"भानुभक्त आचार्य" का संशोधनहरू बिचको अन्तर

सामग्री थप
पङ्क्ति १९:
[[File:Statue of Bhanubhakta Acharya at Chundi Ramgha Cropped.jpg|thumb| भानुभक्त आचार्यको जन्मस्थान चुन्धी, [[रम्घा|रम्घामा]] रहेको भानुभक्तको शालिक]]
भानुभक्तको जन्म [[धनञ्जय आचार्य]] र धर्मावतीदेवीका पुत्रको रूपमा [[तनहुँ जिल्ला|तनहूँ]]को [[रम्घा]]मा [[विक्रम संवत|विक्रम सम्वत]] १८७१ असार २९ गते भएको थियो <ref name = "gorkhapatra">[http://www.gorkhapatra.org.np/detail.gopa.php?article_id=21134&cat_id=18 गोरखापत्र]</ref>। बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ।
उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए :
:पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।
:खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
:विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
:इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।<ref name = "samakalinsahitya">[http://www.samakalinsahitya.com/?show=detail&art_id=2283 समकालीन साहित्य]</ref>
===योगदान===