"सिद्धिचरण श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
<div class="trending"><section begin=चित्र /><p>[[चित्र:Siddhi charan shrestha 1912-1992.jpg|250px|right|]]<section end=चित्र /><p>सिद्धिचरण श्रेष्ठ</div>
[[File:Siddhi charan shrestha 1912-1992.jpg|thumb|200px|सिद्धिचरण श्रेष्ठ]]
<section begin=अंश />'''सिद्धिचरण श्रेष्ठ''' (वि.सं.१९६८ जेठ ९ – २०४९ जेठ २२) [[नेपाल]]का नेपाल र नेपाली भाषी [[कवि]] थिए । उनलाई नेपाल सरकारले '''युगकवि'''को पदवीबाट सम्मानित गरेको छ ।
पूर्वी नेपालको [[सगरमाथा अञ्चल]] अन्तर्गत [[ओखलढुङ्गा जिल्ला|ओखलढुंगा]] जिल्लाका तत्कालीन मालअड्डाका हाकिम (खरिदार) तथा ''सुमति'' उपन्यासका लेखक बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा ओखलढुंगा बजारमा विसं १९६९ जेठ ९ गते सिद्धिचरण जन्मिए ।
पङ्क्ति ८:
==जीवनी==
===सुरुवाती जीवन===
 
सिद्धिचरण जन्मेको ओखलढुंगा जिल्लामा त्यसबेला स्कुलको नामनिशान थिएन। [[ब्राह्मण]] बालकहरू मात्र गुरुका घरमा गएर [[रुद्री]], [[चण्डी]] र [[वेद]] पढ्ने गर्थे। सिद्धिचरणका पिता दिनभर अड्डा र डेरा फर्केपछि पनि रातको ११/१२ बजेसम्म चल्ने कचहरीमा व्यस्त रहनुहुन्थ्यो भने आमाचाहिँ पूजापाठमै प्रायः दिन बिताउने गर्नुहुन्थ्यो। यस्तो स्थितिमा बालक सिद्धिचरणले ओखलढुंगामा सात वर्षको उमेरसम्ममा केवल बाह्रखरीको मात्र अध्ययन गर्न पाए । पछि वि.स.१९७६ सालमा बाबुआमा ओखलढुंगाबाट आफ्नो घर काठमाडौँ र्फकनुभएपछि सिद्धिचरण पनि सँगसँगै काठमाडौँ आए । तर, काठमाडौँमा पनि त्यतिखेर स्कुलका नाममा दरबार स्कुलबाहेक थिएन र दरबार स्कुलमा सोर्सफोर्सले मात्र पढ्न पाउने र खर्च पनि निकै लाग्ने हुनाले जोकोही यहाँ भर्ना हुन सक्तैनथ्यो। जेहोस्, यहाँ भर्ना भई पढ्न थालेका सिद्धिचरणले १९८४ साल (१५ वर्षको उमेरमा) पाँचौँ कक्षामा पुग्दा ''सन्ध्या'' शीर्षक कविता लेखका थिए ।
===साहित्यिक यात्रा===