"माघी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति ५:
माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् [[पौष|पुस]]को अन्तिम दिन घर घरमा सुँगुर काट्ने चलन छ, जसलाई 'जिता मरना दिन' भनिन्छ। पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी -पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड-रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ। यतिबेला 'सखियै हो, माघीक पिली गुरी जाँर' भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ। माघीमा गाइने गीतलाई 'धमार' भनिन्छ। माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकपि्रय छ। माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ। यसलाई 'माघ लहान' भन्ने गरिन्छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ। माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ। यो दिनलाई 'खिचरहवा' भनिन्छ।
माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ। यसलाई थारू भाषामा 'निसराउ' भनिन्छ। माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ। माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किनेबेला निसराउ लिएर जान्छन्।
|