"तामाङ जाति" का संशोधनहरू बिचको अन्तर

टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो, लिङ्क थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
→‎इतिहास: टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो, लिङ्क थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २४:
==इतिहास==
[[Image:A mountainside village inhabited by Tamang.jpg|250px|right|thumb|तामाङ बस्ती]]
तिब्बती राजा [[स्रोङ्चन गम्पो]]ले सन् ६४० मा दक्षिण तिर आक्रमण गरी नेपालको उत्तरी भागहरूमाथि कब्जा जमाउन थालेपछि तत्कालिन् [[नेपाल]]का राजा [[अंशुवर्मा]]ले बुद्धिमत्तापूर्वक आफ्नी छोरी [[भृकुटी]]लाई तिब्बती राजा [[स्रोङ्चन गम्पो]] सँग विवाह गरि नेपाल [[तिब्बत]] बीच मित्रताको हात बढाएपछि दुई देश बीच दौत्य सम्बन्ध कायम गरेका थिए । तत्पश्चात् राजा श्रङचङ गम्पो राजकुमारी [[भृकुटी]]लाई लिएर [[तिब्बत]] फर्केका थिए । उनीसँग आएका घोडाचढी सेनाहरूमध्ये केही राजासँगै फर्के भने धेरै संख्यामा घोडाचढी सेनाहरू नेपालमै बसेका थिए। घोडाचढी सेनाहरूलाई तामाग भनिन्थ्यो । त्यही तामाग नै कालन्तरमा तामाङ्ग भयो भनेर भनिन्छ
 
त्यसैगरि [[अंशुवर्मा]]को शासनकालको अन्ततिर राजगद्दीको उत्तराधिकारी उदयदेवलाई धपाई भिमार्जुन देव र विष्णु गुप्तले देश शासन चलाएका थिए । धपाईएका उदयदेव [[तिब्बत]]का शरण लिन पुगे जसलाई राजा [[स्रोङ्चन गम्पो]]ले स-सम्मान शरण दिए । स-परिवार शरण लिन पुगेका उदयदेवको मृत्यु तिब्बतमै भयो । उन्का छोरा नरेन्द्र देवले सन् ७०० तिर भोटका घोडचढी सेना (तामाङ्ग) हरू लिएर नेपाल आई आफ्नो पैतृक सिहंसन पुन प्राप्त गरे । नरेन्द्रदेवको सहायतार्थ आएका घोडाचढी सेनाहरूलाई विशाल हिमाल श्रृंखलाको कारण फर्केर जान कठिन लाग्नुका साथै नेपालको हावापानी, उर्वराभूमि प्राकृतिक सौर्न्दर्य र यहाँका बासिन्दाहरू (तामाङ्गहरू) लाई मन परेर नेपालमै बस्न थाले। उनीहरूको आफूलाई घोडाहरू काम नलागेपछि घोडाहरू बेचेका हुनाले तिनीहरूलाई तामाङ्ग (घोडा बेचेका) भन्ने गरिएको हो भनेर [[रमेश विकल]]ले [[सात सूर्य एक फन्को]] नामक पुस्तकमा लेख्नुभएको छ ।
"https://ne.wikipedia.org/wiki/तामाङ_जाति" बाट अनुप्रेषित