"भारदार परिवार" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''भारदार परिवार''' ({{lang-en|Noble Family}}) नेपालमा शाहवंशीको शासनकालमा रहेका...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

१०:३४, २५ अगस्ट २०१७ जस्तै गरी पुनरावलोकन

भारदार परिवार (अङ्ग्रेजी: Noble Family) नेपालमा शाहवंशीको शासनकालमा रहेका राजनैतिक परिवार वा पारिवारिक गुट थियो । गोरखा राज्यमा थरघर नामक ६ भारदारी परिवारहरू रह्ने गर्दथ्यो जसको स्थापना राजा द्रव्य शाहले गरेका थिए । थरघरको भूमिका प्रशासन एवम् सैन्य व्यवस्था सञ्चालन गर्ने वा सञ्चालनमा मदत पुर्याउने थियो ।[१] त्यहीं स्वरुपमा राजा पृथ्वीनारायण शाहले ५ क्षत्रिय भारदार परिवारहरूलाई काजी वंशज उपाधि दिइ राजकाजमा स्थापित गरे । १८औं शताब्दीको अन्त्य र १९ औं शताब्दीको पहिलो भागमा चौतारिया राजपरिवार सहित ४ प्रमुख भारदार परिवार शक्तिकेन्द्रमा रहेका थिए ।[२] राणा शासनको उदय हुँदा पुराना भारदार परिवारहरू विलिन वा विस्थापित हुन पुगे ।

थरघर भारदार परिवार

गोरखा राज्यका ६ थरघर भारदार परिवारहरूः

  1. पन्त
  2. पाँडे
  3. अर्ज्याल
  4. खनाल
  5. राना (मगर)
  6. बोहोरा[१]

गोरखा राज्यमा थरघरबाहेकका दरबारिया परिवारहरूः

  1. भट्टराई (द्रव्य शाह देखिका ज्योतिषी परिवार)

काजी भारदार परिवार

एकीकृत नेपालका ५ काजी भारदार परिवारहरू[३][२]:

  1. थापा खलक
  2. पाँडे खलक
  3. बस्न्यात खलक
  4. कुँवर (पछि राणा वंश)
  5. विष्ट

अन्य काजी भारदार परिवार:

  1. भण्डारी

अन्य भारदार परिवारहरू:

  1. चौतारिया
  2. पौड्याल

सन्दर्भ साम्रगीहरू

किताब

  1. १.० १.१ Pradhan 2012, पृष्ठ 8.
  2. २.० २.१ Joshi & Rose 2012, पृष्ठ 23-25.
  3. https://amp/nepal.ekantipur.com/ampnews/2013-12-15/6239.html