"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५०:
==भुकम्प पछी ध्यान दिनु पर्ने==
* अहिले पनि हामी भूकम्पको साना धक्काहरू महसूस गरिरहका छौ तर ती त्यति ठूलो भने छैनन् । केही समयसम्म यस्ता साना भूकम्पका धक्काहरू आइरहन सक्ने हुनाले हामी बच्नको लागि तयार भइरहनुपर्छ ।
* यदि तपाइँ घरभित्र हुनुहुन्छ भने भित्रै बस्नुहोस् । सजिलै फुट्न सक्ने र चोट लाग्न सक्ने चीज, सिसा, धारिला हतियारदेखि टाढा रहनुहोस् । भुकम्पबाट बच्नका लागि घुँडा टेकी ,गुडुल्की मार्नुहोस् । टेबुलमुनि वा अन्य बचाउ गर्नसक्ने फर्निचरमुनि जानुहोस् र कम्पन नरोकिएसम्म यथास्थानमा रहनुहोस ।
* कम्पन रोकिएपछि मात्र बाहिर खुला ठाउँमा निस्कनुहोस् पर्खाल तथा ठूूला भवनहरूबाट पनि बच्ने प्रयास गर्नुहोस् ।
* यदि घरबाहिर हुनुहन्छ भने बाहिरै बस्नुहोस् । पर्खाल,सिसा,बोर्ड जस्ता भाँचिएर भत्केर चोट लाग्न सक्ने चीजहरूबाट टाढा रहनुहोस् । घुडा टेकेर बसी सुरक्षित रहनुहोस् ।
* भुकम्प पछि सञ्चारमा अवरोध तथा लाईन व्यस्त हुनसक्ने भएकाले फोन गर्ने प्रयास गर्नुृभन्दा लिखित सन्देसहरु पठाएर सुचना लिने प्रयास गर्नुहोस् ।
* पहाडी,हिमाली तथा अग्लो ठाउँमा हुनुहुन्छ भने पहिरो तथा चट्टान खस्ने सम्भावना हुने भएकोले त्यस्तो ठाउँमा नबस्नुहोस् । भूकम्पका कारणले नदी नालाहरुमा बाढी जान सक्ने भएकाले नदी नालाहरूको नजिक नबस्नुहोस्। भूकम्पका पराकम्पहरुले पहिरो जान सक्ने हुनाले भिरको कापमा बसी सुरक्षित रहनुहोस् ।
* कम्पन रोकिएकछि इटाका पर्खाल, भवनहरूबाट पर बस्नुहोस् । भत्किएका संरचना भित्र नपस्नुहोस् । भूकम्पका पराकम्पहरुले पनि थप क्षति निम्तयाउन सक्छन् र चोटपटक लाग्न सक्छ ।
* आफुसँग सधै सिठठी राख्नुहोस् । यदि तपाइँ भित्र फस्नुभयो तथा घाइते हुनुभयो भने बाहिर भएकाहरूको ध्यान तान्नकालागि सिठ्ठी बजाउनुहोस् ।
* यदि तपाइँ भित्र हुनुहुनछ भने नआत्तिनुहोस् आफुसँग भएको सिठ्ठीको प्रयोग गर्नुहोस् । सिठ्ठीको प्रयोग गर्नाले तपाइँको शक्ति बचाउन तथा तपाइँलाई सास फेर्न सजिलो गराउँछ । यदि तपाइँसँग सिठ्ठी छैन भने कुनै कडा सतहमा बेस्सरी हिर्काउनुहोस् ।
* सरसफाइको कमी वा दूूषित पानी र खानेकुराको सङ्क्रमणका कारणहरूले गर्दा झाडापखाला र हैजा जस्ता रोगहरू लाग्न सक्छ । झाडापखाला लाग्ने किटाणु दिसामा पाइन्छन् र त्यही खाना खाँदा मानिस बिरामी पर्छ । झाडापखाला लागेमा तारन्तर पातलो दिसा हुने, बान्ता हुने, पेट कटक्क काट्ने, ज्वरो आउने
* शरीरमा पानीको मात्रा कम हुने जस्ता लक्षणहरु देखिन्छन् । झाडापखाला ज्यादै कडा भएमा दिसामा रगत देखिन्छ ।
* निम्न लक्षणहरु देखा परेमा तुरुन्त नजीकको स्वास्थ्य संस्था, डाक्टर वा क्लिनिमा सम्पर्क राख्नुहोस्ः
** क.कडा झाडापखाला लागेमाः १ घण्टाभित्रमा तारन्तार पातलो दिसा भएमा, दिसामा रगत देखिएमा, बिरामीको आँखा गडेमा, तिर्खा लाग्ने तर पानी पिउन नसक्ने भएमा, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्कने, शिशु सुस्त भएमा वा मूूर्छा परेमा, तारन्तार बान्ता भइरहेमा, ज्वरो आएमा
** ख. शिशुलाई २४ घण्टासम्म दिनको ३ पटक भन्दा बढी दिसा लागेमा
** ग. ठूूला मानिसहरुलाई ३ दिनसम्म ३ पटक भन्दा बढी दिसा लागेमा
पङ्क्ति ७९:
* बालबालिकालाई र किशोरकिशोरीहरुलाई एक्लै शिविर वा क्याम्पमा नछोड्ने र सधैं समूहमा राख्ने।
* भत्किएका घर तथा संरचना नजिक शिविर तथा क्याम्प नबनाउनुहोस् ।
* रोग लाग्नबाट बच्नको लागि बासी र सडेगलेका खानेकुराहरू नखानुहोस् ।
* फोहरलाई तोकिएको ठाउँमा वा फोहर फाल्ने भाँडोमा मात्र फाल्ने गर्नुहोस् ।
* बारम्बार पातलो दिसा हुने, बान्ता हुन,पेट कटक्क काट्ने, ज्वरो आउने, शरीरमा पानीको मात्रा कम हुने आदि भएमा प्रशस्त झोलिलो खानेकुराहरू तथा पुर्नजलीय झोल पिउनुहोस । नजीकको स्वास्थ्यकर्मीको सल्लाहअनुसार जिङ्क चक्की खानुहोस् ।
* दादुरा अत्यन्त छिटो सर्ने रोग हो र दादुराको खोप नलगाएका बालबाकिामा दादुरा चाँडै फैलन सक्ने सम्भावना हुन्छ । बालबालिकाहरूलाई दादुरा/रुबेला खोप अभियानमा खोप लगाउनुहोस् । यदि बालबालिकाहरूको शरीरमा बिमिराहरू देखिएमा तथा ज्वरो आएमा तुरुन्त स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नुहोस् र बिरामीलाई सकेसम्म अरु बालबालिकाको नजिकमा नराख्नुहोस् ।नत्र दादुराको प्रकोप हुनसक्छ।
* भूूकम्पपछि बालबालिका, किशोर किशोरी तथा परिवारका अन्य सदस्यहरूलाई, घटनाको बारम्बार झझल्को आइरहने, अत्याधिक तर्सिरहने, रिसाइ रहने, झर्को लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने वा निन्द्रामा तर्सिने, चिन्ता लागिरहने, बोलचाल नगरी चूूप लागेर बसिरहने जस्ता लक्षणहरु देखापरेमा उनीहरुको कुरा सुनिदिने, उनीहरूसँग कुरा गनुपर्र्छ, ढाडस दिनुपर्छ,,बालबालिकालाई खेल्न र अरुसँग घुलमिल हुनदिनुपर्छ।
* धेरै मानिसहरुलाई छोटो समयमै आश्रय दिनका लागि पाल प्रभावकारी हुने भएकोले अहिले पालहरुको वितरण भैरहेको छ । यो उत्पादन गर्न ,किन्न ,ढुवानी गर्न तथा वितरण गर्न सजिलो हुन्छ ।
* शिविरमा भएका पालहरुलाई आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ जस्तै भुँइमा ओच्छाउन , खाना तथा इन्धन ढाक्न ,छायाँ बनाउनका लागि,शिविरलाई मर्मत सम्भार गर्नका लागि आदि ।
=== * क्याम्प तथा शिविर बनाउँदा ध्यानदिनुपर्ने कुराहरु: ===
**१.भत्किएका घर तथा संरचनानजिक शिविर तथा क्याम्प नबनाउनुहोस् । प्राकृतिक दुर्घटना हुनसक्ने सम्भावनाहरुबाट बच्ने प्रयास गर्नुहोस् । भिरालो जमिनमूनि,चट्टानमुनि तथा बाढी पहिरो आउनसक्ने स्थान नजिक क्याम्प नबनाउनुहोस् ।
**२.हावा तथा पानीले असर गर्नसक्ने स्थानमा पनि क्याम्प नबनाउनुहोस् । वर्षातकारणले बाढी आउनसक्ने सम्भावनाप्रति सचेत रहनुहोस् ,बसेको ठाउँ वरिपरि कुलेसो बनाउनुहोस् ।सकिन्छ भने बसेको ठाउँलाई पानीले असर नगर्न सक्ने गरी निर्माण गर्नुृहोस् । पानी तर्काउनकालागि त्रिपाललाई कसिलो गरी बाध्नुहोस् तथा भिरालो आकारमा निर्माण गर्नुहोस् ।
**३.पालको ढोकालाई हावा तथा पानीले असर गर्न नसक्ने निश्चित गरी निर्माण गर्नुहोस् ।
**४.त्रिपाल ठोक्दा त्यसमा प्वाल नपरोस् भन्नका लागि वासर प्रयोग गर्नुहोस् जस्ले गर्दा पाल च्यातिने तथा प्वाल पर्ने र चुिहने कम सम्भावना हुन्छ ।
* अपरिचित मानिसहरुको यत्तिकै दाह संस्कार नगर्नु होेस् । उनीहरुको परिवारलाई बुझाइदिनुहोस् ।परिवारका सदस्यहरुलाई आफ्नो परिवारको सदस्यको मृत्यु भएको कुरा थाहा पाउने र रीतिरिवाज अनुसार दाह संस्कार गर्ने अधिकार हुनुपर्छ।
पङ्क्ति १००:
* बाटो खन्दा उकालो ओरालो कम गर्ने ।
* कृपया तपाईहरुले आ–आफनो सरकारी कागजातहरु जस्तैः नागरीकता, मतदाता परिचय पत्र , चालक अनुमति पत्र, जग्गाधनी प्रमाणपत्र, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, राहदानी , आदि महत्वपूर्ण कागजातहरु संकलन गर्नृहोला । यदि यी सबै कागजातहरु तपाईसँग सरक्षित छैनन् भने तपाईहरुले उक्त कागजातका प्रतिलिपि गाविस, नगरपालिका, अथवा सि डि ओ कार्यालय, निर्वाचन कार्यालय, मालपोत, बैक, क्याम्पस, विश्वविध्यालय, तपाइको रोजगारदाता वा अन्य सरकारी कार्यालयबाट लिन सक्नहुनेछ । यी कागजातहरु भूकम्पबाट प्रभावितहरुले सरकारी सविधा लिनको लागि आवश्यक हुन्छ ।
* नेपाल प्रहरीले १४१४ नंम्बरको फोनको हट लार्इन सुविधा खोलेको छ, यदि तपार्इलार्इ थाह भएको कोहि व्यक्ति सम्पर्कमा छैन्नन् वा हराएका छन् भने यो नंम्बरमा फोन गरी प्रहरीसंग हराएको भनि दर्ता गर्न सकिन्छ । यदि तपार्इले कुनै मृत शरिर भेटाउनु भएमा वा जानकारी भएमा पनि १४१४ मा फोन गरी जानकारी गरिदिनु होला। मृत शरिरको बारे जानकरी स्थानिय प्रहरीलार्इ पनि जानकारी गरि दर्ता गर्नुपर्छ ।
* यदि तपार्इ ०–२ वर्षको बालकको आमा हुनुहुन्छ भने स्तनपान जारी राखन्नु होला । ०–६ महिनाका बालकहरुलार्इ केवल आमाको दुध भए पुग्छ । उनीहरूलार्इ अन्य खाना अथवा झोल पदार्थ नखुवाउनु होला । ६-२३ महिनाका बालकहरुलाई अन्य घरेलु खान भाहेक स्तनपानपनि जरुरी हुन्छ, बालकहरुलागि, आमाको दुध फोर्मुला भन्दा पोसिलो र सुरक्षित हुन्छ । पाउडर दुध र अन्य दुधको विकल्पहरू सकेसम्म प्रयोग नगर्नु होला ।
* आमाको दुधले बालकहरूलार्इ झाडा पखला र अन्य रोगहरूबाट सुरक्षित राख्छ । यदि तपार्इलार्इ स्तनपानमा कठिनाई भएको छ भने प्रसस्त सफा पानी पीउन प्रयास गर्नुस, सन्तुलित आहार, आराम र आफ्नो बालकसंग सकेसम्म धेरै छाला-देखि-छाला सम्पर्क गर्नुहोस । यसो गर्नाले तपाईंलाई दुध उत्पादन गर्न मद्दत पुर्याउने छ ।
* यदि तपार्इको बालक विरामी छ भने कृपया उसलार्इ पोसिलो खाना खुवाउन बन्ध नर्गनुहोला । आफ्नो बालकलार्इ, कृपया बारम्बार सानो सानो खाजा खर्इ रहन प्रोत्साहन गर्नुहोला।
* अस्थार्इ शिविरमा महिलामाथि कुनै पनि किसिमको हिंसा भएको थाहा पाएमा वा देखिए नलुकार्इ सकेसम्म चाँडो संम्बन्धीत निकायमा खबर गर्नु होला ।
* आफ्नो स्वस्थ र तन्दुर्स्तीको लागि एक दिनमा पौष्टिक खाना कम्तीमा तीन पटक खान प्रयास गर्नुहोस्। खाना खादा विभिन्न प्रकारको आहार समावेश गर्नु अति आवश्यक छ, जस्तै हरियो साग सब्जी र फलफूलहरु, कार्बोहाइड्रेट जस्तै रोटि ,भात तथा आलु, शरिरलाई पोषण दिने प्रोटिन जस्तै माछा, मासु तथा दुध, चिल्लो पदार्थ जस्तै तेल र घिउ इत्यादी।
* खाना बिग्रिनु र कुहिने बाट बच्न, खानलाई चिसो, सुक्खा र सुरक्षित स्थानमा, किराफट्यांग्रा बाट टाडा भण्डार गर्नुहोला।
* यदि आफ्नो बच्चालाई झाडापखाला लागेको छ भने, उसलाई पानीमा नून मिसाएर, खाना, तथा तरल पदार्थ साथ साथै स्थनपान दिनुपर्छ । यदि बच्चाको स्थिती सप्रेन या राम्रो भएन भने, उसलाई चिकित्सककोमा लगेर जाच गराउनुपर्छ।
* यदि अहिलेसम्म पनि तपैहरुले खाद्यान्नको सहयोग पाउनुभएको छैन भने धैर्यता राख्नुहोस,मद्दत आउदैछ । खंद्यन्ना सहयोग को लागि तल दिएको इमेलमा सम्पर्क गर्नुहोलास info.nepal@foodsecuritycluster.net
 
<ref name="">Reference: Humanitarian Response UN </ref>
Content managed by Ncell Pvt Ltd
 
==यी पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/भुईँचालो" बाट अनुप्रेषित