"वीरभद्र थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८:
काजी '''वीरभद्र थापा''' नेपाल एकीकरणमा भाग लिने सैनिक अधिकारी थिए । [[कीर्तिपुरको युद्ध]]मा उनले [[दलमर्दन शाह]], [[दलजित शाह]], [[कालु पाण्डे]] र [[तुलाराम पाण्डे]]सँगै भाग लिएका थिए ।<ref>http://www.historynepal.com/2010/03/unification-campaign-of-prithvi-narayan.html?m=1</ref> [[पृथ्वीनारायण शाह]]को एकीकरण अभियानमा बाधा पुर्याउन अङ्ग्रेज सिन्धुलीगढी आएका थिए ।{{sfn|प्रधान|२०१२|pp=२२-२३}} ढुङ्ग्रेबाँसमा युद्धको नेतृत्व वीरभद्रले गरेका थिए । उनी नुवाकोटको युद्धमा भाग लिने अग्रज भारदार मध्ये एक हुन् ।{{sfn|प्रधान|२०१२|pp=२२-२३}}
 
थापा वंशावलीका अनुसार वीरभद्र थापा ज्यामरुककोटका राजा [[बगाले थापा|बगाले कुल]]का जसोधर (धर्मराज) थापाका २३औं पुस्ता देखिन्छन् । बडाकाजी [[अमरसिंह थापा]] पनि २३ औं पुस्ता हुन भनी लेखिएको छ । उक्त वंशावली अनुसार उनी विक्रम थापाका नाति र विजय (बिजै) थापाका छोरा देखिन्छन् ।{{sfn|आचार्य|१९६७}} तर इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार वीरभद्र विक्रमका छोरा हुन् र त्यसको साबित एक पत्रले गरेको छ: '''विक्रम थापाका नाति, वीरभद्र थापाका छोरा थर बगाल्या वतन गोर्षा अमरसिँह थापा'''।{{sfn|आचार्य|१९६७}}
 
उक्त पत्रमा उल्लेखित अमरसिंह थापा सानुकाजी हुन् । वीरभद्रका जम्मा तीन छोराहरू: जीवन थापा, वंशराज थापा र [[अमरसिंह थापा (सानुकाजी)]] हुन् ।{{sfn|प्रधान|२०१२|p=२२}} जीवन थापाको मृत्यु [[कालु पाण्डे]]सँगै [[कीर्तिपुरको युद्ध]]मा भएको थियो । उनका नाति [[भीमसेन थापा]] नेपालको प्रथम मुख्तियार बन्न पुगे ।{{sfn|प्रधान|२०१२|p=२२}}
"https://ne.wikipedia.org/wiki/वीरभद्र_थापा" बाट अनुप्रेषित