"माघी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
==खान पिन==
 
माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् [[पौष|पुस]]को अन्तिम दिन घर घरमा [[सुँगुर]] काट्ने चलन छ, जसलाई 'जिता मरना दिन' भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी -पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड-रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । यतिबेला 'सखियै हो, माघीक पिली गुरी जाँर' भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई 'धमार' भनिन्छ।भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकपि्रय छ।छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ।छ । यसलाई 'माघ लहान' भन्ने गरिन्छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ।लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ।छ । यो दिनलाई 'खिचरहवा' भनिन्छ।भनिन्छ ।
 
==छोरीचेलीलाई उपहार==
 
माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ।छ । यसलाई [[थारू भाषा|थारू]] भाषामा 'निसराउ' भनिन्छ।भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ।दिइन्छ । माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किनेबेला निसराउ लिएर जान्छन्।जान्छन् ।
 
==धार्मिक विश्वास==
 
माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ।छ । [[दाङ जिल्ला|दाङ-देउखुरीमादेउखुरी]]मा पर्ने धार्मिकस्थल रिहार थारू समुदायको परम्परागत देवथानको रूपमा रहेको छ, त्यहाँको तातो कुण्डमा स्नान गर्न माघीको दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ।लाग्दछ । त्यहाँ भारतबाट[[भारत]]बाट समेत ठूलो सङ्ख्यमा तीर्थालुहरू आउँछन्।आउँछन् । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने धार्मिक विश्वास छ।छ । यसैगरी दाङ-देउखुरीकै गोबरडिहाको जङ्गलवा कुट्टीमा पनि माघे सङ्क्रान्तिमा मानिसहरू रातभरि जाग्रम गरी पूजाआजा गर्छन्।गर्छन् । यसलाई बाघनाथ बाबा कुट्टी भनिन्छ।भनिन्छ । त्यस्तै, दाङ-देउखुरीको कालापानीको कुण्डमा स्नान गरी पूजा गर्नाले लुतोलगायतका रोग निको हुन्छ भन्ने जनविश्वास छ। यो ठाउँ स्थानीय थारू भाषामा खौराबाबाको नामले प्रख्यात छ।छ । खौराबाबालाई शिवजीको अर्को रूप मानिन्छ।मानिन्छ ।
 
==सम्बन्ध प्रगाढ बनाउने दिन==
 
माघीको दिन नुहाएर दाल, चामल छोइसकेपछि मान्यजनहरूसँग ढोगभेट गरी आशीर्वाद लिने प्रचलन छ।छ । यसलाई सेवाढोग वा सेवा सलाम लग्ना भनिन्छ। यो प्रक्रिया घरबाट सुरू भई गाउँभरि नै गएर सेवा सलाम लिने दिने र खानपिन गर्ने प्रचलन छ।छ । जति ठूलो गाउँ भए पनि सबै घरमा सेवासलामको लागि पस्नुपर्ने हुन्छ। मन मिल्नेहरू समूहमा आबद्ध भई सेवासलाम लाग्ने गर्दछन्।गर्दछन् । यसले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदान प्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ। कसैसँग रिसइबी छ भने माघी नुहाएर, एकआपसमा अङ्कमाल गरी मेलमिलाप गरिन्छ।गरिन्छ । त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनको रूपमा पनि लिइन्छ।लिइन्छ ।
 
==नयाँ आर्थिक वर्ष==
 
माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ।गरिन्छ । पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र [[माघ]] १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ।छ । माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत यावत् अन्य व्यवहारहरूको नवीकरण गरिन्छ।गरिन्छ ।
 
==घरसल्लाह गर्ने पर्व==
 
माघीमा नै थारू समुदायका मानिसहरू आफ्नो घर सल्लाह गर्ने प्रचलन रहेको छ।छ । माघीमा भाइभाइ एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गर्ने गरिन्छ।गरिन्छ । घर सल्लाहमा कसलाई के जिम्मेवारी दिने, घरको मूलीको बन्नेजस्ता कुराको छलफल हुन्छ। घरपरिवारभित्र जिम्मेवारी पाएका सदस्यले माघीमा स्वतन्त्र भएर हेरफेर गर्न सक्दछन्।सक्दछन् । जस्तै गरढु्रै -घरमुली बन्ने) गर्ने, 'बहरिया' -घर बाहिरको कामको जिम्मेवारी) आदि कामको जिम्मेवारी परिवर्तन माघीमा नै गर्ने गरिन्छ।गरिन्छ । यही बेला घरमा मिलेर बस्ने या छुट्टनिे कुराको समेत सल्लाह हुन्छ। भाइभाइमा मन नमिले माघीमा नै अशंबण्डा गरिन्छ।गरिन्छ । यसलाई घर फुटाइ पनि भनिन्छ। अंशबण्डामा कुनै भाइलाई मर्का नपरोस् भन्ने उद्देश्यले गाउँका पञ्च भलाद्मी, महटाँवा, बरघरहरूलाई मध्यस्थकर्ताको रूपमा बोलाईएको हुन्छ।हुन्छ ।
 
==अगुवा चुन्ने काम==
 
गाउँको विकास कसरी गर्ने भन्ने सवालमा माघको पहिलो हप्ताभित्रै बैठक बसेर सामूहिकरूपमा गत वर्षको कामकारबाहीबारे छलफल गरिन्छ।गरिन्छ । वर्षको एकपटक बस्ने गाउँको सो भेलालाई 'भुरा खेल-ख्याला)' भनिन्छ।भनिन्छ । बैठक गाउँको अगुवाको घरमा बस्छ।बस्छ । अगुवालाई ठाउँविशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा पनि भनिन्छ।भनिन्छ । बैठकमा गत वर्षमा भए गरिएका कुलापानी, धार्मिक पूजापाठलगायत विकासको कामको समीक्षा हुन्छ।हुन्छ । आगामी वर्षको लागि उही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने विषयमा छलफल हुन्छ।हुन्छ । सोही बैठकले सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिसम्मको छनोट गर्छ।गर्छ । यही बैठकले गाउँलाई अनुशासित बनाउन नयाँ नियम कानून पनि बनाउँछ।बनाउँछ । नियम उल्लङ्घन गर्नेलाई बरघरको अध्यक्षतामा बसेको बैठकले जरिवाना तोक्छ।तोक्छ । बरघरको महìवलाई[[शिव|महादेव]]लाई दृष्टिगत गर्दै विगत केही वर्षयता जिल्ला बरघर समिति पनि गठन हुन थालेको छ।छ । यसरी लोकतान्त्रिक ढङ्गले थारू समुदायमा अगुवा चुन्ने काम माघीमा नै गरिन्छ।गरिन्छ ।
 
==अभिशापजस्तै विगत==
 
विगतमा माघी थारूका लागि अभिशाप नै सावित हुन्थ्यो।हुन्थ्यो । जमीन्दारको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै शुरू गरिन्थ्यो।गरिन्थ्यो । एउटा कमैयालाई छारागर्ने र अर्कोलाई पशु किनेजस्तै उनीहरूलाई खरीद गरी दास जीवन जिउन बाध्य पारिन्थ्यो। वि.सं. २०५७ साल साउन २ गते तत्कालिन सरकारले कमैयालाई मुक्त घोषणा गरेपछि कमैयाप्रथाको अन्त्य भए पनि कमलहरी प्रथा अझै कायमै छ।छ । कमलहरी प्रथा हटाउन थारू बडघरहरू स्वयम् र विभिन्न संघसंस्थाहरू पहल गरे पनि सरकारले हालसम्म कम्लहरी मुक्तीको घोषणा गर्न सकेको छैन।छैन । अरूको घरमा सानैदेखि निकै कम ज्यालामा काम गर्ने प्र केटीलाई कम्लहरी भनिन्छ।भनिन्छ । यिनीहरूलाई दासदासीको रूपमा काम लगाइने गरिन्छ।गरिन्छ । कैयौंको यौन शोषण पनि गरेको घटना देखिन्छ।देखिन्छ ।
 
==महोत्सवको लहर==
 
माघी पर्व पहिले खासगरी पश्चिम भेगको थारू गाउँघरमा मात्र सीमित थियो।थियो । राजधानीमा बसोबास गर्ने थारूहरूले विगत सात वर्षदेखि माघी महोत्सवको आयोजना गर्न थालेका हुन्।हुन् । विशेष गरी २०५९ सालमा सरकारले माघीमा सार्वजनिक बिदाको व्यवस्था गरेपछि थरूहट सबै क्षेत्रमा महोत्सवको रूपमा मनाउन थालिएको हो।हो । माघी महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, थारूहरूको मौलिक खानाको परिकार घोंघी, ढिक्रीलगायत फुड फेस्टिबल एवं सांस्कृतिक झाँकी, नाचगानजस्ता कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ ।
 
[http://www.gorkhapatra.org.np/mag/yubamanch.detail.php?article_id=608&cat_id=16] थारू समुदायमा माघी पर्व
"https://ne.wikipedia.org/wiki/माघी" बाट अनुप्रेषित