"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५७:
विकिपीडियाको सबैभन्दा रमाइलो पक्ष भनेकै जसले पनि सम्पादन गर्न सक्नु हो। तर यसलाई सबैले लेख बिगार्नमा नै प्रयोग गर्छन् भन्ने छैन।
विकिमा लेखिएका स्तरीय लेखलाई सुरक्षित अथवा अर्ध सुरक्षित गर्न सकिन्छ तर यो सामान्यतया सबै लेखहरूमा गरिँदैन। कुनैपनि लेख स्तरीय हुनका लागि सम्बन्धित विषयका धेरैजना मानिसहरूद्वारा सम्पादन भएको हुनुपर्छ।
तपाईंले लेखेको जानकारी जसले पनि सम्पादन गर्न सक्छ त्यसैले बिगारी दिने हो कि? भनेर डराउनु पर्दैन। कुनैपनि लेखलाई खराब इरादा राखी बङ्ग्याउने, बिगार्ने, तोडमोड गर्ने अथवा गलत कुराहरू राख्ने हरेक गतिविधिको रेकर्ड अर्थात् लग बनेको हुन्छ। त्यसैको आधारमा बिगारेको, एकतर्फी बनाएको वा भेण्डालिज्म गरेको रहेछ भनेंभने सिसप अथवा सम्पादकहरूले त्यसलाई उल्ट्याउन वा सही बाटो दिन सक्छन्। त्यसैगरी स्तरीय लेखहरूलाई सुरक्षित गर्ने काम पनि उनीहरूले गर्न सक्छन्।
 
==विकिपीडियाका लाभहरू==