"लोसार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
→अर्थ: लिङ्क थप गरियो, yes चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति २८:
== अर्थ ==
'''
[[image:Gumpa.jpg|thumb|right|200px|[[सिक्किम]]को एक गुम्बा अगाडी लोसार मनाउँदै]]
ञिशुगु अर्थात [[कृष्ण पक्ष|कृष्ण]] प्यक्षिय [[चतुर्दशी]]को दिन अथवा जान लागको पुरानो बर्षको विदाई कार्यक्रममा गु थुग्पा खान्छन् । नौ किसिमका विभिन्न चीज (गेडागुडी)हरू हालेर थुग्पा पकाई घरको जहान परिवार सबै एकै ठाउँमा जम्मा भई रमाइलो गरी गु थुग्पा खाइन्त । त्यस पछि आउन लागेको लोसारको लागि विशेष गरी घरहरू सजाइन्छ । भरको भित्ता पाखामा स्वस्ति चिन्हहरू कोर्दछन् । चाङका चाङ रोटी (खमस्य) पकाएर थुपार्छन् । विभिन्न किसिमका फलफूल र गेडागुडीहरू पनि सजाइन्छन् । लोसारको विहान प्रातकाल पानी लिएर देवतालाई शुद्ध पानी चढाई यो बर्ष मंगलमय वातावरणमा बित्तोस भनी प्रार्थना गर्छन । विभिन्न चिज विज हालेर बनाएको पीठोको परिकार (क्षेमर) र अमृत खाने गर्छन् । घरको आँगन र डाँडा पाखामा रंगीचंगी ध्वजाहरू फरफराउँछन् । साङसेरक्येम (कुलदेवता बुझाउन) लगाउँछन् । आफ्नो समूहका ठूलाबडा र गोम्पा तथा बौद्ध (चैत्य)को दर्शन गरी शुभ आशिर्वाद लिन्छन् । घरको आँगनमा ध्वजा उठाई साङ सेरक्येमको पूजा सिद्धिएपछि घरपरिवार सबैले “किकी सो सो ल्ह ग्यल्लो” (देवताको जय, दानवको पराजय) भनि जयका प्रतीक सेतो पीठो उडाएर एकदम रमाइलो गर्ने गरिन्छ । त्यस पछि दोश्रो दिनबाट फेरि गोम्पा वा सार्वजनिक स्थलमा भेलाभई एक आपसमा टशि देलेक आदानप्रदान गर्दै आफ्ना मौलिक भेषभूषामा उभिएर मिठोमिठो खानेकुराहरू आदान–प्रदान गरी लोसार मनाउने गर्छन् । यसरी शेर्पा समाजमा व्यक्तिगत र सामाजिक रूपमा ठूलो हर्षोल्लासकासाथ १०-१५ दिनसम्म लोसार मान्ने परम्परा छ । शेर्पाले जस्तै तामाङ, गुरुङ र भोटेहरूले पनि हर्ष बडाई गरी यो लोसार चाड मान्दछन् । ज्योतिषशास्त्र र भौगालिक बस्तुस्थिति अनुसार पुस महिनाको शुक्लपक्षको परेवा तिथिबाट नयाँ बर्ष लागेको हुन्छ । नयाँ बर्षको मतलव [[चन्द्र]], [[सूर्य]] र अन्य ग्रह नक्षत्रहर दक्षिण तिर जाने क्रम सिद्धिएर उत्तर तिर फर्केको हुन्छ । यस अवसरमा भूमण्डलमा स्थान जमाएर बसेका सिमेभूमे देवदेवी र नाग नागिनी किरा फट्याङ्ग्राहरू पनि आफ्नो ठाउँ छोडेर अन्यत्र सरेर जान्छन् भनिएको छ । त्यस बेला भौगोलिक बस्तुस्थिति अनुसार बर्ष फिर्ने हुँदा
== पृष्ठभूमि ==
|