"घोडेजात्रा" का संशोधनहरू बिचको अन्तर

त्यसको भोलिपल्ट सीकाःभ्वय् गर्ने भनी ५१ [[गुठियार]] बसी भोज खाइन्छ । भीमसेन देवताको पछाडिपट्टकिो गुठीको घरमा गरिने तीन दिनसम्म गर्ने यो भोज सम्पूर्ण गुहृय पूजा भोज हो । त्यस भोजमा गुठियारबाहेक घरको परिवारलाई समेत राखिँदैन । पाहाँचर्‍हेको दिनमा भीमसेन मन्दिरमा बलि दिएको राँगोको अगाडिको भाग भीमसेनको भाग भनी त्यस दिन खाइन्छ । बलिको टाउकोको भाग सीकाःभ्वय् खाने भनी जात्राको भोलिपल्ट सम्पूर्ण गुठियारले सी लिएर भोज खाइन्छ । एउटा अचम्मको कुरा के भने तीन-चार दिनसम्म खाने भोजमा नुन, तेलबाहेक अरू कुनै पनि मरमसला राख्न मनाही छ । यो जात्रा कसरी मनाइयो भन्नेबारे एउटा किंवदन्ती छ । सिमसिम राजाको एउटा घोडाको सुसारे यही ओल्खुटोलमा बस्ने ज्यापु थियो । एक दिन राजा सँधैजसो घुम्नका लागि घोडा लिन गएको बेला ज्यापु थाकेर आराम लिइरहेको रहेछ । तर, राजाले त्यो सुतिरहेको ज्यापुसँगै पाँचवटा टाउको भएको नागले संरक्षण दिइरहेको अचम्मको दृश्य देख्दा केही नभनी हिँडेरै राजदरबार फर्किए ।
यता ज्यापु झसङ्ग भई निद्राबाट ब्युँझदा राजा आएर पनि फर्किसकेको थाहा पायो । डरले ज्यापु [[घोडा]] लिई [[राजदरबार]] गई मैले गल्ती गरेँ, गल्ती भएकोमा क्षमा पाऊँ भनी राजाको पाउ पर्न लाग्दा उल्टै राजाले मलाई माफ गर, तिमी [[भगवान]]को [[अवतार]]लाई मैले घोडाको सुसारे बनाउन पुगेँ भनी आफू आएको बेला देखेको दृश्यबारे बताए । त्यसपछि राजाले उसलाई त्यही घोडा चढाई फूलमाला पहिर्‍याई नगर परिक्रमा गराए । यही घटनाको स्मरण गर्दै पाटनमा एकल घोडेजात्रा मनाउने भनी प्रत्येक वर्ष चिल्लागा [[औंशी]]को दिन यो जात्रा मनाउने चलन रहेको हो । [[नेवार]]हरूको संस्कृतिबारे ऐतिहासिक अध्ययन गर्दै आएका संस्कृतिविद का अनुसार 'सिमसिम राजा भनेको शिवसिंह देव हो । पाटनको तिभय राजाको नामबाट प्रख्यात नरसिंह, पुरन्दसिंह र उद्धव सिंहलाई विजय गरी ने.सं. ७४२ मा यी राजाले 'माणिग्लाधिपति' उपाधि प्रदान गरेका हुन् ।' त्यतिबेला उनले ठूलो अचम्मको काम गरेकाले होला नेवार समाजमा आजसम्म पनि कुनै असम्भव काम कसले गर्ने भन्दा सिमसिम महाराजको पालाको कुरा नगर भन्ने चलन छ ।
<ref name=>[http://www.gorkhapatra.org.np/detail.php?article_id=64672&cat_id=22 -एक्लो घोडाको जात्रा :अष्टमान महर्जन]</ref>
 
==यो पनि हेर्नुहोस्==
२५७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/607225" बाट अनुप्रेषित