"बोक्सी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify|date=सेप्टेम्बर २०११}}
 
[[File:The Love Potion.jpg|thumb|right|250px|बोक्सीको एक काल्पनिक चित्र]]
 
'''बोक्सी''' [[जादुमन्त्र]] गरेर अरूलाई दुःख दिने विश्वास गरिएकी काल्पनिक महिला हो । वास्तवमा बोक्सी भन्नाले कुनै एकमात्र देवी मानेर अथवा एक विषेश प्रकारको देविलाई मानेर आफ्नो आत्मा सर्मपित गरेर कुनै मन्त्र वा ज्ञान प्राप्त गरेका महिलालाई बुझाउँछ (पुराण अनुसार) ।
जो संग असाधारण शक्ति हुन्छ भन्ने बिस्वास गरिन्छ।बोक्सी कुचोमा चढेर उड्छ भन्ने भ्रम छ।
 
`बोक्सी´ भन्ने शब्दको अर्थ ‘टुना गर्ने स्त्री, बोक्सी जान्ने आइमाई, डाइनी भन्ने उल्लेख भएको पाइन्छ । स्पष्ट छ, बोक्सी भन्ने शब्द रहेको तर बोक्सा वा अन्य पुलिंग जनाउने शब्दावली छैन यहिनेर स्पष्ट हुनु जरुरी छ यी दुई परिभाषाले महिला नै बोक्सी हुन्छन भन्ने बुझाएको छ र केही अपबादलाई छाड्ने हो भने, हामी भोग्दै सुन्दै आएको पनि महिला नै हुन्छ।हाम्रो समाजमा त्यो, प्राय एकल महिला, गरिब महिला, फोहोर महिला, कुरुप वृद्ध ,दलित बाट नै बोक्सी हुन्छन भन्ने मान्यता छ, अधिंकाश यिनै र यस्तै पिडित छन्।
== समाज ==
 
बोक्सीको आरोपमा दुव्र्यवहारमा परेका पिडितहरुलाई हेर्दा समाजमा असहाय, निम्न, कमजोर व्यक्तिहरू बोक्सी अारोपको सिकार भएकाछन् । जस्तै; वृद्ध (वृद्धा, एकल महिला, एकल पुरुष) यसमा पनि तल्लो जातिका लाई विशेष गरेर आरोप लाग्ने गरेको पाइन्छ ।
==बोक्सीको इतिहास==
यसको लागि धेरै पछी फर्कनु पर्छ संसारमा जहिले मान्छेको उत्पत्ति भयो यो आजकै अबस्थामा भएको हैन भनेर धेरैलाइ थाहा छ। धर्मको सिर्जना र बिज्ञानको अविस्कार मान्छे भन्दा अघिका होइनन्। यी मान्छे द्वारानै सिर्जित हुन् मान्छे र समाज बिना यी दुबै रहन सक्दैनन् । जब मान्छेको उत्पत्ति भयो मान्छेको अघि थुप्रै रहस्यहरु असरल्ल थियो।
 
[[सुनामी]], [[भुकम्प]],[[ज्वालामुखी]] बिस्फोट, हावाहुरी हुन्डरी, जस्ता भयानक [[प्राकृतिक प्रकोप]] पत्तालगाउन बिज्ञान थिएन, त्यतिबेला त्यही रहस्य पत्ता नलागेपछि मान्छेलाइ लाग्यो, यो किन हुन्छ?कसरी हुन्छ? पक्कै यहाँ अदृश्य शक्ति छ त्यो हामी देखि रिसाएरै यस्तो भएको हुनुपर्छ भन्ने मान्यताले मान्छे उसलाइ खुशीपार्न प्रकृतिको पुजा गर्न थाल्यो। पछि त्यही काल्पनिक मान्यता अदृश्य दैबी शक्ति , इस्वरिय शक्ति, स्थापित भयो। जब मान्छे बिरामी पर्न थाले तब उनिहरुको उपचार [[जडिबुटी]], मनोबैज्ञानिक प्रभाब बाट उपचार गरिन्थ्यो त्यही मनोबिज्ञानिक प्रभाब पार्न बिश्वास जित्न [[मयुर]]का लामा-लामा प्वाँख रुद्राक्ष, ढ्याङ्ग्रो, लियर मानब खप्पर, लाएर उनिहरु फरक जस्ता हुन्थे। त्यसरी उपचार गर्दा [[जडिबुटी]] र मनोबैज्ञानिक प्रभाव द्वारा केही निको हुन्थे कोहि आफ्नै शरीरिक कारण पनि निको हुन्थ्यो। कोहि बैज्ञानिक उपचार नहुदा मृत्युको मुखमा पुग्थे ।मेडिकल साइन्स नभएको त्यो अबस्थामा त्यसरी उपचार गर्नु बाध्यता थियो।
 
===जंगली मातृप्रधान समाज===
जंगली मातृप्रधान समाजमा “शाकिनी”, “डाकिनी” अगुवा थिए, त्यो युगमा शाकिनी डाकिनी नामका अगुवालाइ देवी भनी पुजा गरिन्थ्यो। समय सङ्गै [[समाज]] रुपान्तरण हुनेक्रममा [[मातृप्रधान समाज]] बाट [[पितृप्रधान समाज]]मा रुपान्तरण हुदा नारिका बर्चस्व हराउदै गयो। [[इतिहास]] जित्नेकै लेखिन्छ। तिनै “शाकिनी” र “डाकिनी” देबि भनेर पुजिएका देबिहरु कालान्तरमा “शाकिनि” “[[किचकन्या]]” र “डाकिनी” डाइना “बोक्सी” बनाइयो। हारेपछी अपमानको लागि बङ्गाइएको इतिहास हो।
 
[[जंगली युग]] देखि आज सम्म बोक्सीको आरोपमा अपबाद बाहेक अपमान ,चरम यातना ,सामाजिक विभेद क्रूर हत्या हुनेमा महिला नै छन। हामी देख्दै पनि आएका छौ धेरै [[धामी]] पुरुष हुन्छ बोक्सी महिला नै हुन्छ भन्ने मान्यता छ।
 
==बोक्सी मन्त्र==
यस्तो हुन्छ बोक्सी धपाउने कथित [[मन्त्र]]
हामी जस्तो आधुनिक जमानाको युवाहरुलाइ कुनै धामीले मन्त्रको बारेमा जान्न खोजे दिदैनन् भन्दैनन् पनि। यसै पनि मन्त्र गोप्य हुन्छ भन्ने गर्छन तापनी कोहि चर्कै नबुझिने गरि भन्छन् कोहि मनमनै भन्ने गर्छन्। त्यतिबेला मन्त्र कस्तो होला [[शब्द]] कस्तो होला भन्ने खुल्दुली हुन्छ।
 
;मन्त्र
 
'''ॐ बिरबिर नरसिंह नौ ज्ञानी चौसट्ठी जोगिनी चौरासी सिद्द भक्त ज्ञानी सर्बजात हिमाल कास्य हिमल देबि सोमल देबि मालिका देबि तीन भुवन तिनै लोक सुधारी पाताल झारु सौर्य मुख पारु गुरु मुख पारु बाचा बाधु फट …'''
 
हो के यो चामत्कारिक छ? के यो कहिल्यै नसुनेको शब्द हुन? बरु यी निस्चित शब्द जोडेर बनाइएको मान्छेलाइ [[भ्रम]] छर्न हो भनेर सजिलै बुझ्न सकिन्छ।
 
 
==समाजमा भ्रम र वास्तविकता==
यो एक ‘अनौठो’ रोग हो । पहिले पहिले यो रोग महिलामा मात्र हुन्छ भन्ने धारणा थियो र पाठेघरको कुनै रोग होला भन्ने सोची यसलाई हिस्टेरिया भनिन्थ्यो, तर हाल यो रोग पुरुषमा पनि पाइने भएकाले यसलाई ‘कन्र्भसन डिसोसियटिभ डिसअर्डर’ भनिन्छ । प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार हाम्रो मस्तिष्कमा मुख्यतय २ भाग हुन्छन् । एउटा होसी (कन्सस) र अर्को बेहोसी (अन्कन्सस) भाग । हाम्रा पीडा बेहोसी भागमा बसेका हुन्छन् । पीडा बढेमा यो रोग देखिन्छ । तर आजकल डिप्रेसनजस्ता विभिन्न खालका मानिसक रोगका बिरामी पनि यस्तो लक्षण लिइ आउँछन् । जुन अचम्मको हुन्छ ।
 
* हात वा खुट्टा प्यारालाइसिस हुने ।
* छोएको थाहा नहुने ।
* छारे रोगजस्तै ढल्ने, काम्ने? ।
* एउटा मानिस अर्को भएर बोल्ने वा बक्ने, हेर हेर भन्दै काम्ने जस्तै म फलानो हुँ, यसलाई मार्छु, खान्छु आदि ।
* कुनै घटना पूर्ण रुपमा बिर्सनु । बिरामीले कुनै पीडादायी वा अन्य घटना पूरै बिर्सन्छन् ।
* कहिलेकाँही बिरामी अचानक एक ठाउँबाट अर्को ठाउँमा बेहोसी रुपमा नै पुग्छ र ऊ त्यहाँ अर्कै मानिस भएर बसेको हुन्छ र पहिलेको कुरा सबै बिर्सन्छ । यसलाई ‘डिस्सोसियाटिभ फग’ भनिन्छ ।
* एउटै मानिस दुई खालको व्यक्तिको सिकायत गर्छ, जसलाई मल्टिपल पर्सनालिटी डिस्अर्डर भनिन्छ ।
* बिरामीलाई अति साधारण कुरा सोध्दा पनि उल्टो उत्तर दिन्छ । जस्तै २ र २ जोड्दा कति हुन्छ भनेर सोध्दा ५ भन्छ, आकाशको रंग कस्तो हुन्छ भन्दा हरियो भन्छ आदि । तर उसको उत्तर दिने तरिका चलाख देखिन्छ, यसलाई ग्यान्सर्स सिन्ड्रोम भनिन्छ ।
 
यो रोग मुख्यतय ३५ देखि ४० वर्षभन्दा अगाडि नै देखा पर्छ, यो रोग १५ देखि २० वर्षका केटीहरुमा बढी पाइन्छ । जुन रोग उपचार पछि निको हुन्छ। यी बाहेक मास हिस्टेरिया भएर बिधालय एकै पटक धेरै बिद्यार्थी बेहोस हुने काम्ने [[कपाल]] लुछ्ने चिचाउने रुने हुदा के भएको भनेर बुझ्न नसकि झाक्री धामी, पण्डित लागाएर पुजापाठ गरिरहेका हुन्छौं।
 
===बोक्सीले टोकेर भ्रम===
हाम्रो शरीरमा कहिलेकाही [[निलो]] डाम देखिन्छ जसलाइ बोक्सिले टोकेर रगत चुसेको भनिन्छ। कुनै महिलाको शरीरमा निलो गोलो डाम हुन्छ । मासंपेशीमा साह्रो कम दबाब परेको ठाउँमा यस्तो देखिन्छ । निलो धब्बामा बोक्सीले [[बोक्सीको छौडां|छौडां]] पठाएर रगत चुसेको भन्ने चलन छ । बोक्सीको [[छायाँ]] आएर टोक्छ भन्ने मान्यता छ । [[रगत]] चुसेर व्यक्तिलाई मार्न खोज्ने क्रममा डाम देखिएको भन्ने गरिन्छ । तर यथार्थमा मेडिकल विज्ञानले रगतका केही रोगका कारण शरीरका कतिपय भागमा यस्तो दाग बन्छ भन्ने मान्यता छ । ‘ब्लिडिङ डिसअर्डर’ हुनसक्ने भएकाले रगतको परीक्षण गरेर उपचार गर्नु राम्रो हुन्छ ।
 
==विज्ञानमा बोक्सी==
बिज्ञानले स्पष्ट भन्छ “शक्ति बिनाको बस्तु र बस्तु बिनाको शक्ति हुदैन” अर्थात मन्त्र बस्तु हैन त्यो बस्तु नभए शक्ति हुदैन, यसलाइ यसरी बुझौ सलाइ बस्तु हो, आगो शक्ति हो, आगो बल्न बस्तु चाहिन्छ, बस्तु नभए आगो बल्दैन। जर्मनका विद्वान समाज शास्त्रीहरु एफ डि मुलर बि टेलर पनि यहि अदृश्य इस्वरिय शक्तिमा लामो गहिरो खोज गरेका थिय तर कुनै तथ्य भेटाएनन। र आज सम्म पनि कथामा सिमित बोक्सी हाम्रो कमजोर मस्तिष्कमा बाहेक कसैले भेटेको आधिकारिक पुष्टि भएको छैन त्यसैले बोक्सी धामीझाँक्री केबल अन्धबिस्वास हो।
 
==धामी झाक्री उपचार==
मन्त्र फुक्नु मनोबिज्ञान हो। मनोरोगको उपचार मनोबैज्ञानिक तबर बाटै हुन्छ मन्त्रले चमत्कार भएर रोग सन्चो भएको होइन।लामा धामी हल्लनु पनि मानसिक कारण हो यो एउटा वीर रस पनि हो । बिषयको गहिराई नबुझी सतही भावनामा बहकिने मान्छे हलन्छ उत्रन्छ। मानसिक सन्तुलन गुमाएकाहरु पनि देबि देबताको नाममा काप्छन।आखात हेर्नू चामालको गेडा गन्ने मनोगढन्ते हिसाब हो चिम्टिमा उठाउदा जोर बिजोर चामलको गेडाको संख्या हेरेर लगाइने कोरा अनुमान हो।
चितवनमा ढेगनी देबिलाइ केही बर्ष पहिले धामिले ज्युदै जलाए। गतसाल नवलपरासिमा मलाइ मान्छेको बलिदेउ भन्दै कामेपछी छिमेकी १० बर्षे बालकलाइ नजिकै मन्दिरमा लगेर घाटिरेटि हत्या गरे। क्यान्सर लागेर मृत्यु भएका छिमेकीलाई भेदेर मारेको आरोपमा तुलु थिङ सार्किलाइ ज्युदै खाल्टोमा हालेर हत्या भयो केही महिना अघि बाँकेमा मकै छोडाइ रहेकि महिलाइ बोक्सिकै नाममा चिर्पाटले हानेर हत्या गरियो केही हप्ताअघि लक्ष्मी परियारलाइ एक शिक्षकले दिशा खुवाउदै कुटिकुटी हत्या गरे ती बाहेक मलमुत्र खुवाउने कुट्ने बाध्ने नग्यांउने जस्ता निच र अमानवीय घटना कति भए कति।
 
धेरै जसो मानसिक रोगलाइ चेतनाको कमीले बोक्सी भुत प्रेतले दुख दिएको भन्ने मान्यता छ। अन्य रोगको उपचार पद्धति र औसधि भन्दा मानसिक रोगको उपचारका पद्धति र औषधि पछि मात्र पत्ता लागेको हो। अहिलेका समृद्ध पश्चिमीहरु मध्ययुगीन युरोपेली समयमा पनि मानसिक रोगिलाइ यस्तै दानबिय दैवी शक्तिले बोक्सिले मान्छेका आत्मा बसमा पारेको भन्ने मान्यता थियो क्रूर व्यबहार गरिन्थ्यो ज्युदै जलाउने बाधेर राख्नेकुट्ने पिट्ने गरिन्थ्यो।१९ औं, २० औं शताब्दीतिर क्रेप्लिन, ब्लुलर अदि वैज्ञानिकहरुको विभिन्न प्रकारका मानसिक रोगहरुको अध्ययन वर्गीकरण गर्न थाले। बिस्तारै उपचार पद्धतिहरु विकसित हुँदै गए। फ्रायडले साइकोएनलाइसिस पद्धतिको अध्यन थाले २० औ सताब्दिको मध्यतिर औषधिको बिकास भयो। उतिबेला युरोपेली मध्ययुगीन समय भन्दा हाम्रो अबस्था फरक छ आज स्मार्ट फोनको स्क्रिनमा।औला दौडाएर ससांर एउटै मुठ्ठीमा सानो गाउँ जस्तो बनेको छ । भुकम्प,सुनामी ज्वाला मुखी जानेका कारण बिज्ञानले बताइ सक्यो। यति हुदाहुदै पनि हामी जंगली युग तर्फ किन फर्किन खोज्दै छौ?
 
==नेपाली समाजमा==
===पडित वर्ग र अमानवीय व्यवहार===
बोक्सीको आरोपमा दुव्र्यवहारमा परेका पिडितहरुलाई हेर्दा समाजमा असहाय, निम्न, कमजोर व्यक्तिहरू बोक्सी अारोपकोआरोपको सिकार भएकाछन्भएका छन् । जस्तै; वृद्ध (वृद्धा, एकल महिला, एकल पुरुष) यसमा पनि तल्लो जातिका लाई विशेष गरेर आरोप लाग्ने गरेको पाइन्छ ।
 
यस्तै व्यक्तिहरुलाई जलाउने, मलमुत्र खुवाउने, गाँउ निकाला गरिने आदि जस्ता दुव्र्यवहारहरु गरिन्छन् ।
 
===कानुन===
==बाह्य लिङ्कहरू==
नेपालको कानुनमा पनि बोक्सी शब्दलाई मान्यता दिइएको छैन।र बोक्सी आरोप लगाउने मानिसहरूलाई कडा सजाए सहितको कानुन पनि निर्माण गरिएको छ।नेपालको कानुन अनुसार यदि कसैलाई कसैले बोक्सीको आरोप लगाएमा अदालतमा मुद्दा दायर गर्न पाउने र पिडितला आरोप लगाउनेले रू एक लाख बीस हजार<ref> www.onlinekhaber.com अब बोक्सी आरोप लगाएमन १ लाख २० हजार तिर्नु पर्ने</ref> सम्मको जरिवानाको व्यवस्था गरिएको छ।तर कमजोर कानुनी हुनाले नेपाली समाजमा यो नियम पुर्ण रूपमा लागू हुन सकेको छैन।
 
 
==यो पनि हेर्नुहोस्==
*[[धामी]]
*[[बोक्सी विद्या]]
*[[बोक्सीको छौडां]]
 
==स्रोत==
{{reflist}}
 
{{काल्पनिक अन्धविश्वासका पात्रहरू}}
 
[[श्रेणी:अभद्र शब्दसमाज]]
[[श्रेणी:काल्पनिक पात्रहरूअन्धविश्वास]]
[[श्रेणी:काल्पनिक अन्धविश्वासका पात्रहरू]]
"https://ne.wikipedia.org/wiki/बोक्सी" बाट अनुप्रेषित