"अनन्त चतुर्दशी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
एक पटक महाराज युधिष्ठिरले राजसूय यज्ञ गरे । त्यस समय यज्ञ मण्डपको सुन्दर ढङ्गले निर्माण त गरिएकै थियो, अझ त्यो मण्डप अद्भुत पनि थियो । त्यो यज्ञ मण्डप यत्ति मनोरम थियो कि जल र स्थलको भिन्नता नै प्रतीत हुँदैनथ्यो । जलमा स्थलको र स्थलमा जलको जस्तो प्रतीत हुन्थ्यो । साँच्चै सावधानी गर्दा पनि धेरै व्यक्तिहरू त्यस अद्भुत मण्डपमा झुक्किएका हुन्थे । एक पटक कतैबाट घुमघाम गर्दै [[दुर्योधन]] पनि त्यस यज्ञ-मण्डपमा आए र एक तलाउलाई स्थल मानेर त्यसमा लडे । [[द्रौपदी]]ले यो देखेर 'अन्धाको छोरो अन्धो' भनेर उनको उपहास गरिन् । यसबाट दुर्योधन चिढिए । यो कुरो तिनको हृदयमा बाण झैं बिज्न थाल्यो । उनको मनमा द्वेष उत्पन्न भयो र उनले पाण्डवहरूलाई द्यूतक्रीडामा हराएर त्यस अपमानको बदला लिने विचार गरे । अनि हस्तिनापुरमा बोलाएर कल, छल र बलले उनले पाण्डवहरूलाई जुवामा पराजित गरे । जुवामा हारेपछि प्रतिज्ञानुसार पाण्डवहरूले बाह्र वर्षसम्म वनवासमा बस्नुपर्यो र किसिमकिसिमका कष्ट सहनु पर्यो । वनवासमा रहेका बेला भगवान् श्रीकृष्ण पाण्डवहरूलाई भेट्न आउँदा युधिष्ठिरले उनीसित आफ्नो दुःख सुनाए र दुःख हटाउने उपाय सोधे । त्यसपछि श्रीकृष्णले आज्ञा गर्नुभयो -'हे युधिष्ठिर! तिमीले विधिपूर्वक अनन्त भगवानको व्रत गर, यसबाट तिम्रो समस्त सङ्कट नष्ट हुनेछ र तिम्रो गुमेको राज्य पुन: प्राप्त हुनेछ ।' यस सन्दर्भमा श्रीकृष्णले एउटा कथा सुनाउँदै बताउनुभयो- प्राचीन कालमा सुमन्त नामको एक जना तपस्वी ब्राह्मण थिए । तिनको पत्नीको नाम दीक्षा थियो । तिनकी एउटी परम सुन्दरी धर्मपरायण तथा ज्योतिर्मयी कन्या थिइन्, जसको नाम सुशीला थियो। सुशीला किशोरी अवस्थाकी हुन नपाउँदै उनकी माता दीक्षाको मृत्यु भयो । पत्नीको मरणोपरान्त सुमन्तले गर्कशा नामक अर्की स्त्रीसित दोस्रो विवाह गरे । उता छोरी सुशीलाको विवाह ती ब्राह्मणले कौडिन्य ऋषिका साथमा गरिदिए । विदाइमा दाइजो पठाउने सिलसिलामा सुशीलाकी सौतेनी आमा गर्कशाले केही ईंटा र ढुङ्गाका टुक्रा बाँधेर दिइन् । ससुरालीले दिएको पोको लिई कौडिन्य ऋषि दुखी हुँदै नवविवाहिता पत्नीका साथ आफ्नो आश्रम प्रस्थान गरे, बाटैमा रात पर्यो । ऋषि कौडिन्य नदीका तटमा सन्ध्या गर्न बसे । त्यसै नदीको अर्को छेउमा धेरै स्त्रीहरू सुन्दर वस्त्र धारण गरी कुनै देवताको पूजा संलग्न रहेको दृश्य सुशीलाले देखिन् । सुशीलाले ती स्त्रीहरू भए ठाउँमा गएर आफ्नो जिज्ञासा राख्दा तिनीहरूले विधिपूर्वक अनन्त व्रतको महत्ता बताए। संयोगले त्यही दिन अनन्त चतुर्दशी थियो, त्यसैले सुशीलाले त्यहीं त्यस व्रतको अनुष्ठान गरिन् र चौधवटा गाँठा भएको डोरो हातमा बाँधिन् । उनीहरू घर पुगे । यस व्रतको फलस्वरूप माइतिले दाइजोमा दिएका ईंटा र ढुङ्गा हिराजवाहिरात भए तथा केही दिनमा नै तिनीहरूको घर पनि धनधान्यले भरिपूर्ण भयो । एकदिन कौण्डिन्य मुनिको दृष्टि आफ्नी पत्नीको देब्रे हातको पाखुरामा बाँधिएको अनन्त सूत्रमा पुग्यो । त्यस धागोलाइ देखेर ऋषि भ्रमित भए र उनले पत्नीसित सोधे - होइन तिमीले मलाई वशमा राख्न यो सूत्र बाँध्यौ कि कसो? कौडिन्यले सुशीलासित त्यसरी पाखुरामा बाँधिएको डोराका बारेमा प्रश्न र जिज्ञासा राख्दा सुशीलाले विनम्रतापूर्वक आफूले भर्खरै थाहा पाएका यावत् वृत्तान्त बताई दिइन् । ऐश्वर्यको मातमा अन्धा भएका कौण्डिन्य ऋषिलाई त्यस डोरोप्रति विश्वास भएन र उनले आफ्नी पत्नीको सही कुरालाई पनि गलत ढङ्गले बुझे । अनन्त सूत्रलाई जादुमन्त्रबाट सिद्ध गरिएको वशीकरण गर्ने डोरो ठानेर चुँडाल्दै त्यसलाई आगोमा हाल्दिए । यस जघन्य कर्मबाट भगवान् अनन्तको अपमान भयो । परिणामत: शीघ्र नै तिनको सारा सम्पत्ति नष्ट भयो । यस दरिद्रताका सम्बन्धमा उनले आफ्नी पत्नीसित कारण सोद्धा सुशीलाले अनन्त भगवानको डोरो डढाएको प्रसङ्ग कोट्याइन् । ऋषिलाई पछुतो भयो र उनी अनन्त डोरो खोज्दै वनमा गए । वनमा धेरै दिनसम्म भौंतारिदै निराश भएर निर्बल हुन पुगेका ऋषि एक दिन जमीनमा पछरिए । त्यसपछि अनन्त भगवान् प्रकट भएर भन्नुभयो - 'हे कौडिन्य! तिमीले मेरो तिरस्कार गरेका थियौ, त्यसैले तिमीले यत्तिका दुःख र कष्ट भोग्नुपर्यो । तिमी दुःखी भयौ । अहिले तिमीले पश्चाताप गरेका छौ, त्यसैले म तिमीसँग प्रसन्न छु । अब तिमीघर गएर विधिपूर्वक अनन्त व्रत गर । चौधवर्षसम्म प्रतिवर्ष विधिविधानपूर्वक यो व्रत सम्पादन् गर्यौ भने तिम्रा समस्त दुःख नष्ट हुनेछन्, तिमी धनधान्यबाट सम्पन्न हुनेछौ । कौडिन्यले भगवन् अनन्तले बताएबमोजिम गरे र उनले सारा क्लेशहरूबाट मुक्ति प्राप्त गरे ।' भगवान् श्रीकृष्णको मुखारविन्दबाट यो कथाप्रसङ्ग सुनेपछि युधिष्ठिरले पनि अनन्त भगवानको व्रत लिए र व्रतका प्रभावले पाण्डवहरू महाभारतको युद्धमा विजयी भए तथा चिरकालसम्म राज्य गर्ने अवसर प्राप्त गरे ।
==यो पनि हेर्नुहोस्==
{{नपालीनेपाली चाड पर्वहरू}}
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}