"सोह्र श्राद्ध" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४३:
==श्राद्धमा के गर्ने के नगर्ने==
प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ ।
पितृपक्षमा श्राद्ध आफ्नै घरमा गर्नुपर्छ, अर्काको घरमा गर्न निषेध छ । श्राद्धमा तीन वस्तु पवित्र मानिन्छन्:- छोरीको छोरा (नाति), दिनको आठौं भाग र कालो तिल । श्राद्धमा तीन प्रशंसनीय कुरा छन् :- बाहिरी र भित्री शुद्धता, क्रोध नगर्ने र हतार नगर्ने ।श्राद्धकालमा [[गीता]], भागवत, पितृसूक्त, पितृसंहिता, रुद्रसूक्त, ऐन्द्रसूक्त आदि पाठ गर्नु बुद्धि, मन र कर्म तीनै कुराको शुद्धिका लागि फलप्रद छ । श्राद्धमा प्रयुक्त पवित्र मन्त्र यी हुन् -
 
श्राद्धमा प्रयुक्त पवित्र मन्त्र यी हुन् -
'''ऊँ क्रीं क्लीं ऐं सर्वपितृभ्यो स्वात्म सिद्धये ऊँ फट् । ऊँ सर्व पितृ प्रं प्रसन्नो भव ऊँ । ऊँ पितृभ्यः स्वधायिभ्यः स्वधानमः पितामहेभ्य स्वधायिभ्यः स्वधा नमः । प्रपितामहेभ्य स्वधायिभ्य स्वधा नमः अक्षन्न पितरो मीमदन्त पितरोतीतृपन्त पितरः पितरः शुन्दध्वम् । ऊँ पितृभ्यो नमः पितराय नमः ।।'''
 
श्राद्धमा गर्न नहुने काम [[पद्म पुराण]] तथा मनुस्मृतिका अनुसार श्राद्ध देखाउनका लागि गर्ने होइन, गुप्त रूपमा गर्नुपर्छ । धनी छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी नगर्नु अनि भोजनको माध्यमबाट मित्रता र सामाजिक तथा व्यापारिक सम्बन्ध स्थापित नगर्नु ।
;श्राद्धमा गर्न नहुने काम:
श्राद्धको दिन घरमा दही नमथ्नु । श्राद्धकै दिन कपाल नकाट्नु । अघिल्लो दिन मुण्डन नगर्नु ।
श्राद्धमा गर्न नहुने काम [[पद्म पुराण]] तथा मनुस्मृतिका अनुसार श्राद्ध देखाउनका लागि गर्ने होइन, गुप्त रूपमा गर्नुपर्छ । धनी छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी नगर्नु अनि भोजनको माध्यमबाट मित्रता र सामाजिक तथा व्यापारिक सम्बन्ध स्थापित नगर्नु । श्राद्धको दिन घरमा दही नमथ्नु । श्राद्धकै दिन कपाल नकाट्नु । अघिल्लो दिन मुण्डन नगर्नु ।
[[महाभारत]]का अनुसार [[भण्टा]], [[गाजर]], [[मुसुरो]]को दाल, रहर, [[लौका]], [[हिंङ]], [[प्याज]], [[लसुन]], बीरे नून, जामुन, सुपारी, सर्स्युँ र चनाको प्रयोग निषिद्ध छ ।
[[महाभारत]]का अनुसार भन्टा, [[गाजर]], [[मुसुरो]]को दाल, रहर, [[लौका]], [[हिङ]], [[प्याज]], [[लसुन]], बीरे नून, जामुन, सुपारी, सर्स्युँ र चनाको प्रयोग निषिद्ध छ । पितृपक्षमा कुनै पनि मांगलिक तथा शुभ काम गर्न वर्जित छ । यतिखेर कुँवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन । घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन ।
घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन ।
 
;कसले कुन दिन श्राद्ध गर्ने ?:
Line ७२ ⟶ ७१:
कुनै पनि श्राद्धमा गङ्गाजल, दूध, मह, तोरीको साग, छोरीको छोरो (दौहित्र), कुश र तिल महत्त्वपूर्ण मानिन्छन् । यसबाहेक श्राद्धमा प्रयोग गरिएको तुलसीको मञ्जरीबाट पितृगण प्रलयकालपर्यन्त प्रसन्न रहन्छन् भन्ने गरिन्छ र पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने चलन पनि छ । यसरी मञ्जरीको उपयोग गरेमा पितृगण गरुडमा सवार भई सीधै विष्णुलोक पुग्दछन् भन्ने मान्यता छ ।
;६ – श्राद्धका भाँडाकुँडा:
श्राद्धमा प्लास्टिक, स्टील र फलामका भाँडाकुँडाको प्रयोग गर्नु हुँदैन । त्यस्तै केराको पात पनि चलाउनु हुँदैन । कर्ताको सामर्थ्यअनुसार श्राद्धमा [[सुन]], [[चाँदी]], झर्का ([[काँसोकाँसा]]) वा [[तामा]]का पात्र अथवा सालको पातले बनेका दुना टपरीको प्रयोग गर्न सकिन्छ ।
;७ – माङ्गलिक कार्य र किनमेल निषेध: 
श्राद्धपक्षका पन्ध्र दिन कुरो छिन्ने, विवाह/व्रतबन्ध गर्ने, गृहप्रवेश गर्ने आदि कर्म निषेधित मान्ने गरिन्छ । श्राद्ध पक्षमा दीर्घ उपयोगका लागि धनलगानी गर्नु पनि अशुभ मानिन्छ । जस्तै मोटरवाहन, सुन, चाँदी, जग्गाजमिन आदिको खरिद गर्नु हुँदैन । सामान्यतया नयाँ व्यापार, व्यवसाय र उद्योगधन्दा वा कलकारखानाको सुरु पनि यस अवधिमा गर्ने गरिंदैन । त्यस्तै लामो दूरीको यात्रा पनि यस समयमा गर्नु हुँदैन । तर श्राद्धाधिकार नभएका (पुरूषका लागि बाबुआमा र स्त्रीका लागि सासुससुरा ज्युँदै भएका) व्यक्तिले किनमेल र यात्रा जस्ता विषय बारिरहनु पर्दैन ।
;८ – श्राद्धको खानपान र काम:
सोह्रश्राद्धमात्र होइन, अन्य एकोद्दिष्टादि सामान्य श्राद्धमा पनि श्राद्धभन्दा एकदिन अगावै नङ, केश आदि काटी एकछाक मात्र सात्विक भोजन गरी चोखोनीतो गर्नु पर्दछ । श्राद्धको एक दिनअगाडिको दिनलाई एकछाकी भन्ने गरिन्छ । एकोद्दिष्ट श्राद्धमा एकछाकी र श्राद्धका दिन तथा सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछामासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन । त्यस्तै मुसुरीको दाल, लौका, चिचिन्डो, बैगुन, लसुन, प्याज, [[कोदो]], तीते [[फापर]] लगायतका खाद्यवस्तुहरुको प्रयोग गर्नु हुँदैन । त्यस्तै हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगान गर्नु आदि पनि निषेध गरिएको छ । एकछाकी र श्राद्धका दुबै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन । उक्त दुबै दिन शरीरमा सुन, तेल र सावुनको संसर्ग गर्नु हुँदैन । पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन, अनि राती पनि भुइँमा एकसरो ओछ्यान लगाएर शयन गर्नुपर्दछ ।
;९- श्राद्धमा पिण्डदान :
श्राद्धभन्दा पहिले नै श्राद्धकर्ताकी पत्नी रजस्वला भएर सात दिन बितेको छैन भने पार्वण श्राद्धमा पिण्डदान गर्न हुँदैन ।
Line ८८ ⟶ ८७:
श्राद्ध सकिएपछि बाँडिने पितृप्रसाद आमन्त्रण गरिएका सबैलाई वितरण गर्नु पर्दछ, तर पिण्डमा चढाइएको पितृप्रसाद श्राद्धाधिकार पाएको सपिण्डीभित्रको दाजुभाइ र बन्धुबान्धवले मिलेर ग्रहण गर्नुपर्दछ । उक्त प्रसाद एउटै गोत्रभित्रका सगोत्री दाजुभाइलाई दिए पनि हुन्छ, तर अन्य गोत्रका व्यक्तिहरूले ग्रहण गर्न निषेध गरिएको पाइन्छ ।
सोह्र श्राद्ध र अन्य श्राद्धको समयमा माथिका नियमलाई पालना नगरेमा मृतपितृहरू रिसाउने र सन्ततिका घरमा अशुभ र अशान्तिले वास गर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । तर विधिवत नियम र निष्ठाका साथमा पितृकर्म गरेमा तिनको सदाशय र आशिर्वादले धेरै फल प्राप्त गर्न सकिन्छ । भनिएको पनि छ :-
'''आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च । प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः॥''' www.recentnepal.com
 
==यो पनि हेर्नुहोस्==