"छेत्री" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
अनुप्रेषित गरिएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति १:
#REDIRECT [[क्षेत्री]]
क्षेत्री, छेत्री र क्षत्री यी सबैको पहिलो रुप चाही क्षत्रिय नै रहेछ । श्रदेय भिक्षु @Bhikkhu Praanaputra ज्युले क्षत्रिय शब्दको राम्रो जानकारी दिनु भएको छ । भगवान गौतम बुद्धले क्षत्रिय शब्दको उत्पति पाली भाषाको खत्तिय / क्खत्रिय वा खेत्त शब्दबाट निर्माण भएको हो भन्नु भएको छ । खत्तियको नेपाली अर्थ खेत वा क्षेत्र हुन्छ । यो क्षत्रिय शब्द संस्कृतबाट आएको होइन भन्ने प्रमाण चाही ऋगबेद हो । ऋगबेदको ऋक्संहिता ॥10॥ 90। 22॥ मा यसो भनिएको छ ।-
 
ब्राहृणोऽस्य मुखमासीद् बाहू राजन्य: कृत:।
 
ऊरू तदस्य यद्वैश्य:पदभ्यां शूद्रोऽजायत॥
 
यहाँ क्षत्रियको सट्टामा राजन्य शब्द प्रयोग भएको छ । त्यसैले संस्कृत भाषाले क्षत्रिय शब्द पाली भाषाबाट नै पछी सापट लिएको प्रष्ट हुन्छ । क्षेत्री, छेत्री र क्षत्री, क्षत्रिय शब्दकै अप्भ्रमशात्मकरुप भएता पनि क्षेत्री र छेत्री शब्दले नेपाली चरित्र बोकेको देखिन्छ । खस आन्दोलनका प्रणेता @Yubraj Karkiले भन्नु भएको यी कुराहरुले त्यसलाई प्रष्ट पार्दछ , उहा लेख्नु हुन्छ "उच्चारण र हिज्जे मिल्ने चाहि छेत्री र क्षेत्री दुबै शब्द हुन। जस्तो बोलिन्छ त्यस्तै लेख्नु ब्याकरणका हिसाबले पनि गलत हुदैन। यी दुई शब्दमा पनि नेपालका कानुनी इतिहासका सबै दस्तावेजमा एउटै शब्द क्षेत्री मात्र छ।" भारतीय शब्द कोषले क्षेत्री या छेत्री को अर्थ यसरी लगाएको छ - "क्षेत्री या छेत्री नेपाल के पहाड़ी क्षेत्रों में रहने वाले मुल निवासी हैं ।" तर क्षत्री चाही हिन्दीमा लेखिदो रहेछ । क्षेत्री वा छेत्री जे लेखे पनि खसहरु क्षेत्री बनेको चाही धेरै पछि मात्र रहेछ भन्नेकुराको प्रमाण नेपाली इतिहासका विद्वान @Yam B Chand ले प्रष्ट राखिदिनु भएको छ । उहा भन्नु हुन्छ - "बडामहाराज पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेश मा पनि आफ्नो मामालाई "म संग ४ जातका पल्टन छन्. बाहुन, ठकुरी खस र मगर" भनेर भनेका छन्. यदि त्यतिबेला छेत्री भन्ने थर हुँदो हो त खस नभनेर छेत्री भन्नु पर्ने हो. सुद्ध बाहुन गणेश पाण्डे (जसले द्रब्य शाहलाई गोर्खाको राजा बनाउन मदद गरेका थिए, का सन्तति कालु पांडे लाइ पनि खस नै भनेर सम्बोधन गरिएको छ "
"https://ne.wikipedia.org/wiki/छेत्री" बाट अनुप्रेषित