"माघी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७:
माघीको दिन नुहाएर दाल, चामल छोइसकेपछि मान्यजनहरूसँग ढोगभेट गरी आशीर्वाद लिने प्रचलन छ। यसलाई सेवाढोग वा सेवा सलाम लग्ना भनिन्छ। यो प्रक्रिया घरबाट सुरू भई गाउँभरि नै गएर सेवा सलाम लिने दिने र खानपिन गर्ने प्रचलन छ। जति ठूलो गाउँ भए पनि सबै घरमा सेवासलामको लागि पस्नुपर्ने हुन्छ। मन मिल्नेहरू समूहमा आबद्ध भई सेवासलाम लाग्ने गर्दछन्। यसले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदान प्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ। कसैसँग रिसइबी छ भने माघी नुहाएर, एकआपसमा अङ्कमाल गरी मेलमिलाप गरिन्छ। त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनको रूपमा पनि लिइन्छ।
 
'''==नयाँ आर्थिक वर्ष'''==
 
माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ। पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ। माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत यावत् अन्य व्यवहारहरूको नवीकरण गरिन्छ।
 
'''==घरसल्लाह गर्ने पर्व'''==
 
माघीमा नै थारू समुदायका मानिसहरू आफ्नो घर सल्लाह गर्ने प्रचलन रहेको छ। माघीमा भाइभाइ एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गर्ने गरिन्छ। घर सल्लाहमा कसलाई के जिम्मेवारी दिने, घरको मूलीको बन्नेजस्ता कुराको छलफल हुन्छ। घरपरिवारभित्र जिम्मेवारी पाएका सदस्यले माघीमा स्वतन्त्र भएर हेरफेर गर्न सक्दछन्। जस्तै गरढु्रै -घरमुली बन्ने) गर्ने, 'बहरिया' -घर बाहिरको कामको जिम्मेवारी) आदि कामको जिम्मेवारी परिवर्तन माघीमा नै गर्ने गरिन्छ। यही बेला घरमा मिलेर बस्ने या छुट्टनिे कुराको समेत सल्लाह हुन्छ। भाइभाइमा मन नमिले माघीमा नै अशंबण्डा गरिन्छ। यसलाई घर फुटाइ पनि भनिन्छ। अंशबण्डामा कुनै भाइलाई मर्का नपरोस् भन्ने उद्देश्यले गाउँका पञ्च भलाद्मी, महटाँवा, बरघरहरूलाई मध्यस्थकर्ताको रूपमा बोलाईएको हुन्छ।
 
'''==अगुवा चुन्ने काम'''==
 
गाउँको विकास कसरी गर्ने भन्ने सवालमा माघको पहिलो हप्ताभित्रै बैठक बसेर सामूहिकरूपमा गत वर्षको कामकारबाहीबारे छलफल गरिन्छ। वर्षको एकपटक बस्ने गाउँको सो भेलालाई 'भुरा खेल-ख्याला)' भनिन्छ। बैठक गाउँको अगुवाको घरमा बस्छ। अगुवालाई ठाउँविशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा पनि भनिन्छ। बैठकमा गत वर्षमा भए गरिएका कुलापानी, धार्मिक पूजापाठलगायत विकासको कामको समीक्षा हुन्छ। आगामी वर्षको लागि उही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने विषयमा छलफल हुन्छ। सोही बैठकले सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिसम्मको छनोट गर्छ। यही बैठकले गाउँलाई अनुशासित बनाउन नयाँ नियम कानून पनि बनाउँछ। नियम उल्लङ्घन गर्नेलाई बरघरको अध्यक्षतामा बसेको बैठकले जरिवाना तोक्छ। बरघरको महìवलाई दृष्टिगत गर्दै विगत केही वर्षयता जिल्ला बरघर समिति पनि गठन हुन थालेको छ। यसरी लोकतान्त्रिक ढङ्गले थारू समुदायमा अगुवा चुन्ने काम माघीमा नै गरिन्छ।
 
'''==अभिशापजस्तै विगत '''==
 
विगतमा माघी थारूका लागि अभिशाप नै सावित हुन्थ्यो। जमीन्दारको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै शुरू गरिन्थ्यो। एउटा कमैयालाई छारागर्ने र अर्कोलाई पशु किनेजस्तै उनीहरूलाई खरीद गरी दास जीवन जिउन बाध्य पारिन्थ्यो। वि.सं. २०५७ साल साउन २ गते तत्कालिन सरकारले कमैयालाई मुक्त घोषणा गरेपछि कमैयाप्रथाको अन्त्य भए पनि कमलहरी प्रथा अझै कायमै छ। कमलहरी प्रथा हटाउन थारू बडघरहरू स्वयम् र विभिन्न संघसंस्थाहरू पहल गरे पनि सरकारले हालसम्म कम्लहरी मुक्तीको घोषणा गर्न सकेको छैन। अरूको घरमा सानैदेखि निकै कम ज्यालामा काम गर्ने प्र केटीलाई कम्लहरी भनिन्छ। यिनीहरूलाई दासदासीको रूपमा काम लगाइने गरिन्छ। कैयौंको यौन शोषण पनि गरेको घटना देखिन्छ।
 
'''==महोत्सवको लहर '''==
 
माघी पर्व पहिले खासगरी पश्चिम भेगको थारू गाउँघरमा मात्र सीमित थियो। राजधानीमा बसोबास गर्ने थारूहरूले विगत सात वर्षदेखि माघी महोत्सवको आयोजना गर्न थालेका हुन्। विशेष गरी २०५९ सालमा सरकारले माघीमा सार्वजनिक बिदाको व्यवस्था गरेपछि थरूहट सबै क्षेत्रमा महोत्सवको रूपमा मनाउन थालिएको हो। माघी महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, थारूहरूको मौलिक खानाको परिकार घोंघी, ढिक्रीलगायत फुड फेस्टिबल एवं सांस्कृतिक झाँकी, नाचगानजस्ता कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ।गरिन्छ ।
 
[http://www.gorkhapatra.org.np/mag/yubamanch.detail.php?article_id=608&cat_id=16] थारू समुदायमा माघी पर्व
"https://ne.wikipedia.org/wiki/माघी" बाट अनुप्रेषित