"पहिलो विश्वयुद्धमा नेपाल" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १५:
===जबर्जस्त सेनामा भर्ती===
त्यस बेला केही कैदीलाई पनि राणाहरूले बेलायती सेनामा भर्ना गराएको मानिन्छ । एकजना ४० वर्षका बाबुले गोरखपुरनेरको कुनाघाटमा भर्ती गराउन आफ्नो १६ वर्षको छोरालाई लिएर गएछन् । ब्रिटिसले बाबुछोरालाई नै भर्ती गरिदियो । युद्धका लागि उनीहरूलाई सिपाही चाहिएको थियो । यसैले नेपालका कति पहाडी गाउँबस्ती खाली हुनेगरी युवालाई भर्तीमा पठाइयो ।
==अर्थतन्त्रमा प्रभाव==
 
==अर्थतन्त्रमा प्रभाव
==
यो युद्धले [[नेपाली समाज]] र अर्थतन्त्रमा पनि प्रभाव पार्यो । युद्धमा मर्नेका घरमा पनि दुई/चार पैसा आयो । युद्ध सकिएपछि १ लाख जवानहरू फिर्ता आए । उनीहरूलाई खेतालालाई जसरी युद्ध अवधिभरको ज्याला दिएर फिर्ता गरिएको थियो । सरदार भीमबहादुर पाँडेको अनुमानअनुसार तिनले १३ करोड कम्पनी रुपैयाँ नेपाल ल्याएका थिए । त्यतिबेला नेपालमा बजेट बनाउने चलन थिएन । यदि हुन्थ्यो भने त्यो रकम वाषिर्क बजेट बराबर हुने थियो । अहिले वाषिर्क ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । १८ खर्बको जिडिपीका तुलनामा यो २५ प्रतिशत हो ।