"फिस्टुला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: Stub श्रेणलाई अपूर्ण लेखहरूसंग साट्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०:
 
समयमा उपचार भएन भने फिस्टुलाबाट जटिल सङ्क्रमण, अल्सर, मिर्गौला रोग, खुट्टाको स्नायु प्रणालीमा अवरोध जस्ता थप समस्या उत्पन्न हुनसक्छन्। फिस्टुला पीडित महिलाहरूको जीवन नारकीय र कष्टकर त छ नै आफन्त र समाजका दृष्टिमा पनि छिःछि-दूरदूरका पात्र हुन्छन्, परिवारले पनि त्यत्तिकै शारीरिक-मानसिक समस्या भोग्नुपर्छ। यसले उनीहरूलाई जल्दोबल्दो उमेरमै लज्जित र निराश भएर बाँच्नुपर्ने अवस्थामा पुर्‍याएको छ।
 
{{Commonscat|Fistulae}}
यो गुप्तांगमा हुने रोग हुनाले प्रायः जचाउन वा परामर्श लिन लाज मानी लुकाएर राख्नाले विस्तारै बढ्दै जान्छ । कहिले सन्चो भएजस्तो हुन्छ र कहिले दुख्ने र पिप आउने हुन्छ । यो भिन्न–भिन्न प्रकार वा प्रकृतिको हुन्छ ।
 
== '''रोगको लक्षण''' ==
* दिसा–घरवरिपरिको भागमा पटक–पटक पिलो वा पिलोजस्तै साधारण प्रकारको घाउ हुने ।
* पिपजस्तो तरल पदार्थ आउने ।
* बारम्बार दिसा कब्जियत हुने, दिसा गर्न गाह्रो हुने ।
* दिसा गर्दा दुख्ने, पोल्ने, रगत आउने ।
 
== उपचार ==
यस प्रकारको रोगमा आयुर्वेदिक क्षार सूत्र उपचार सफल र उत्तम उपचार पद्धति हो । यसमा विभिन्न जडिबुटीको मि श्रणबाट बनाईको औषधियुक्त सूत्र (धागो) लाई फिस्टुला (भगन्दर) मा राखी सो सूत्रले विस्तारै घाउलाई काट्दै, भर्दै जान्छ । उपचारको क्रममा हरेक हप्तामा एक या दुईपटक सूत्र फेरिरहनुपर्छ ।  
 
यसबाट फिस्टुलाको लाक्षणिक उपचार मात्र नभई जरैदेखि रोग उन्मूलन हुने हुँदा एकपटक गरेपछि फेरि बल्झिँदैन । यस उपचारका क्रममा आफूले नित्य गरिरहने कार्य गर्नमा कुनै कठिनाइ हुँदैन, केवल सूत्र परिवर्तन गरेको दिनमा अलिकति पोल्ने र दुख्ने हुन्छ । चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न सकिन्छ ।{{Commonscat|Fistulae}}
 
[[श्रेणी:अपूर्ण लेखहरू]]
"https://ne.wikipedia.org/wiki/फिस्टुला" बाट अनुप्रेषित