"घण्टाकर्ण चतुर्दशी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[file : Ghantakarna.jpg|thumb|right|200px|घण्टाकर्ण]]
'''घण्टाकर्ण चतुर्दशी''' [[साउन]] महिनाको [[कृष्ण पक्ष|कृष्ण]] पक्षको [[चतुदर्शीचतुर्दशी]] तिथिका दिन खासगरी [[काठमाण्डौं उपत्यका]] उपत्यका र देशविदेशमा रहेका [[नेवार]] समुदायमा मनाइने चाडको नाम हो । यस दिन [[शिव]] पुत्र भगवान् कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ । काठमाडौँ उपत्यकामा यस पर्वलाई '[[गठेमङ्गल]]' भन्ने गर्दछन् । 'गठेमङ्गल' पर्वका दिन एक जना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतीकका रुपमा नियुक्त गरी उसको काजक्रिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ । त्यस दिन राति राँको बालेर भूत भगाउने चलन छ । वैशाख महिनामा पर्ने अक्षय तृतियाका दिन मानिसले गर्न नसक्ने काम वा रोपाइँको कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले भूत, प्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तन्त्रोक्त विधिले आह्वान गरिन्छ र 'गठेमङ्गल' पर्वका दिन तिनै भूत, प्रेत र पिशाचादिलाई तन्त्रोक्त विधिले विदा गर्ने गरिन्छ । यस दिन भूतप्रेतको पूजा गरी दोबाटोमा समुदायका सबैले पूजा गर्न सक्ने गरी पूजास्थल बनाएर राख्‍ने गरिन्छ ।
 
==दन्त्यकथा==