"लोकबाजा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[नेपाल]] प्रशस्त [[बाजा]]हरू भएकाे स्थान हाे । सृष्टिकाे प्रारम्भदेखि नै मनाेरञ्जनका साथै समयकाे नापलार्इ विभिन्न [[ताल]]वाद्य यन्त्रकाे अाविष्कार गरेर मानिसले सफलता प्राप्त गर्दै लगेकाे देखिन्छ । [[मादल]], [[सारङ्गी]], [[टुङ्ना]], [[डम्फू]]जस्ता ठेट [[नेपाली]] बाजाहरूले नेपाल र नेपाली [[संस्कृति]]काे अस्तित्व राखेका छन् र जातीयता चिनाएका छन् । नेपाली लाेकबाजामा नेपाली ढुकढुकी बाेलेकाे छ । लाेकबाजाले राष्ट्रिय पहिचान पनि गराएका छन् । नेपाली लाेकबाजाहरू कुनै फुकेर बजाइन्छन् भने कुनै रेटेर बजाइन्छन् । त्यसैगरी कुनै ठटाएर बजाइन्छन् भने कुनै पिटेर बजाइन्छन् । <ref>तिवारी (लाेहनी), शाेभा (२०६०), ''लाेकसङ्गीतार्पण'', ललितपुर ः साझा प्रकाशन</ref>
 
==सन्दर्भ सामग्रीहरू==
== रक्षा, जगेर्ना र प्रवद्र्धन ==
लोकबाजाको रक्षा, जगेर्ना र प्रवद्र्धनका लागि समाजकै सचेत समूहले अगुवाई गर्नु आवश्यक छ । नागरिक समाज, राजनीतिक समूह, सामाजिक संघ, संस्थाले नेपाली समाजको मौलिकतालाई स्थापित गरी राख्नतर्फ ध्यान दिनुपर्छ । लोकबाजा र लोकभाकाको संरक्षणका लागि दीर्घकालिन योजना बनाउने, नागरिकलाई मौलिक बाजाका बारेमा सचेत गराउनेतर्फ आवश्यक सचेतनामूलक कार्यक्रम पनि गर्नु जरुरी छ ।
 
आधुनिक प्रविधिको विकासले लोकबाजाको अभ्यासलाई केही सरल बनाए जस्तो देखिए पनि लोकबाजा गाउने र बजाउने अभ्यास बिना आधुनिक प्रविधिले पनि स्रोत पाउन सक्दैन । यसर्थ आधुनिक माध्यमको प्रयोग गरिरहँदा धरालतको रुपमा रहेको लोकबाजा बजाउनुपर्ने कामलाई जीवन्तताका लागि सबै क्षेत्रले गम्भीर भएर ध्यान दिनु जरुरी छ ।
 
== सन्दर्भ सामग्रीहरू ==
{{reflist}}
==बाह्य लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/लोकबाजा" बाट अनुप्रेषित