"तमु ल्होसार" का संशोधनहरू बिचको अन्तर

सा सुधार
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[File:Lhosar.jpg|thumb|तमु जातिको मौलिक खेगीले रुहुपा बान्दिदै]]
 
'''तमु ल्होसार''' [[गुरुङ जाति|गुरुङ]]हरुको महान्जातिको महान चाड हो।हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । यो [[पौष|पुस]] महिनाको १५ गते पर्छ । [[गुरुङ जाति|गुरूङ]] समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । <ref name="Oshan">{{cite web|last=Nepal|title=Tamu Loshar|url=http://www.weallnepali.com/nepali-festivals/tamu-losar|accessdate=8 July 2013}}</ref> प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उतपत्ति भएको मानिन्छ्मानिन्छ
 
<br />
ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा 'नयाँ वर्ष आयो' भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी,मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरुमाजातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरू संग रमाइलो गर्छन् । गुरूङ जातिहरुकोजातिहरूको महान्महान चाड भएकोले प्रधानमन्त्री र अन्य ठुला व्यक्तित्वद्वारापनि ल्होसारको शुभकामना आदन प्रदान गरिन्छ ।
<ref name="Gurung">{{cite web|last=Nepal|title=Prime Minister wishes for Tamu Loshar|url=http://airawati.com.np/news/2011/12/30/%E0%A4%A4%E0%A4%AE%E0%A5%81-%E0%A4%B2%E0%A5%8D%E0%A4%B9%E0%A5%8B%E0%A4%B8%E0%A4%BE%E0%A4%B0-%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A7%E0%A4%BE/ |accessdate=10 July 2013}}</ref>
<br />
 
===देश‍-विदेशमा तमु ल्होसार===
गुरुङ जाति देशको विभिन्न ठाउँमा छरिएर बसेका छन् जस्तै- [[कास्की]], [[गोरखा]], [[लमजुङ]], [[तनहुँ]], [[चितवन]], [[दैलेख]], [[बाँके]], [[सुर्खेत]], [[मनाङ]], रुम्जाटार, [[खोटाङ]] [[काठमाडौं]] आदि।आदि । नेपाल बाहेक विश्वका विभिन्न देशहरू जस्तै- [[बेलायत]], [[अस्ट्रेलिया]], [[हङकङ]], बुर्नाई, जर्मन[[जर्मनी]], [[भारत]] आदि देशहरूमा पनि गुरूङ जातिको बसोवास रहेको छ।छ । देश विदेश विभिन्न ठाउँमा भए पनि गुरुङ जातिले पुस १५ मा तमु ल्होसार भने भव्य तरिकाले मनाउँछन्।
===तमु पात्रो===
तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् ।<ref name=Group>{{cite web|last=Nepal|title=12 Cycles|url=http://nepalculture.org.np/culture/nepali-festivals/tamu-lhosar/|accessdate=18 July 2013}}</ref> वर्गहरूको नाम विभिन्न जनावरहरुकोजनावरहरूको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेस्ता सबै लामा शास्त्र र पच्यु शस्त्र अनुसार थाह पाउन सकिन्छ ।
{{columns-list|3|style=width: 300px;|
# ‍‍मुसा वर्ग (च्यु-ल्हो)‍‍‍
पङ्क्ति २७:
# मृग वर्ग (फो-ल्हो)
}}
==यो पनि हेर्नुहोस्==
{{नेपाली चाड पर्वहरू}}
 
==सन्दर्भ सामाग्रीहरू‍‍‍==
"https://ne.wikipedia.org/wiki/तमु_ल्होसार" बाट अनुप्रेषित