"दधिचि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
त्वष्टाको आज्ञा पाएर बृतासुरले देवराज ईन्द्रको बध गर्ने बर प्राप्तिको लागी [[ब्रह्माजी]] र [[शिव]]जीको घोर तपश्या गरे। उनी असुर भए पनि एक ब्रह्म ज्ञानी महाँ पुरुष थिए।<ref>पुराण सुक्त</ref>उनको तपश्याबाट खुसी भएर ब्रह्मा र शंकरले उनलाई देवराज ईन्द्रलाई विजय गर्ने बर दिएका थिए। बर पाई सकेपछी उनी देवराज ईन्द्रसँग यूद्ध गर्न लागे आखिर देवतारुले बृतासुरको शेनासँग लड्न नसकेर स्वर्ग छोड्नै परेको थियो।<ref>श्री मद देवी भागवत</ref>बृतासुरसँगको लडाईँमा हारेर स्वर्गको राज गद्दीबाट पद्यूचित भएका देवराज ईन्द्र सहितका सबै देवताहरुले धेरै दिन पृथ्वीमा भट्किरहनु परेको थियो। केही बर्षको दु:ख झेलाई पछि देवताहरु ब्रह्माजी र शंकरजीसँग मद्दत माग्न क्रमशः ब्रह्मलोक र कैलाश पर्वतमा पुगे। ब्रह्माले र शिवजीले देवताहरुलाई यथा सम्भव सम्झाएर सबै भगवान बिष्णु भए ठाउँ "बैकुण्ठ धाम" गए। ब्रह्मादी देवताहरुले भगवान बिष्णुसँग प्रार्थना गरेर भनेकी "प्रभु ! त्वष्टा पुत्र बृतले हामीलाई स्वर्गबाट निकाली दियो आफु स्वर्गको गद्दीमा बसेर हामिहरु सबैमाथी आफ्नो हुकुम चलाउन लाग्यो। हामी बरुणादी 33 कोटी देवता सूर्यादी 9 ग्रह सबै उसैको अधिनमा बाद्येतावस चल्नु परिरहेको छ। यसै भयो भने सृष्ठीको बिनास हुने छ। कोही उपाए निकाल्नु होस्।" भनि प्रार्थना गरे। यो सुनेर भगवान बिष्णुले देवताहरुलाई भनेकी देवताहरु हो! घबरानेकी कोही बात नही म यसको उपाय भनि दिन्छु- "तिमिहरु सबै महर्षि दधिचि भए ठाउँ जाउ बृतासुरलाई दधिचिको हाडको बज्र बनाएर बज्रको प्रहारबाट मर्ने श्राप भएकाले ऋषिसँग हाड मागेर त्यसको बज्र तयार गर्न लगाउ त्यो बज्रको प्रयोग गरेर देवराज ईन्द्रले बृतासुरलाई मार्न सक्ने छन्।"
 
==[[महर्षि]] दधिचिको योगदान==
भगवान बिष्णुको आज्ञा सुनेर ब्रह्मादी देवताहरु महिर्षि दधिचि भए ठाउँ गए। महर्षि दधिचिले देवताहरुको परिक्षा लिनकोलागी "म कसरी आफ्नो जिउँदो शरिर तपाईहरुलाई दिउँ ?"भनेर सोद्दा देवताहरुले लाचार भएर ऋषिसँग उनको प्राण माग्नै परेको थियो। यो देखेर महर्षि दधिचिले देवताहरुको भलाईकोलागी आफुले [[प्रणायम]] गरेर प्राण त्यागी दिए।<ref>भागवत पुराण</ref>महर्षिले प्राण त्यागी दिएपछि उनको मृत शरिरलाई गाईहरुले चाटेर हाड निकालि दिए। त्यो हाडहरु लिएर देवताहरुका मिस्त्री बिश्वकर्माले बज्र बनाएर देवराज ईन्द्रलाई दिए।महर्षि दधिचिलाई महादानीको रुपमा लिईएको छ। किन भने अरुको भलाईको लागी सबै सबैले आफ्नो प्राण दिन सक्दैन।
 
"https://ne.wikipedia.org/wiki/दधिचि" बाट अनुप्रेषित