"यःमरि पुन्हि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
'''योमरी पुन्ही''' वा '''योमरी पूर्णिमा ''' [[हेमन्त ऋतु|हेमन्त]] ऋतुको पहिलो पूर्णिमा अर्थात [[धान्य पूर्णिमा]]को दिनमा [[नेवार जाति]]ले मनाउने पर्व हो । यो पर्व विशेषत ज्यापु समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार ([[योमरी]] )बनाएर खाने गर्दछन । योमरी खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने गरिन्छ ।
 
नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको परिकार योमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा [[देउसी]],[[भैलो]] खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् [[मंशिरमंसिर|मार्ग]] महिनाको [[शुक्ल पक्ष|शुक्ल]] [[पूर्णिमा]]का दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमरी पुन्ही भनिन्छ । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर योमरी पुन्ही मनाउने चलन छ । यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत [[लक्ष्मी]], [[गणेश]], [[कुवेर]], नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, [[कछुवा]] आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरि चढाउने गरिन्छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रुपमा परिवारमा बाँडेर खाने चलन छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । योमरी पुन्हीका दिनदेखि दिन लामो हुने र योमरीको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वाश छ ।
 
== बनाउने तरिका ==
"https://ne.wikipedia.org/wiki/यःमरि_पुन्हि" बाट अनुप्रेषित