"कोशी टप्पु वन्यजन्तु आरक्ष" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:सीमसार हटाइयो; श्रेणी:सिमसार जोडियो
पङ्क्ति ४९:
विश्वमा नै दुर्लभ मानिएका चराचुरुगीहरू सहित ४४१ प्रजातिका चराचुरुंगीहरू पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटा लगायतका पंक्षीहरू पाइन्छन्। जस मध्य लोसार ठूलो धनेश, स्वाम्प प्याराडाइज (swamp partridge), फिसिङ इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङ फिसर आदि संसारमा नै दुर्लभ चराहरू अन्तर्गत पर्छन। साथै जाडो मौसममा [[रुस|रूस]]को साईवेरिया, [[मङ्गोलिया|मंगोलिया]], [[जनबादी गणतन्त्र चीन|चीन]], [[तिब्बत]], [[काजकस्तान]], [[अफगानिस्तान]], [[स्पेन]], [[इरान]]बाट पनि चराहरू बसाइ सरेर आउने गरेको पाइन्छ। यस आरक्षमा अवस्थित कोशी नदीमा ८० प्रजातिका माछाहरू लगायत साथै दुर्लभ घडियाल गोहि तथा ग्यांगेटिक डल्फिन (Gangetic dolphin) पनि पाइन्छन्।
 
''' “अर्नाको==अर्नाको राजधानी र चराहरूको स्वर्ग” '''स्वर्ग==
 
[[विराटनगर उपमहानगरपालिका|विराटनगर]]बाट करिब ५० किमी उत्तर-पश्चिम र [[धरान नगरपालिका|धरान]]बाट करिब ४० किमी पश्चिम दक्षिणमा अवस्थित [[कोशी अञ्चल|कोशी]]को "टप्पु" कोशीटप्पु सिमसार भूमि र दलदले क्षेत्रका लागि विश्वमै प्रसिद्ध छ।
[[सिसौ]], [[खयर]] र [[सिमल]]का रूख र पोथ्रा-पोथ्रीहरूले भरिएको यो टप्पु [[सिमसार]] भूमि र दलदले क्षेत्र बाहेक चराको वासका रूपमा पनि लागि विश्वमै प्रसिद्ध छ। यहाँ ४२० प्रजातिका स्थायी चरा छन्, हरेक वर्ष साइबेरियाबाट हिमाल नाघेर अस्थायी चरा पनि केही महिनाका लागि डेरा खोज्दै आइपुग्छन। अर्ना त नेपालमा केवल यहीँ मात्र पाइन्छ। यसैले कोशीटप्पुलाई अर्नाको राजधानी, चराको स्वर्ग भनिन्छ।
Line ५८ ⟶ ५७:
कात्तिकदेखि फागुनसम्म [[अर्ना]] र चराको संसार घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त मानिन्छ। यो अवधिमा चराहरूको भीडले कोशीटप्पुको रौनक नै अर्कै हुन्छ। अझै हात्ती चढेर आरक्षण र नजीकैका गाउँ घुम्दाको मज्जै बेग्लै हुन्छ। तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो। आरक्षण घुम्न जानेहरूका लागि आसपासका क्षेत्र र सप्तकोशी नदीमाथिको र्‍याफ्टिण्ङ समेत तान्नसक्छ। काभ्रे जिल्लाको दोलालघाटबाट भोटेकोशीमा र्‍याफ्टिङ गर्दै बराहक्षेत्र-चतरा निस्केर कोशीटप्पु भ्रमण गर्न सकिन्छ। धरानबाट २६ किमी उत्तर मूलघाट गएर र्‍याफ्टिङ गर्दै चतरा भएर कोशीटप्पु समेत झर्न सकिन्छ। चतराबाट ३० किलोमिटर दक्षिणमा पर्ने कोशीटप्पुसम्म सप्तकोशीमा नौका विहारको आनन्दसमेत लिन सकिन्छ।
 
'''==पुग्ने कसरी?''' ==
 
[[विराटनगर उपमहानगरपालिका|विराटनगर]]बाट करिब ५० किमी उत्तर-पश्चिम र [[धरान नगरपालिका|धरान]]बाट करिब ४० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित कोशीटप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ। पूर्व-पश्चिम राजमार्गको लौकही नजीकैको जमुनाहबाट दुई किमी उत्तरमा रहेको आरक्षणको दक्षिणी भागबाटै सप्तकोशी नदी तटबन्ध काटेर बस्तीमा प्रवेश गरेकाले यो मार्ग अहिले छैन। हाल कोशीटप्पु पुग्न [[इटहरी नगरपालिका|इटहरी]] र [[इनरुवा]] बीचमा पर्ने झुम्का तथा धरानबाट [[चतरा]] भएर जानुपर्ने हुन्छ।