"गणेशमान सिंह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ३९:
==राजनिति==
[[File:Ganesh Man Singh Bhawan.JPG|thumb|त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको गणेशमान सिंह भवन: यस भवनमा बालरोग सम्बन्धि सेवा सञ्चालनमा छ।]]
अध्ययनकै बेला भारतबाट नेपाल आएका बेला वि.सं. १९९७ सालमा नेपालको जेठो राजनीतिक दल [[राष्ट्रिय प्रजापरिषद]]को सदस्यताबाट उनको नेपालमा राजनीतिक जीवनको सुरूवात भयो। तर प्रजापरिषद सदस्यता लिएको दुई हप्तापछि अर्थात् र वि.सं. १९९७ असारमा नै उनको [[मंगलादेवी सिंह|मंगलादेवी]] सँग विवाह भयो। यो विवाह गर्न जेठा बाजे र आमाले सिंहलाई आग्रह गरेका थिए। तर उनको गिरफ्तारी विवाह पश्चात् वि.सं. १९९७ कात्तिक महिना (सन् १९४० अक्टोबर)मा भएको थियो। तत्कालीन राणा सरकारले सर्वश्वहरण सहित आजीवन कारावासको दण्ड दियो। उनीसँगै जेल पर्नुभएका गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई भने मृत्युदण्ड दिइयो। जन्मजात विद्रोही गणेशमान सिंहलाई राणाको पर्खालले धेरै दिन कैद गर्न सकेन। २००१ साल वैशाख (सन् १९४४) का एक रात भद्रगोल जेलको पर्खाल नाधेर उनी कैदमुक्त भए। जेलबाट भागेपछि उनी कृष्णबहादुर प्रधानका नाममा राणाविरोधी अभियान चलाउँदै राणाशासकहरूद्वारा देश निकाला गरिएको नेपालीहरूको बसोबास क्षेत्र भारतको दार्जीलिङ, सिक्किम, कालिङपोङ, [[कोलकाता]], बनारस र लाहौर पुग्नुभयो। यसक्रममा उनको [[कोलकाता]]मा [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]सँग २००१ सालमा सम्पर्क भयो। विश्वेश्वरसँग मिलेर उनले २००३ साल माघ १२ गते (सन् १९४७ जनवरी २५ मा) नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पार्टी सुवर्ण शमशेरको प्रजातान्त्रिक कांग्रेससँग मिलेर २००६ साल (सन् १९५० अपि्रल)मा [[नेपाली काँग्रेस]] बन्यो। उनी [[नेपाली काँग्रेस]]को संस्थापक नेता बने। २००७ सालामा क्रान्तिको तयारीका लागि भूमिगत रूपमा नेपाल आउँदा २००७ साल असोज २७ गते ठोरीको जंगलमा पक्राउ पर्नुभयो। उनलाई शारीरिक यातना दिइयो। २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि रिहा भए र मोहन शमशेरको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा सिंहले उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्हाले।
 
वि.सं. २००७ (असोज ९, १० र ११) मा तत्कालीन जहाॅनिया राणा शासन विरूद्ध [[भारत]]को बिहारस्थित बैरगनियामा तीन दिनसम्म आयोजित ''''''बैरगनिया सम्मेलन'''''' मा गणेशमान सिंह, [[खड्गजीत बराल]], [[बहादुर सिंह बराल|बहादुरसिंह बराल]], डाक्टर [[कुँवर इन्द्रजित सिंह|के.आई. सिंह]], [[मातृकाप्रसाद कोइराला]], बि.पि. कोइराला, [[कृष्णप्रसाद भट्टराई]] र महेन्द्र नारायण निधि आदिको समेत उपस्थिति रहेको थियो । 'बैरगनिया सम्मेलन' मा भाग लिने जति सबैले तत्कालीन जहाॅनिया राणा शासन फाल्न ''''''डु अर डाई' ('गर या मर') अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने निति अप्नाउन स्विकारेका थिए ।''''' २००७ सालाको क्रान्तिको तयारीका लागि भूमिगत रूपमा नेपाल आउँदा २००७ साल असोज २७ गते ठोरीको जंगलमा पक्राउ पर्नुभयो । उनलाई शारीरिक यातना दिइयो। २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि रिहा भए र मोहन शमशेरको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा सिंहले उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्हाले।
 
२००८ सालमा [[नेपाली काँग्रेस]]का नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि, भूमि तथा खाद्यमन्त्री भएका सिंहले विश्वेश्वरप्रसादको निर्देशनमा मातृकाप्रसादको मन्त्रिमण्डल त्यागे। २०१२ सालमा कांग्रेसको वीरगंज अधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिनुभएका सिंह सुवर्ण शमशेरद्वारा पराजित भए। उनले २०१४ सालको भद-अवज्ञा आन्दोलनलाई नेतृत्व दिए। २०१५ सालको प्रथम संसदीय निर्वाचनमा [[नेपाली काँग्रेस]]का तर्फबाट काठमाडौँको सांसद् पदमा विजयी भए। [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]को नेतृत्वमा गठित सरकारमा निर्माण तथा यातायात मन्त्रीको कार्यभार सम्हाले।
"https://ne.wikipedia.org/wiki/गणेशमान_सिंह" बाट अनुप्रेषित