"कोठी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति १८:
सबै काला, खैरा, राता टाटा वा दागहरू कोठी हुँदैनन् । त्यस्तै एकै व्यक्तिमा कोठी र कोठीजस्तै देखिने अन्य समस्याहरू पनि एकसाथ हुन सक्छन् । मुख वा जीउमा गाढा खैरा, काला दानाहरू वा ठूला गिर्खाहरू हुन सक्छन् । यसलाई साधारणतया छाला बूढो भएको वा छालामा घामको नकारात्मक असरको परिणामको रूपमा लिइन्छ । यसै गरी खैरा, खस्रा दाना वा गिर्खाहरू [[:Keratoacanthoma}को समस्या पनि हुन सक्छ । कुनै-कुनै अवस्थामा बेसल सेल क्यान्सर [[:Basal Cell Cancer]] भन्ने समस्या पनि कोठीजस्तै भएर आउन सक्छ । यस्तै ज्यादै गाढा काला टाटाहरू (Acanthosis Nigrican) पनि हुन सक्छन् ।
 
ढाडमा वा शरीरका विभिन्न भागमा खैरो, खरानी रंगको टाटा वंशाणुगत रोगको संकेतका रूपमा पनि आउन सक्छ । जस्तै- क्याफे ओले स्पटहरू न्यूरोफाइब्रोमाटोसिस भन्ने रोगमा आउँछ । त्यस्तै एस लिफ स्पटहरू (Ash Leaf Spot) ट्युबरस स्क्लेरोसिस (Tuberous Sclerosis) भन्ने रोगमा आउँछ । यस्तै घामले देखिने ठाउँमा साना, खस्रा दागहरू [[:Actinic Keratoses]] हुन सक्छन् ।
 
==पोतो र तिलकोठी किन आउँछ==
 
पोतो र तिलकोठी आउनु भनेको प्राकृतिक छालाको विभिन्न स्थानमा फरक रङ देखा पर्नु हो । यो निम्तिनुमा छालाभित्र हुने मेलानिन नामक सेलको भूमिका हुन्छ । हाम्रो छालाको माथिल्लो तहको भित्रपट्टि (इपिड्रमिसको स्ट्राटम सेल तहमा) मेलानिन सेल बसेको हुन्छ । यो छालाको सबैभन्दा माथिल्लो तहमा हुने सेल हो । छालाको रङ कालो, गोरो या अरु हुनुमा मेलानिनकै भूमिका रहन्छ । मेलानिन, हेमोग्लोबिन र क्यारोटेनी सेलले छालाको रङ निर्धारण गर्छ । मुख्य काम मेलानिनकै हुन्छ । मेलानिन सेल आफ्नो स्थानबाट हलचल भएर बाहिर निस्किएपछि पोतो र तिलकोठीजस्ता दाग निम्तिन्छन् । छालाको रङ निर्धारण गर्न नभइ नहुने तर अस्थिर हुँदा छालाको रङ नै बिगारिदिने मेलानिन गाँजर (क्यारोट) रङ र कफी रङको हुन्छ । सेतो छाला भएका व्यक्तिमा गाँजर रङको मेलानिन बढी हुन्छ भने कालो छाला भएका व्यक्तिमा कफी रङको मेलानिन बढी हुन्छ ।
 
==खराब कोठीको पहिचान==
"https://ne.wikipedia.org/wiki/कोठी" बाट अनुप्रेषित