"शाह वंश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎राज्य विस्तार: टाइपो ठीक गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २०:
 
==राज्य विस्तार ==
यशोब्रम्ह शाहका कान्छा छोरा [[द्रव्य शाह]]ले सन् १५५८ मा गोर्खा, [[लिगलिगकोट]]का घले राजवंशलाई समाप्त गरी पूर्वतर्फ शाहवंशीय राज्यविस्तारको वीजरोपण गर्दै सन् १५५९<ref name=UJ/> मा (विसं १६१६)<ref name=hamrogorkha/> गोर्खा राज्यको स्थापना गरेका थिए । तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाउँमा घले थरका मगरहरूलेघलेहरूले राज्य गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजयादशमिका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रयाशित रूपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे । लिगलिगकोट माथि विजय भएपछि तुरुन्तै गोरखा आक्रमण गरी १५ दिनसम्म युद्ध भएकोमा गोरखा विजय हुन सकेन । द्रव्य शाह निकै महत्वाकांक्षी भएकोले प्रथम पराजयले उनलाई खासै असर पारेको थिएन । भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर अनाल गङ्गाराम राना, गजानन भट्टराई, केशव बोहोरा, मुरली खवासहरूले उनको उत्साहलाई बढाईरहेका थिए । द्रव्य शाहका सैनिकहरू, थापा, भुसाल, मास्के, रानाहरू समेतले गोरखाका राजाको दरबारलाई घेरी आक्रमण गरे । द्रव्य शाहको हतियारबाट खड्का राजाले विरगति प्राप्त गरे यसप्रकार विसं १६१६ भाद्रमा द्रव्य शाह गोरखाका राजा भए ।<ref name=hamrogorkha>{{cite web|url=http://www.hamrogorkha.com/info.php?cid=79|title=गोरखाको ऐतिहासिक पृष्ठभूमि | publisher='''hamrogorkha.com'''}}</ref>
 
प्राचीन कालदेखि नै काठमाडौं कृषि तथा तिब्बत र भारतवीचको व्यापारका निम्ति महत्वपूर्ण रहेकाले यसमा धेरैका आँखा लाग्दै आइरहेको थियो । सन् १२८७ मा पश्चिम नेपालको खस राज्यका राजा जितारी मल्लले काठमाडौं उपत्यकालाई तीन पटक आक्रमण गरेका थिए । यो कार्यलाई शाहवंशीय राजाहरूले पनि निरन्तरता दिए । गोर्खाका राजा नरभूपाल शाहले सन् १७३७ मा काठमाडौं आक्रमण गरेका थिए । तर उनी यस आक्रमणमा पराजित भए । यस पराजयमा असन्तुष्ट बनेका राजकुमार [[पृथ्वीनारायण शाह]]ले काठमाडौं उपत्यकालाई लिन नयाँ रणनीति लिएको देखिन्छ । उनले सन् १७४१ मा काठमाडौं उपत्यकाको भ्रमण गरे । त्यसवेला काठमाडौंकै सबै भन्दा पुरानो र महत्वपूर्ण राज्य भक्तपुरका राजा [[रणजीत मल्ल]]का छोरा राजकुमार [[बीरनरसिं मल्ल]]संग मित लगाई भक्तपुर राज्यलाई मितेर सम्बन्धमा आबद्ध पारे । [[जयप्रकाश मल्ल]]ले पनि उनीसंग मित लगाई [[गोर्खा राज्य]]संगको सम्बन्ध सुदृढ पार्न चाहेको देखिन्छ ।
"https://ne.wikipedia.org/wiki/शाह_वंश" बाट अनुप्रेषित