"राष्ट्रिय योजना आयोग (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन्
(→‎उद्देश्य: good for looking)
सा
* '''राष्ट्रिय योजना आयोग''' [[नेपाल सरकार]]को राष्ट्रिय [[योजना]] तर्जुमा गर्ने केन्द्रीय स्तरको कार्यालय हो। यसले देशको दीर्घकालिन विकाशको लागि नेपाल सरकारको लागि योजनाहरू बनाउने गर्दछ। राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास परिषद् अन्तर्गत रहेको देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसले आर्थिक विकासको निमित्त स्रोत साधनको व्यवस्था गर्ने तथा विनियोजन गर्ने गर्दछ । यसले विकास योजना, नीति तथा कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कनको लागि केन्द्रीय निकायको रूपमा पनि कार्य गर्दछ । साथै यसले विकास नीति र कार्यक्रमहरू कार्यान्वयनको लागि सहजीकरण गर्दछ । यसैगरी यसले देशको आर्थिक विकास सम्वद्ध विषयहरूमा विचार आदानप्रदान, वहस, छलफल र अन्तक्रियाका लागि एउटा मञ्चको रूपमा कार्य गर्दछ । यसबाहेक यसले नागरिक समाज, गैरसरकारी संस्थाहरू र निजी क्षेत्रको समस्याहरू विश्लेषण गर्ने र समाधान गर्ने संस्थाको रूपमा समेत सेवा प्रदान गर्दछ ।
 
==इतिहास==
[[नेपाल]]मा योजनाबद्ध विकासको सुरूवात वि.सं. २०१३ सालमा प्रधानमन्त्रीको अध्यक्षतामा योजना आयोगको गठन संगै सुरू भएको थियो। यसलाई प्रभावकारी बनाउन वि.सं. २०१४ सालमा योजना मण्डल ऐन, २०१४ अनुरूप योजना मण्डल गठन गरिएकोथियो। यस योजना मण्डललाई योजना तर्जुमा गर्ने कामको अतिरिक्त विभिन्न किसिमको कार्यकारी अधिकारहरू पनि सुम्पिएको थियो। वि.सं. २०१७ सालमा बहुदलीय प्रजातन्त्रको अन्त्य भई [[पञ्चायती व्यवस्था]] शुरु भएपछि [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]को अध्यक्षतामा एक राष्ट्रिय योजना परिषद्को स्थापना गरिएको थियो। यस परिषद्का निर्णयहरू मन्त्रिपरिषदका निर्णय सरह मान्य हुने व्यवस्था गरिएको थियो। सुरूमा यस परिषद्को लागि एक छुट्टै सचिवालयको व्यवस्था गरिएकोमा पछि वि.सं. २०१८ सालमा आर्थिक कार्य विषयक मन्त्रालयको स्थापना भई यस मन्त्रालयले नै राष्ट्रिय योजना परिषद्को सचिवालयको पनि काम गर्ने व्यवस्था गरियो। यसबाट विकास बजेट र वैदेशिक सहायता सम्बन्धी काम प्रत्यक्ष रूपमा राष्ट्रिय योजना परिषदको मातहतमा ल्याइएको थियो।
३२३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/606793" बाट अनुप्रेषित