"पहिलो विश्वयुद्धमा नेपाल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: विश्वयुद्धमा नेपाल पहिलो विश्वयुद्धमा नेपाल दुई ढंगले जोडिन...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify}}
विश्वयुद्धमा नेपाल
 
पहिलो विश्वयुद्धमा नेपाल दुई ढंगले जोडिन्छ । एउटा बि्रटिस गोर्खा सैनिकका माध्यमबाट अर्को नेपाली राज्यकै संलग्नताबाट{{Citation needed}} । आउने सन् २०१५ को अपि्रल २४ मा बेलायती सेनामा नेपालीलाई भर्ना लिइएको दुई सय वर्ष पुग्छ । यसको अर्थ प्रथम विश्वयुद्ध हुनुभन्दा करिब एक सय वर्षअघिदेखि नै बेलायती सेनामा नेपाली थिए ।
प्रथम विश्वयुद्धअघि भएका चीन, इजिप्ट, क्रिमिया र अफगानिस्तानका लडाइँमा नेपालीले लडेका थिए । अफगानिस्तानको नर्थवेस्ट फ्रन्टिएरमा नेपाली थिए । अफगास्तिानकै लडाइँमा रणजित सिंहको सेनाबाट लडदा बलभद्र कुँवर मारिएका थिए । विश्वयुद्ध हुनुभन्दा केहीअघि बेलायतले आफ्नो सेनामा गोर्खा रेजिमेन्ट थपेको थियो । त्यतिबेला अनुमानित २ लाख नेपाली युवाहरू बेलायती सेनामा थिए भन्ने मानिन्छ । यो संख्या भनेको तत्कालीन पहाडी जनसंख्याको २० प्रतिशत हो । त्यसबेला नेपालको जनसंख्या नै ५४ लाख थियो ।
यो युद्धमा करिब ३० हजार नेपाली मारिएको अनुमान गरिन्छ । गेसोको अनुमान भने ६० हजारको छ । कति मानिसहरू युद्धपछि नेपाल फर्किएनन् । पहिलो र दोस्रो विश्वयुद्धको बीचमा नेपालको जनसंख्या घटेको तथ्यांकले देखाउँछ ।
यसबाहेक विश्वयुद्धका बेला भारतमा रहेको बेलायत सरकारको सेवामा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले १६ हजार नेपाली सेना भारत पठाएका थिए । यिनले त्यहाँका रेजिमेन्टमा सुरक्षा दिन्थे र त्यहाँ पहिलेदेखि भएका सैनिक युद्धमा जान्थे । त्यो बेला नेपाल सरकारले केही सय थान राइफल पनि बेलायत सरकारलाई सहयोगमा दिएको थियो । तत्कालीन कम्पनी रुपैयाँ र नेपाली महेन्द्र मल्ली गरेर करिब १ करोड रुपैयाँ पनि राणा सरकारले बेलायतलाई सहयोग दिएको थियो । बि्रटिस गोर्खामा भर्ना हुने एक जवान बराबर बेलायतले नेपाल सरकारलाई एउटा राइफल दिन्थ्यो ।{{Citation needed}} त्यही जम्मा गर्दा नेपाल सरकार राइफलमा धनी भएको थियो ।
त्यस बेला केही कैदीलाई पनि राणाहरूले बेलायती सेनामा भर्ना गराएको मानिन्छ । एकजना ४० वर्षका बाबुले गोरखपुरनेरको कुनाघाटमा भर्ती गराउन आफ्नो १६ वर्षको छोरालाई लिएर गएछन् । ब्रिटिसले बाबुछोरालाई नै भर्ती गरिदियो । युद्धका लागि उनीहरूलाई सिपाही चाहिएको थियो । यसैले नेपालका कति पहाडी गाउँबस्ती खाली हुनेगरी युवालाई भर्तीमा पठाइयो ।
'घर जलाएर खरानी' भनेजस्तो यसले नेपाललाई केही फाइदा पनि गर्यो । युद्ध सकिएको पाँच वर्षपछि सन् १९२३ मा बेलायतले नेपाललाई युद्धमा सघाएको गुन फर्कायो । बेलायतले नेपाललाई सार्वभौम मुलुक मानेर शान्ति तथा मैत्री सन्धि गर्यो । वर्षको ५-१० लाख सहयोग पनि गर्यो । त्यो पैसा राणा र पछि पञ्चायतका शासकहरूले आफ्नो खल्तीमा हाले । पछि डीएफआईडी र ब्रिटिस वेलफेयरजस्ता बाटोबाट पैसा आएपछि यो बन्द भयो ।