"रोपाईं जात्रा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''रोपाईं जात्रा''' [[आषाढ|असार]]को महिना [[धान]]को रोपाइ गरी सके पछी मनाइन्छ । यो [[नेवार जाति|नेवार]] संस्कृतिबाट सुरू भएको जात्रा हो । धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ । यो जात्रामा [[रोपाईं]]मा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ । रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ)मा गएर [[असारे गीत]] गाउँदै र नाँच्दै रमाईलो गर्दछन् ।
==रोपाईं जात्रा मनाउने तरिका==
रोपाईं जात्रालाई [[कर्णाली अञ्चल]]का जिल्लाहरूमा चोपाइ भनिन्छ । यहाँको चलन अनुशार चोपाइ एक प्रथा हो । चोपाइ प्रथामा रोपाईं जात्रा जस्तै जात्रा गरिन्छ । खास गरेर [[जुम्ला जिल्ला]]मा रोपाईं जात्रालाई चोपाइ भनिन्छ । यहाँको भाषामा चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ । जस्को घरमा विवाह भएको छ अथवा जसको घरमा छोरा जन्मिएको छ त्यसको घरमा चोपाइ अथवा रोपाईंजात्रा गरिन्छ । चोपाइ गराउने व्यक्तीले आफ्नो [[खेत]]को रोपाईंको दिन गाउँका सबै मान्छेलाई बोलाउनु पर्छ । नेपालको [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]] र [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]मा रोपाईं गर्दा खेतको वीच गरामा पुल्ती राखिन्छ । पुल्तीलाई कतै कोठा भनिन्छ, कतै भकारी भनिन्छ र कतै पोको भनेको पनि सुनिन्छ । रोपाईं जात्रामा पुल्तीको ठुलो महत्व हुन्छ । खास गरेर पुल्ती रोपाईं गर्नेका चेलीहरूले राख्ने प्रचलन छ । जुम्लामा चोपाइ गर्नेको खेतमा पुल्ती राखे पछि नव विवाहीत वर वधु तथा नवजात शिशुलाई पुल्तीको परिक्रमा गराइन्छ ।
==यो पनि हेर्नुहोस्==
{{नेपाली चाड पर्वहरू}}
|