यस्ता निबन्धमा लेखकले सूक्ष्म निरीक्षणशक्ति र कल्पनाशक्तिलाई असाधारणरूपमा प्रस्तुत गर्नुपर्दछ, आदि ।
 
Line ८३ ⟶ ६८:
 
***(१) विवरणात्मक निबन्धमा कल्पनातत्त्वको उपयोग गर्दै वृत्तान्तको अन्तर्पक्षलाई केलाइन्छ ।
 
***(२) यस्ता निबन्धमा वृत्तान्तको यथावत वा यथार्थ प्रस्तुति हुन्छ ।
 
***(३) यस्ता निबन्धमा कार्यकारण शृङ्खला र वृत्तान्तको पूर्वापर सम्बन्ध मिलेको हुनुपर्दछ, आदि ।
 
Line ९९ ⟶ ८२:
 
***(१) व्याख्यात्मक निबन्धमा सूक्ष्म र सामान्य विषयलाई व्याख्या विश्लेषण गरेर प्रस्तुत गरिन्छ ।
 
***(२) यस्ता निबन्धमा कथ्यलाई पुष्टि गर्न धेरै प्रसङ्गहरू ल्याइएको हुन्छ ।
 
***(३) यस्ता निबन्धमा परिधीय विचारवस्तुको व्याप्ति हुन्छ, आदि ।
 
Line १०९ ⟶ ९०:
 
***(१) तार्किक निबन्धमा आफ्नो विचार वा मतको पुष्टिका लागि तर्कहरूद्वारा अर्काका मतको खण्डन र आफ्नो मतको मण्डन गरिन्छ ।
 
***(२) यस्ता निबन्ध वादविवादात्मक हुनेहुँदा स्वतः तुलनात्मक प्रकृतिका हुन्छन् ।
 
***(३) यस्ता निबन्धमा लेखकको तर्कशक्ति र कल्पनाशक्तिको प्रशस्त उपयोग हुन्छ, आदि ।
 
Line ११९ ⟶ ९८:
 
***(१) आख्यानात्मक निबन्ध आख्यानात्मक शैलीमा लेखिएको हुन्छ । तापनि त्यसमा विचारकै प्रधानता हुन्छ ।
 
***(२) यस्ता निबन्धमा शैली मात्र कथाकथनको हुनेहुँदा घटना र पात्रको विकास हुँदैन ।
 
***(३) यस्ता निबन्धमा प्रथम र तृतीय दुवै दृष्टिबिन्दुको प्रयोग हुनसक्छ आदि ।
 
Line १२९ ⟶ १०६:
 
***(१) वक्तातात्मक निबन्धमा आत्मपरक र वस्तुपरक दुवै तत्वको उपस्थिति रहन्छ ।
 
***(२) यस्ता निबन्ध औपचारिक र अनौपचारिक दुवै शैलीमा लेखिन्छन् ।
 
***(३) यस्ता निबन्धमा तार्किकता र प्रभावकारिताको अपरिहार्यता हुन्छ आदि ।
 
Line १३९ ⟶ ११४:
 
***(१) रिपोर्ताज निबन्धमा वर्णनात्मकता र विवरणात्मकताको आनुपातिक प्रयोग हुन्छ ।
 
***(२) यस्ता निबन्धमा सूचना नै मूलतत्वका रूपमा रहने हुँदा सूचनात्मकता यसको प्राणतत्व मानिन्छ ।
 
**(३) शृङ्खलित र औपचारिक प्रस्तुति यस्ता निबन्धका पहिचान हु्न् आदि ।
 
Line १४९ ⟶ १२२:
 
***(१) आलङ्कारिक निबन्धमा निबन्ध आत्मपरक वा वस्तुपरक जुनसुकै किसिमको भए पनि भाषाशैली पूरै आलङ्कारिक वा काव्यात्मक हुन्छ ।
 
***(२) यस्ता निबन्धमा भाषिक विचलनको प्रयोग प्रशस्त गरिएको हुन्छ र मानवीकरण गरिएको हुन्छ ।
 
***(३) यस्ता निबन्धमा सादृश्यविधान बढी हुन्छ र आलङ्कारिक वा काव्यात्मक भाषाशैलीय प्रयोगका कारण यस्ता निबन्ध बढी पठनीय र श्रुतिमधुर हुन्छन् आदि ।
 
Line १५९ ⟶ १३०:
 
***(१) हास्यव्यङ्ग्यात्मक शैलीका निबन्धमा हास्यतत्व र व्यङ्ग्यतत्वको समान उपस्थिति रहन्छ र मान्छेका वैयक्तिक कमजोरीलाई पनि देखाइएको हुन्छ ।
 
***(२) यस्ता निबन्धले सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक आदि क्षेत्रमा देखिएका विकृति र विसङ्गतिबाट अन्तर्वस्तु ग्रहण गरेको हुन्छ ।
 
***(३) यस्ता निबन्धमा आत्मपरक, वस्तुपरक, वर्णनात्मक, आख्यानात्मक आदि प्रायः सबै किसिमका शैलीको प्रयोगका साथै आलङ्कारिक भाषिक चमत्कार हुन्छ आदि ।
 
Line १७३ ⟶ १४२:
 
***(१) नियात्रामा यात्रावृत्तान्तका स्मृतिबिम्बहरूको प्रयोग हुन्छ र त्यस्ता स्मृतिविम्बहरूलाई कल्पनाको रङले रङ्गाइएको हुन्छ ।
 
***(२) नियात्रामा लेखकीय 'स्व' को आत्मप्रकटीकरण हुन्छ र यसमा वैयक्तिकताको प्रशस्त उपयोग हुनाका साथै वर्णनको मनोहारिता, रोचकता र कुतूहलता हुन्छ ।
 
***(३) यस्ता निबन्ध प्रथमपुरुष दृष्टिबिन्दुमा नै लेखिन्छन् र यस्ता निबन्धमा कोरा वृत्तान्त वा वर्णनात्मकता अपेक्षित हुँदैन, आदि ।
 
Line १८३ ⟶ १५०:
 
***(१) निवार्तामा पहिले वार्ताकार प्रथम पुरुषका रूपमा र वार्तानायक तृतीय पुरुषका रूपमा उपस्थित भई पछि दुवै प्रथमपुरुषका रूपमा पनि उपस्थित हुन्छन् ।
 
***(२) निवार्तामा निबन्ध तत्व र अन्तर्वार्ता तत्व दुवै रहे पनि मूलतः अन्तर्वार्ता तत्व र अंशतः निबन्ध तत्वको उपस्थिति भई अन्त्यमा अन्तर्वार्ता तत्वको निबन्ध तत्वमा अन्तर्मिश्रण र विलयन हुन्छ ।
 
***(३) निवार्तामा वार्तानायकको भन्दा वार्ताकारको कला, कुशलता, कल्पनाशक्ति र प्रतिभाको बढी भूमिका र महत्त्व भई वार्तासमेत निबन्धका रूपमा रूपायित हुन्छ र यसमा केहीरूपमा संस्मरणात्मकता पनि हुन्छ, आदि ।
 
Line १९३ ⟶ १५८:
 
***(१) निसमीक्षा/निसमालोचनामा वस्तुपरक र आत्मपरक दुवै शैलीको प्रयोग हुन्छ र समीक्षा/समालोचनामा निबन्ध तत्वको उपस्थिति हुन्छ ।
 
***(२) निसमीक्षामा निबन्धमा समालोचना तत्वभन्दा पनि समालोचनामा निबन्ध तत्व बढी हुन्छ र यसै गुणले गर्दा यो सम्प्रेष्य हुन्छ ।
 
***(३) निसमीक्षामा विषय, कथ्य र समीक्ष्यवस्तुको ठोस नभई तरल विश्लेषण हुन्छ, आदि ।
 
Line २०३ ⟶ १६६:
 
***(१) निपत्रमा पत्रात्मक शैलीको प्रयोग हुन्छ र निबन्धात्मक गुण हुन्छ ।
 
***(२) यसमा प्रसङ्गअनुरूप वैयक्तिक, दार्शनिक, साहित्यिक, वैचारिक आदि विविध किसिमका अन्तर्वस्तुको अभिव्यक्ति हुन्छ ।
 
***(३) यसमा औपचारिक वा कार्यालयीय पत्रहरू प्रविष्ट हुँदैनन् र वैयक्तिक पत्रहरूमा मात्र निपत्रात्मक गुण हुन्छ, आदि ।
 
Line २१३ ⟶ १७४:
 
***(१) रुबन्धमा नाटकीय तत्व र नैबन्धिक तत्वको उपस्थिति रहन्छ ।
 
***(२) यस्ता रचनामा संवादहरूको समेत प्रयोग गरेर निबन्धलाई नाटकीयता प्रदान गरिन्छ ।
 
***(३) यस्ता रचनामा आत्मालापीय र वार्तालापीय दुवै किसिमको संवाद हुन्छ, आदि ।
 
Line २२७ ⟶ १८६:
 
==प्रमुख सन्दर्भसूची ==
*त्रिपाठी, वासुदेव, साहित्य सिद्धान्त ः शोध तथा सिर्जना विधि, काठमाडौँ ः पाठ्यसामग्री पसल, २०६६ ।
*प्रधान, शिव, सम्पा, बृहत् समालोचना, सिक्किम ः गान्तोक प्रकाशन, २०४५ ।
 
शर्मा*बराल, मोहनराज,ईश्वर समकालीन समालोचनाअन्य, सम्पा, सिद्धान्त रनेपाली प्रयोगसाहित्यकोश, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५५ ।
प्रधान, शिव, सम्पा, बृहत् समालोचना, सिक्किम ः गान्तोक प्रकाशन, २०४५ ।
*शर्मा, मोहनराज, समकालीन समालोचना ः सिद्धान्त र प्रयोग, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५५ ।
 
बराल*सुवेदी, ईश्वर र अन्यराजेन्द्र, सम्पा, स्नातकोत्तर नेपाली साहित्यकोशनिबन्ध, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञापाठ्यसामग्री प्रतिष्ठानपसल, २०५५२०५०
...........,* सम्पा, दाडिमको रूखनेर चौथो संस्करण, ललितपुर ः साझा प्रकाशन, २०५९ ।
 
शर्मा, मोहनराज, समकालीन समालोचना ः सिद्धान्त र प्रयोग, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५५ ।
 
सुवेदी, राजेन्द्र, सम्पा, स्नातकोत्तर नेपाली निबन्ध, काठमाडौँ ः पाठ्यसामग्री पसल, २०५० ।
 
..........., सम्पा, दाडिमको रूखनेर चौथो संस्करण, ललितपुर ः साझा प्रकाशन, २०५९ ।
 
 
*[[http://www.majheri.com/node/4630]] भाषा/साहित्य समीक्षा, डा. लक्ष्मणप्रसाद गौतम, मधुपर्क २०६७ जेठ
"https://ne.wikipedia.org/wiki/निबन्ध" बाट अनुप्रेषित