"रौतहट जिल्ला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
{{DistrictsOfNepal}}
 
'''रौतहट''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्र, [[नारायणी अञ्चल]]को दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित जिल्ला हो | यस जिल्लाको पूर्वमा [[सर्लाही जिल्ला|सर्लाही]], पश्चिममा [[बारा जिल्ला|बारा]], उत्तरमा [[मकवानपुर जिल्ला|मकवानपुर]] र दक्षीणमा [[भारत]]को [[बिहार]] राज्यको [[सितामढी जिल्]] र [[पूर्वी चम्पारण]] जिल्ला पर्दछ। समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटरसम्मको उचाईमा अवस्थित रौतहट जिल्लाको क्षेत्रफल १,१२६ वर्ग किलोमिटर (१०,३७०९ हेक्टर) छ।<ref name=Rau-krish>{{cite web| title= भौगोलिक अवस्थिति |url=http://ddcrautahat.gov.np/| publisher=जिविस रौतहट|date= |accessdate=२०११-०७-२४}}</ref> रौतहट जिल्लाको सदरमुकाम [[गौर नगरपालिका|गौर]] हो।
 
रौतहट नेपालको मध्य तराईमा पर्ने जिल्ला हो। विविध आर्थिक, सामाजिक तथा सांस्कृतिक विशेषता र सम्भाव्यता बोकेको यो जिल्ला उत्तर दक्षिण तर्फ २६ डिग्री १४" देखि २६ डिग्री १४" अक्षांश र ८५ डिग्री १४" देखि ८५ डिग्री ३०" सम्मको पूर्वी देशान्तरमा फैलिएको छ। उष्ण तथा समशितोष्ण हावापानी रहने यस क्षेत्रमा वषरा २१२५ मिलिमिटरसम्म हुन्छ यस जिल्लालाई पर्ूवमा [[सर्लाही जिल्ला|सर्लाही]] सँग बागमती नदीले छुट्याएको छ। पश्चिममा बारा जिल्ला, उत्तरमा मकवानपुर जिल्लालाई रौतहट चुरे श्रृंखलाको उच्च भागले छुट्याएको छ भने दक्षिणमा छिमेकी देश भारतको उत्तर राज्य विहारको बैरगनियाँ क्षेत्र पर्दछ। जहाँबाट नेपाली क्रान्तिको प्रथमपटक शुरूवात भएको थियो।
पङ्क्ति ६६:
सामन्तवाद विरोधी आन्दोलनको अभियानमा रौतहटको भूमिका उल्लेखनीय रहेको पाइन्छ। २००७ सालको [[राणा विरोधी आन्दोलन]]को शुरूवात रौतहटको गौरबाट भएको थियो। आन्दोलनमा शिवकुमार सिंहले सहादत प्राप्त गर्नु भएको थियो। यसरी सञ्चालित सामन्ती विरोधी आन्दोलन २००९ सालदेखि २०१४ सालसम्म सञ्चालित भएको थियो। २००९ सालको रौतहट किसान आन्दोलन ऐतिहासिक महत्वको आन्दोलन थियो। आजभन्दा करिब ५५ वर्षपहिले रौतहटको गौरमा लगाइएका नारा, उठाइएका मागहरू अहिले पनि पूर्ण रूपमा पूरा भएको छैन। रौतहट जिल्ला किसान आन्दोलनको किल्ला हो। २०११ साल जेठ महिनाको टन्टलापुर घाममा सर्लाही, बारा र रौतहटका हजारौं हजार किसानहरूले विशाल जुलुस आयोजना गरेका थिए।
त्यो जुलुसमा लागेका नाराहरू यस्ता थिए:-
* जाली तमसुक रद्ध गर
* पुरानो ऋण रद्द गर
* हनौरी जनौरी रद्द गर
* जाली फटाहालाई दण्ड दे
* वारेन्ट किसानको वारेन्ट रद्द गर
* गिरफ्तार साथी रिहा गर
* मनको पसेरी ब्याज लागू गर
* मोहियानी हक कायम गर
* दैनिक ज्याला ४ सेर कायम गर
* जमीन कसको - जोत्ने को
 
== भौगोलिक अवस्थिति ==
पङ्क्ति १११:
==बाहिरी कडीहरू==
 
{{incubator|dtykip/रौतहट जिल्ला| http://incubator.m.wikimedia.org/wiki/Wp/dtykip/खास_पृष्ठजीम_पाल डोडेलीखाम भाषाको विकिपीडिया}}
 
[[श्रेणी:नेपालका जिल्लाहरू]]
"https://ne.wikipedia.org/wiki/रौतहट_जिल्ला" बाट अनुप्रेषित